गृहमन्त्रीले पदबाट राजीनामा गरेर न्यायालयलाई सघाउनुपर्छ : नेपाली कांग्रेसक

  Sampatti News Online

April 17, 2024

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहकारीको छानबिन निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको मुद्दा अदालतमा दर्ता भइसकेकाले अब पदबाट राजीनामा दिएर सघाउनुपर्ने कांग्रेसले माग गरेको छ । कांग्रेस नेता पुष्पा भुसालले सहकारी ठगी प्रकरणमा संलग्नता नै देखिएपछि पदमा बस्न नहुने र अदालती प्रक्रियालाई लामिछानेले सघाउनुपर्ने बताइन् । जनतालाई विश्वसनीय बनाउन लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्ने तर्क गरे

सत्ता गठबन्धन एमालेले भने संसद्‌मा गृहमन्त्री लामिछानेले आफूविरुद्धको मुद्दामा बोल्न खोजिरहेकाले पहिले सम्बोधन गर्न दिनुपर्ने जनाएको छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न सकिने एमाले प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।

माओवादी केन्द्रसँगको सत्तागठबन्धन भत्किएसँगै कांग्रेसले प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मतलिने दिनदेखिनै लामिछानेको मुद्दालाई संसद्‌बाट उठाउँदै आएको छ । प्रमुख विपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समितिको माग राख्दै सदनमा विरोध गर्दै आएको छ । सत्ता गठबन्धन दल एमाले र माओवादी केन्द्र त्यसको विपक्षमा उभिएको छ । अवरोधकै बीच सरकारले विधेयक अधिवेशन अन्त्य गरिसकेको छ ।

प्रकाशित मिति:April 17, 2024