प्रदेश सरकारको नेतृत्व नफेरौँ : शेखर कोइराला

  Sampatti News

March 26, 2024

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार परिवर्तन नगर्न आग्रह गरेका छन्। निर्वाचन भएको डेढ वर्षमै पटक-पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि ठिक नभएको भन्दै उनले भने, हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन ।’

सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य चलिरहेको बेलामा मध्यावधिमा जान सक्ने भएकाले प्रदेश सरकारको नेतृत्व नफेरौँ उनले बताए ।

वर्तमान प्रदेश सभाका अङ्कगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिएको उनले बताए।

उनले थपेका छन्, ‘मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’

प्रकाशित मिति:March 26, 2024