वामपन्थी शक्ति भन्दै भोट कांग्रेसलाई हाल्नेसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम हो: ओली

  Sampatti News Online

April 15, 2024

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गरेर पार्टी नहुने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताए।

कतिपय नक्कली कुरा गर्नेहरू छन्, कम्युनिस्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो हामीले बुझेका छौँ। त्यही बुझेर नै पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौँ । विस्तार हुँदै एकता एकीकरणबाट, त्यसलाई तोडेर आन्दोलन कमजोर भयो। हामीले तोडेको होइन, हामीले जोड्ने मात्रै काम गर्‍यौ। उनले बताए । अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए।

आज वामपन्थीको नाममा एकता भन्ने कुरा होइन । वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । वामपन्थी शक्ति भन्ने भोट चाहिँ काँग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन । एकता परेका बखत गर्छौँ पनि तर छानेर, पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौ। आन्दोलनको हितमा हामी लचिला सबै हुन्छौँ ।’

प्रकाशित मिति:April 15, 2024