आरती साहकी आमा र भाई सिंहदरबार गेटबाट पक्राउ

  Sampatti News Online

February 6, 2024

काठमाडौँ । प्रहरीले आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई पक्राउ गरेको छ । उनीहरु सरकारको ध्यानाकर्षण गराउन सिंहदरवार गएका थिए । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै उनीहरु सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेका थिए । 

प्रहरीले उनीहरूलाई सिंहदरवार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लगेको हो ।

जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरूले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित उनका परिवार २३५ दिनदेखि धर्नामा बसिरहेका छन् । यसअघि माइतीघरमा धर्ना बसिरहेका उनीहरूलाई सरकारले निषेधाज्ञा घोषणा गरेर हटाएयता उनीहरूले शान्तिवाटिकामा बसेर धर्ना दिइरहेका छन् ।

जनकपुर उपमहानगरपालिका-९, थापा चोककी २३ वर्षीया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

प्रकाशित मिति:February 6, 2024