सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा

  Sampatti News

August 24, 2023

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले सुदूरपश्चिमीलेको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा आज र भोलि (७ र ८) गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो ।

प्रकाशित मिति:August 24, 2023