नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

  Sampatti News

March 26, 2024

काठमाडाै‌ । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ ।

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

आजकाे खेलमा नेपालकाे तर्फबाट रोहित पौडेल र आयरल्यान्डकाे तर्फबाट निल रकले कप्तानी गर्दैछन् ।

नेपालकाे टाेलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द छन् ।

आयरल्यान्ड ए को टोलीकाे टाेलीमा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट छन् ।

प्रकाशित मिति:March 26, 2024