दाङमा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

  Sampatti News

August 15, 2023

दाङ, ३० साउन । दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको बङ्गलाचुली गाउँपालिका ४ का मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार बिरामी परेका हुन् । च्याए खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो ।

उनीहरुलाई बङ्गलाचुली अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ ।

प्रकाशित मिति:August 15, 2023