आजकाे माैसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

  Sampatti News

March 27, 2024

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखले जनाएकाे छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित मिति:March 27, 2024