निर्वाचन आयोगलाई रास्वपाका ४ सांसदले जरिवाना तिर्नु नपर्ने

  Sampatti News

March 21, 2024

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई  जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय बदर  गरेको छ।

निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्व मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले रिट जारी हुने फैसला सुनाएको हो। आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति:March 21, 2024