दुई प्रकारका बलात्कारी हुन्छ: गायिका समीक्षा

  Sampatti News Online

March 3, 2024

काठमाडौँ । गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने रहेछन् भन्दै चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेकी छिन् ।

अधिकारीले चितवन रत्ननगर-१० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा सालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सालिन मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन् ।

जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन् ।

यस्तै दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन् । जसबारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन् ।

गायिका अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।

प्रकाशित मिति:March 3, 2024