नेपालसँग आयरल्यान्ड ए ६ विकेटले पराजित

  Sampatti News

March 25, 2024

काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । १२२ रनको लक्ष्य पाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै खेलमा जित निकालेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १/१ विकेट लिए ।

त्यसअघि टीयु  क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो । 

प्रकाशित मिति:March 25, 2024