काठमाडौ जिप्रकाले चिनी महगोमा बेच्नेलाई खोजी खोजी कार्वाही थाल्यो ।

  Sampatti News Online

September 22, 2023

काठमाडौं । बजारमा चिनीको कृत्रिम अभाव देखाएर महगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कार्वाही प्रक्रिया थालेको छ। यसै क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिनीको मूल्य वृद्धि रोक्नका निम्ति थालिएको अनुसन्धानलाई अनुगमन अधिकृत प्रकाश पोख्रेलको नेतृत्वमा परिचालित टिमले निरन्तरता दिएको छ।

बजार अनुगमन कै क्रममा आज जिप्रका नेतृत्वको टोलीले new Rabin Raj Trading concern सुविधानगरमा छापा मार्दा चिनीमा २३ देखि २९ प्रतिशत सम्म नाफालिएर बेचेको पत्ता लागेको हाे। om shiv skati trading concern कुलेश्वरबाट २०८०/५/२९ गते रू १००.९९ प्रति केजीमा किनेको चिनी new Rabin raj trading concerns ले ०५/२९ मै ms the everst hotel लाई रू १२४ मा र ०५/३१ गते Ms enterprise लाई रू १२९.९५ मा बेचेको देखिन्छ। जुन क्रमशः २३.३१ र २८.९५ प्रतिशत नाफा हुन आउछ।

कालोबजार सम्बन्धी ऐनले कुनै पनि माल वस्तुमा २० प्रतिशत नाफा लिन नपाईने व्यवस्था गरेको छ। चिनीका तस्करहरूले ५/६ लेयरमा तहगत मै आफन्तको संजाल बनाई कालोबजारी गरेपछि कालोबजारी ऐन आकर्षित गरी अपराधीहरूलाई पक्राउ गरि पाता कस्ने अभियानमा जुटेको अनुसन्धान टिमले कसरी काम गर्छ परिणाम हात लागे पछि मात्रै धेरैले बुझ्ने गरि कार्वाही गर्ने क्रमले लय समातेको छ।

नयाँ प्रजिअ जितेन्द्र बस्नेत आए संगै उपभोक्ता हितका रणनीति पनि फेरबदल भैरहेका छन्। ।सर्वसाधारणका धेरै काममा केन्द्रित यो निकायले नियमित बजारमा हुने बेथिति रोक्ने अभियानमा समेत गति लिएको छ।

यसैगरी बजार अनुगमन कसरी प्रभाबकारी बनाउने भन्दै हरेक दिन सहायक प्रजिअ खडगबहादुर श्रेष्ठ कामको चापका बीचमा पनि सकृय देखिनु भएको छ।

प्रकाशित मिति:September 22, 2023