मोरङमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु

  Sampatti News Online

March 1, 2024

मोरङ । मोरङमा टिपरको ठक्करबाट तिन जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान टिपरले सुमो गाडीलाई ठक्कर दिँदा सुमोमा सवार तिन जनाको मृत्यु भएको हो।

अन्य २ जना घाइते भएका छन्। प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएका छ ।

पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभर ट्याग गर्ने क्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएको थियो।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुवाहक बसमा समेत ठक्कर खाएको थियो। सुमोमा सवार ५ जना मध्ये ३ जनाको मृत्यु भएको र २ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:March 1, 2024