पुरा भयो हमास र इजरायल युद्धको तीन महिना

कञ्चनपुरका विपीनको अवस्था अझै थाहा हुन सकेन

  Sampatti News

January 7, 2024

लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ ।
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो ।२२ गते विपिन जोशीको जन्मदिनको अवसरमा उसका साथीभाई
र बहिनीले प्रतिक्षा गर्दैछु भनेर फेसबुकमा पोस्ट गरेका थिए। जन्मदिनको अवसर पारेर युवाहरुले सरकारसंग विपिन जोशीको रिहाको माग गर्दै
ललितपुर वसपार्कमा शान्तिपूर्ण आन्दोलन गरेका छन पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ ।
नेपालले यो बीचमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आउनुभएको छ । इजरायल सरकारसँग अनि प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग पटक–पटक आग्रह रअनुरोध गरिएको उहाँको भनाइ छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति:January 7, 2024