यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News

August 21, 2023

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर छ।

सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन युरोको मूल्यमा सोमबार झिनो वृद्धि भएको छ। आइतबार एक युरोको खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँ कायम थियो। आज खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ पुगेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७५ रुपैयाँ तय भएको छ। आइतबार भने १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ थियो।

प्रकाशित मिति:August 21, 2023