मालदिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

  Sampatti News

October 1, 2023

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।

खेलमा रोहित पौडेल ५२ रनको योगदान दिए भने कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५ र विनोद भण्डारीले १३ रनको योगदान दिए ।

प्रकाशित मिति:October 1, 2023