बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

  Sampatti News

March 20, 2024

एजेन्सी । उत्तरी चीनमा दुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

मङ्गलबार दिउँसो २ः३० पछि दुर्घटना भएको सरकार नियन्त्रित प्रसारक सिसिटिभीले साङ्क्सी प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति:March 20, 2024