चीनमा बालबालिकामा ‘निमोनिया’को प्रकोप, डब्लूएचओले माग्यो रिपोर्ट

  Sampatti News Online

November 24, 2023

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तरी चीनमा बालबालिहरूमा केही समययता धेरै देखिएको निमोनियाका केसमा कुन पनि ‘असामान्य वा नयाँ प्याथेजोन्स (सुक्ष्म किटाणु)’ नदेखिएको चीनले दाबी गरेको बताएको छ ।

बेइजिङले कोभिडका प्रतिबन्धहरू खुकुला गरेसँगै फ्लू जस्ता रोगहरू (सामान्य रूघाखोकी)मा वृद्धि भएको दाबी गरेको छ । डब्लूएचओले भने यस विषयमा चीनसँग थप तथ्यांकहरू उपलब्ध गराउने अनुरोध गरिरहेको बताएको छ । फ्लू जस्तो रोगमा वृद्धि भएसँगै चीनले आफ्ना नागरिकहरूलाई खोप लगाउनुका साथै भिडभाडमा जाँदा मास्क लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

डब्ल्यूएचओका अनुसार चीनले कोभिड नियन्त्रण गर्ने उद्देश्यले पहिला गरिएका कडाइहरू हटाएपछि फ्लूजस्तो रोगमा वृद्धि भएको बताएको छ।

चीनमा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमण बढेपछि डब्ल्यूएचओले अहिलेको प्रकोपबारे थप विवरण दिन आग्रह गरेको थियो।उसले चीनमा खोप र मास्क लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

डब्ल्यूएचओको अनुरोधपछि चिनिया सरकारी समाचारसंस्था सिन्ह्वाले निमोनियाको नयाँ प्रकोपबारे एउटा लेख प्रकाशित गरेको छ।

त्यसमा चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अधिकारीहरूलाई उद्धृत गर्दै श्वासप्रश्वाससम्बन्धी रोग भएका बालबालिकाहरूको निदान र उपचारमा ध्यान दिइएको जनाएको छ। बिहीवार जारी अर्को एउटा विज्ञप्तिमा डब्ल्यूएचओले चीनले निमोनियाको नयाँ प्रकोपबारे जानकारी दिँदै त्यसमा कुनै पनि “असामान्य कुरा” पत्ता नलगाएको जानकारी दिएको उल्लेख गरेको छ।

चीनले देशको उत्तरमा फैलिएको श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण पहिले नै थाहा भएका विभिन्न खाले ‘रोगकारक’ का कारणले भएको बताएको छ।

डब्ल्यूएचओका अनुसार यही अक्टोबरदेखि उत्तरी चीनमा विगत तीन वर्षको सोही अवधिको तुलनामा “इन्फ्लूएन्जाजस्तो रोगमा वृद्धि भएको” विवरण चीनले दिएको छ।ती वृद्धिहरू कोभिडसम्बन्धी प्रतिबन्धहरू हटाउँदा अस्वाभाविक नभएको पनि चीनले जनाएको छ।

प्रकाशित मिति:November 24, 2023