एमाले अध्यक्ष ओलीद्धारा अन्तरपार्टी निर्देशन जारी

  Sampatti News

March 30, 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमत्री समेत रहेका केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । ओलीले २० पृष्ठको अपानि जारी गरेका हुन् । गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्न भन्दै उक्त अपानि जारी गरेका हुन् ।
पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा अपानिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:March 30, 2021