नक्कली भुटानी शरणार्थी प्रकरणः १० जनाको रिटमा सुनुवाई हुँदै

  Sampatti News Online

April 21, 2024

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
पुर्पक्षका लागि थुनामा रहेका रायमाझीसहित १० जनाले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो। सो मुद्दामा आजपनि सुनुवाइ हुन लागिएको हो ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति:April 21, 2024