सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति पार्टी

  Sampatti News

July 24, 2023

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागि हुने भएको छ । यसअघि भागबण्डामा चित्त नबुझाएको नाउपा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागि हुन लागेको हो । अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री दिने सहमति भएको हो । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई कृषि तथा सहकारी र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री दिने प्रस्ताव गरेको हो । यसअघि कांग्रेसबाट सरकारमा सामेल भएको पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि कानुन मन्त्रालय खाली रहेको छ । तर कांग्रेसले अन्य पठाएको छैन ।

प्रकाशित मिति:July 24, 2023