हिमाल आरोहणका लागि अनुमति लिन सुरु

  Sampatti News

March 26, 2024

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ। यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ।

पर्यटन विभागले अनुमति दिन थालेको पहिलो दिन सोमबार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ८ जनालाई अनुमति दिइएको छ । उनीहरु एकै समूहका हुन् ।

विभागले सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि पनि परमिट जारी गरेको छ । पहिलो दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ । नेपालमा सामान्यतया जेठ पहिलो साता आरोहण हुने गर्छ । आरोहणको प्रमुख गन्तव्य मानिएको सगरमाथा चढ्न वसन्त ऋण मुख्य सिजन मानिन्छ ।

यो सिजन खुम्बु पासाङ ल्हामु गाउँपालिकाले हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम बनाएको छ ।

प्रकाशित मिति:March 26, 2024