शिलान्यासको ३ बर्षमा अस्पताल निर्माण हुँदै, आफ्नै प्रयासमा भएको मेयर अजय प्रकाश

  Sampatti News Online

December 31, 2023

रौतहट १५ पुस। तीन बर्षअघि सिलान्यास भएकाे कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माण काम बल्ल सुरु भएको छ। २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवतरुपमा ब्राह्मण द्वारा मन्त्रोचारण पश्चात् जग राखेर अस्पताल भवनको सिलान्यास गरेका थिए। सिलान्यास लगत्तै १५ बेडको अस्पताल भावना निर्माण हुने सहमति अनूसार पूरानो जीर्ण रहेको डाक्टर तथा स्टाफ बस्ने भवन भत्काइएका थीयो।
संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहित लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय,चौधरी जेविले ११ करोडमा साकार गरेको थियो ।कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको हाता भित्र १५ सैंयाको आधारभुत स्वास्थ केन्द्रको भवन निर्माण अवधि २ बर्ष रहेको र उक्त समय भित्रै निर्माण पुरागर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका थिए।
उक्त अवसरमा कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले सिलान्यास को दिनलाई नगर बासिको लागि ठुलो खुसीको दिन रहेको बताएका थिए ।
भवन निर्माण पछि कटहरिया नगरपालिकाका जनता बिरामीको उपचारको लागि बाहिर जानुपर्ने झन्झट बाट छुटकारा हुने अधिकृत साहले बिश्वास व्यक्त गरेका थिए ।
तर भवन निर्माणको अवधि समेत सकिएको अवस्था समा आईपुग्दा ठेकदार चौधरीले भवनको जग बाहेक काम अगाडि बढाउन सकेनन्।
पुरानो क्वाटर भवन भत्काएको कारण अस्पतालका डाक्टर लगायत कर्मचारीलाई बस्न ठुलो कठिनाई हुँदै आएको छ।
केपिशर्मा ओलि प्रधानमन्त्री रहेको समय गतबर्ष भर्चुअल विधि मार्फत देशको ७५३ वटै स्थानीयतहमा सुबिधा सम्पन्न १५ बेडको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका थिए ।
भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन भएका ठेकदार उपेन्द्र चौधरी बल्लतल निर्माणको काम सुरुवात गरेका छन्। निर्माणको लागि पुनः दुईबर्ष म्याद थप गरिएको चौधरीले जानकारी दिएका छन्। यसैबीच कटहरियाका मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयास बाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन। सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालय बाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। निर्माणको रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन। हाल आफू मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्।

प्रकाशित मिति:December 31, 2023