लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

  Sampatti News Online

April 5, 2024

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए । लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

पाँच दल र एक स्वतन्त्र गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।

प्रकाशित मिति:April 5, 2024