बस दुर्घटना ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

  Sampatti News

March 19, 2024

एजेन्सी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको थियो ।”

प्रकाशित मिति:March 19, 2024