नियम विपरित लाभांस वितरण गरेपछि सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर करोबार रोक्का

  Sampatti News

January 12, 2021

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर करोबार रोक्का गरेको छ । नेप्सेका अनुसार संस्थाले सेयर कारोबार भइरहेको समयमा लाभांस घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको छ ।

संस्थाले कारोबार भइरहेको समयमा सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट ३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम २२(१) (घ)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने छ ।

संस्थाले उक्त विनियमावलीमा भएको व्यवस्था पालना नगरेकाले विनियमावलीको विनियम १६ (ख) मा भएको व्यवस्था अनुरुप तीन दिन भित्र के कारणले समयमा नै जानकारी दिन नसकेको हो स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

प्रकाशित मिति:January 12, 2021