कर्णाली लोक सेवाद्वारा ५२ वन रक्षकका लागि दरखास्त आह्वान

  Sampatti News

August 15, 2023

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थायी पदपूर्तिका लागी दरखास्त आह्वान गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको वन सेवा, फरेष्ट्री समूह, तह विहीन, वन रक्षक खुला तथा समावेशी तर्फ ५२ पदमा दरखास्त माग गरेको हो ।

जस अन्तर्गत खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासीरजनजाति ६, मधेसी ५, दलित २, अपाङ्ग १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ५२ पदमा विज्ञापन गरिएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फ https://ppsconline.karnali.gov.np मा दिनु पर्नेछ ।

हेर्नुस् सूचना

प्रकाशित मिति:August 15, 2023