राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

  Sampatti News

April 10, 2024

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति:April 10, 2024