स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै पत्रिकाका प्रकाशसकदेखि तत्कालिन मेयरसम्मलाई मुद्दा दायर

काठमाडाै‌ । धनुषाको शहीदनगर नगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै पत्रिकाका प्रकाशसकदेखि तत्कालिन मेयरसम्मलाई मुद्दा दायर गरेको छ ।

तत्कालिन नगर प्रमुख उदयकुमार यादब, उपप्रमुख शिलादेवी कापर, प्रशासकीय अधिकृत शत्रुध्वन यादब, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सब इन्जिनियर सरोज कुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मुंसरविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७।७८ मा नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरीदको लागि मिति २०७७।११।१९ मा रेजा ट्रेडिङ्ग प्रा.लि. सँग खरिद सम्झौता भएकोमा उक्त खरीद सम्झौता गर्नु अघि नै मिति २०७७।११।१३ मा भुक्तानी गरेको अख्तियारको अभियोग छ । शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आबश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुदै रेजा ट्रेडिङ्ग प्रा.लि. ले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको मिति २०७७।१०।२२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकोले रेजा ट्रेडिङ्ग प्रा.लि.का प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता तथा १३ लाख ९३ हजार ६ सय ८७ भुक्तानी गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ ।

अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ : अर्थमन्त्री

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताए । उनले भने- ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उनको भनाई थियो ।

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा. महतले भन्नुभयाे, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

देशको अर्थतन्त्र सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको अर्थमन्त्री डा. महतले जानकारी दिए ।

अर्थमन्त्री डा. महतले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’

बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा. महतले अभिभावकहरुसँग अनुरोध गरे । उनले स्कुलमा शिक्षक साथीहरुले मेहनत गरेर पढाइ दिन आग्रह गर्दै भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ ।’

‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री डा. महतले भने ।

‘आगामी बैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोशिस गरिने छ । असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमा नै आयोजना गर्न लागेका छौ’ उनले भने “देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।’

बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीको अवसरमा उनले विद्यालयको लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासको लागि सडकसहितको पूर्वाधार विकासमा मागअनुसार प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड

काठमाडौं । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो ।

विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा रु १५ अर्ब ३६ करोड ६ लाख नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु १० अर्ब ९१ करोड ६० लाख थियो । गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा रु चार अर्ब ४४ करोड ४६ लाखले बढी हो । गत आवको नाफा रु १२ अर्ब ३३ करोड थियो । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गरिरहेका छौँ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्षमा रु १२ खर्बभन्दा बढीको लगानी आवश्यक पर्ने भन्दै नगद प्रवाहका लागि संस्थाको नाफाले नपुग्ने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले चालु आवको छ महिनामा विद्युत् बिक्रीबाट रु ४५ अर्ब ४९ करोड ३८ लाख सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी रु ३० अर्ब ४८ करोड ५८ लाखको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीबाट रु २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको हो ।

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ रु नौ अर्ब तीन करोड ८४ लाख खर्च भएको छ । १३ अर्बको विद्युत् निर्यात, दुई अर्बको आयात गरिएको जनाइएको छ । विद्युत् प्राधिकरणको चालु आवको पहिलो छ महिनामा रु १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा रु एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत् निर्यात सुरु हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

एनसेलको योजना अनुसार प्राधिकरण आएका अध्यक्ष भण्डारीको शुरूवात नै विवादास्पद

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको ‘पे नेप प्रालि’मा १ लाख ५६ हजार रुपैयाँ १ लाख ५६ हजार थान शेयर भएको खुलेको छ । उनी ‘पे नेप प्रालि’ को संस्थापक शेयरधनी हुन् ।

उक्त संस्थाको उनी संस्थापक सेयरधनी मात्रै नभएर अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।

यो कम्पनी २०७६ साउन १५ गते नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडरका रूपमा सञ्चालनमा आएको हो ।

मोबाइल बैंकिङसम्बन्धी संस्था भएकाले उक्त संस्थाले दूरसञ्चार प्राधिकरणसँग प्रत्यक्ष सरोकार राख्छ । यसरी प्रत्यक्ष सरोकार राख्ने संस्थामा भण्डरीको सरोकार जोडिनुका साथै स्वार्थ समेत बाझिएको छ ।

सञ्चार सेवा वा प्रणाली सञ्चालन गर्ने कुनै फर्म वा संगठित संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व वा निजी स्वार्थ भएमा अध्यक्ष वा सदस्य पदबाट हटाउन सकिने दूर सञ्चार ऐन,२०५३ को दफा (९)को खण्ड (ङ) मा प्रस्ट लेखिएको छ ।

भण्डारीले सन् २००८ देखि २०१५ सम्म उपेन्द्र महतोले लगानी गरेको स्मार्ट मोबाइल बुरुण्डीको कार्यकारी प्रमुख भएर काम गरेका थिए । त्यति मात्र होइन, भण्डारीले महतोको लगानी रहेका बेला तत्कालीन मेरो मोबाइल (हाल एनसेल)मा वित्तीय प्रमुखको रूपमा काम गरिसकेका छन् ।

प्राप्त जानकारी अनुसार एनसेलको रकम मन्त्री रेखा शर्माका श्रीमान लाई बुझाएर अध्यक्ष भएका भण्डारी को नियुक्तिमा चुनावका बेला अरबौ उठाइदिने शर्तमा प्रधानमन्त्री प्रचण्ड कम्पनी समेत सहमत भएको समाचार श्रोत बताउछ।

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘दश जनालाई नियन्त्रणमा लिएका छौँ’ उनले भने, ‘अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।’

गृहमन्त्रालय प्रशासन महाशाखामा पण्डितलाई जिम्मेवारी

काठमाडौ । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । केहीबेर अघि मात्रै मन्त्री नारायणकाजी श्रेष्ठले शक्तिशाली र महत्त्वपूर्ण मानिने प्रशासन महाशाखा प्रमुखमा पण्डितलाई पठाउने निर्णय गरेका हुन् ।

तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय झिकाइएको थियो ।

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शनसँग भएको झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । फागुन ४ गते घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । आफनो काम इमानदारीसाथ गरिरहेका तत्कालीन प्रजिअ पण्डित लाई  सरुवा गर्नुपर्ने कुनै कारण थिएन तर घटनाको व्यापक  बिरोध भए सगै सरुवा गरिएको थियो।प्रशासन क्षेत्रका इमान्दार ब्याक्तित्व पण्डितको यो जिम्मेवारीलाई धेरैले खुसी व्यक्त गरेका छन्।