भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे प्रधानमन्त्री दाहालसँग भेटवार्ता

एजेन्सी । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डलाई उनीहरूले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेट गरेका हुन् ।

यस्तै प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । आज अन्तराष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन् ।

आजै साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ । भोलि नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्नेछन् । काठमाडौं फर्कनुअघि प्रचण्डले मध्य प्रदेशको उज्जैन र इनदौरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

१२१ वटा उजुरी परे सार्वजनिक लेखा समितिमा, बैठक सञ्चालन सम्बन्धी कार्यविधि बनाइने

काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा हालसम्म १२१ वटा उजुरी परेको समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले बताएका छ । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई सभापित केसीले सो जानकारी दिएका हुन् ।उनले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्न सक्ने बताए।उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताए। उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताए।
यसैबीच समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।उपसमितिका सदस्यमा सांसदहरु ऋषिकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव रहेका छन् । उप–समितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश दिएको समितिले जनाएको छ ।

विश्व बैंकले विद्यालय सुधार्न सरकारलाई १३९.७ मिलियन डलर दिने

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि १२० मिलियन अमेरिकी डलर सहुलियत ऋण र १९.७ मिलियन अनुदान प्रदान गर्ने सम्बन्धी बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकका कन्ट्री डाइरेक्टर फेरिस हडाड जर्भोजले हस्ताक्षर गर्नुभएको छ । इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनबाट सहुलियत ऋण र ग्लोबल पार्टनरशिप फर एजुकेसनबाट अनुदान दिइने भएको हो ।
कार्यक्रम अन्तर्गत विद्यालय तहका तल्ला कक्षामा आधारभूत सीप सुधारका लागि राष्ट्रिय एकीकृत पाठ्यक्रम कार्यन्वयन गरिने विश्व बैंकले जनाएको छ। कोभिड – १९ महामारी तथा अन्य प्रकोपका कारण विद्यालय बन्द भई सिकाई भएको क्षतिलाई पूर्ति गर्न कार्यक्रमले सहयोग गर्ने बताइएको छ । पूर्व बाल्यावस्था शिक्षा विकास केन्द्रका कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापको सुदृढीकरण, हरित र टिकाउ कक्षाकोठा निर्माण, योग्य शिक्षक, बालमैत्री धारा,चर्पी तथा बस्ने व्यवस्था र डिजिटल शिक्षण–सिकाईलाई प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
साे अवसरमा बोल्दै विश्व बैंकका कन्ट्री डाइरेक्टर जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले शिक्षामा गुणस्तरीय र समतामूलक पहुँचमा लगानी गरी नेपाल सरकारको हरित, टिकाउ र समावेशी विकास एजेण्डालाई सघाउ पुर्‍याई मानव पूँजी विकास तथा समावेशी र दीगो विकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अर्थसचिव पोखरेलले शिक्षामा समतामूलक पहुँच र गुणस्तर अभिवृद्धिका लागि कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । (माधव अधिकारीबाट)

भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई स्वागत

एजेन्सी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन् ।

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं ।आगामी आर्थिक वर्षको बजेटमा गरिएका करको नयाँ व्यवस्थाका कारण नेपाली धितोपत्र बजारमा ‘प्यानिक सेल’ देखिएको छ। नयाँ व्यवस्थाले करको दरबारे अन्योलता सिर्जना गरेपछि लगानीकर्ताहरु ‘प्यानिक’ भई शेयर बिक्री गर्न थालेका हुन्। साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ३८.८३ अंकले घटेर एक हजार ८ सय ७९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५३.१६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।

शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार दशमलव ४० रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३४ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।   त्यसैगरी, शिवम् सिमेन्ट्को यस दिन साढे ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। नेप्सेका अनुसार युनिलिभर नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ

कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने: मेयर बालेन

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गलाई कानून बमोजिम दिनुपर्ने सुविधा उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याइ निशुल्क उपचार गर्नुपर्नेमा सो नपाइएको उल्लेख गरेका छन् । उनले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने विभिन्न ६८ स्वास्थ्य संस्थाहरूलाई कारवाहीका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।

मेयर शाहले भने, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाले यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

मेयर शाहले भनेका छन्, ‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। महानगरपालिकाले सुविधा उपलब्ध गराउने सम्बन्धमा यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो

दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–४ कुविन्डे ढुंगेखोलास्थित शनिडाँडामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मंगलबार राति बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएकाे हाे ।

दुर्घटनामा बलेफी गाउँपालिका– २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका–११ का १६ वर्षीय अनिल माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले बताएको छ ।

प्रहरीका अनुसार, मंगलबार राति अन्दाजी १२ बजेतिर मोटरसाइकल सडकबाट १५० मिटर तल झरेको थियो । १२ बजे दुर्घटना भए पनि प्रत्यक्षदर्शीले बुधबार बिहान मात्रै मोटरसाइकल क्षतिग्रस्त देखेर प्रहरीलाई खबर गरेका थिए । सूचना अधिकारी डीएसपी रामकुमार यादवले बिहानै पुगेको सुरक्षाकर्मीले आवश्यक सोधपुछ र अनुसन्धान थालेको बताउनुभयो ।

झलनाथ खनालमाथि दुर्व्यवहार भएको भन्दै समाजवादीले भत्सर्ना गरे

काठमाडौं, १७ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि दुर्व्यवहार भएको भन्दै समाजवादीले भत्सर्ना गरेको छ । पार्टी उपमहासचिव डा.गंगालाल तुलाधरले विज्ञप्ति जारी गर्दै खनालमाथि एक समूहबाट अभद्र ढंगले दुर्व्यवहार र अपमानित भएको भन्दै ध्यानाकर्षण भएको जनाए ।

वक्तव्यमा भनिएको छ, ‘जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनाल माथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने,नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्र पार्टी घोर भत्सना गर्दछ ।’

समाजवादीले घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार खनालमाथि एक समूहले सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको थियो।

प्रधानमन्त्री दाहाल चार दिवसीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिवसीय भ्रमणका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजमा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भ्रमणमा प्रधानमन्त्री दाहालसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी छन्। दाहालको वर्तमान कार्यकालको यो पहिलो विदेश भ्रमण हो ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन्।टोलीमा भौतिक पूर्वाधारमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्। प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै नेपाल सरकारका डेढ दर्जन सचिव सहभागी छन्।यसैगरी, प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल छन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि भ्रमण टोलीमा रहेका प्रचण्डको सचिवालयले जनाएको छ।

सिटिजन्स बैंककोे १८३ औं शाखा काँडाघारीमा

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा १८३औं शाखा बुधबारदेखि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ ।यससंगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखाको संख्उा ३६ पुगेको छ ।
बैंकका अनुसार ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण खुद्रा बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायमाझ वित्तीय पहुँच पु-याउने लक्ष्यका साथ सो शाखा स्थापना गरिएको हो । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।
आधुनिक बैंकिंङ्ग प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले यसअघि कियोस्क ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधाको सुरुवात गरिसकेको छ । ग्राहकको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याको छिटो समाधानका लागि ग्राहक सहायता केन्द समेत स्थापना गरेको छ । ग्राहकले सेवाप्रतिनिधिसँग फोन तथा ईमेलमार्फत सम्पर्क गरी आफ्ना बैंकिङ्ग समस्या जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । बैंकले १८३ शाखा, ३ विस्तारित काउण्टर, १४० ए.टि.एम., ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । (माधव अधिकारी)

राष्ट्र बैंकको आडमा कालोसूचीमा राख्नुपर्ने ठेकेदारलाई संरक्षण गर्दै लक्ष्मी बैंक

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले ठेकेदारको मिलेमतोमा चेक अनादर कार्यमा संलग्न चितवनको क्षेत्रपुरस्थित सन्तोषी निर्माण सेवा प्रालिलाई संरक्षण गरेको छ । प्रालिको नाममा लक्ष्मी बैंक, लालबन्दी शाखा, सर्लाहीस्थित खाता नम्बर ०८२११०००११८ को चेक खातामा रकम नभएको जानीजानी भीम प्रसाद सापकोटाका नाममा जारी गरेको थियो । चेक बाउन्स भएपछि सापकोटाले कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लक्ष्मी बैंक, केन्द्रीय कार्यालयमा चैत्र २२ गते निवेदन दिई आवश्यक दस्तुरवापतको रकम जम्मा गरेका थिए ।तर बैंकले ठेकेदारसँगको मिलेमतोमा दोषीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाउन आलटाल गरिरहेको सापकोटाले बताए । बैंकको कालो सूचीमा राख्ने जिम्मेवारी पाएका कर्मचारीले नेपाल राष्ट्र बैङ्कसँगको सेटिङ्गमा नै कालो सूचीमा समावेश गर्ने प्रक्रिया अगाडि नबढाएको बताउने गरेको सापकोटाले जानकारी दिए ।
यसबारेमा बैंकका गुनासो सुन्ने अधिकारी मनोहरराज उप्रेतीलाई सम्पर्क गर्दा यसबारेमा आफूले बुझ्नुपर्ने बताए ।चेक बाउन्सबाट पीडित सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन् । यस समस्याको निराकरणका लागि सम्बन्धित निकायले आवश्यक कार्वाही नगर्दा उनीजस्ता थुप्रै सर्वसाधारण समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बमोजिम कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले बैंक तथा वित्तीय संस्थालाई त्यस्तो भुक्तानी नहुने चेक दिएमा समेत यस खण्ड बमोजिम कालोसूचीमा राख्नुपर्नेछ । सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई सोही निर्देशन बमोजिम कारबाही हुने निर्देशनमा उल्लेख छ । बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बिगो भराई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने प्रावधान छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा के के छन् ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सरकारले नेपाल–भारत जोड्ने रक्सौल–वीरगञ्ज–सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले रक्सौल–वीरगञ्ज–सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाबारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताएका हुन्।

उनले नेपालगञ्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी)लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउनेबारेमा छलफल भइरहेको बताए।

उनले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको उल्लेख गरे। उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने जानकारी दिए।

उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताए।

उनले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुने पनि बताए।

नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा छलफल हुने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारबाट तीन दिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी हुनेछन्।

गौर हत्याकान्ड :दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतवद्धता 

रौतहट १७ जेठ। प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले  गौर हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। आमजनता पार्टी रौतहटका अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा गौर हत्याकान्डका पीडितहरु  प्रधानमन्त्री प्रचण्ड संग भएकाे भेटमा उक्त  प्रतिबद्धता जनाएका हुन्। मंगलवार विहान बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री प्रचण्डले दरवार हत्याकान्डका साथै गौरको दोषीलाई पनि कार्वाहिको दायरामा ल्याउने आश्वासन दिएको टोलीमा सहभागी रामशरण यादवले बताए। प्रधानमन्त्री प्रचण्डले हत्या गर्नेलाई कारवाही हुन्छ, गौर घट्नाका मृतकलाई सहिद घोषणा गर्ने , तथा परिवारलाई सरकारी जागिर दिने प्रतिबद्धता जनाएको यादवले जानकारी दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड भेट्नु अघि पीडितहरूको टोली सोमवार गृह मन्त्री नारायण काजी श्रेष्ठलाई पनि भेटेका थिए। भेटमा गृह मन्त्री श्रेष्ठ पनि गौर हत्याकान्डका दोषिलाई कारबाही गर्न प्रतिबद्ध रहेको यादवले जनाएका छन्।

आजपाको जिल्ला अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा गएको टोलीमा गौर घाटमा मृत्यु भएका बौधिमाई नगरपालीकाको नर्मदेश्वर उपाध्यायको श्रीमती रुपशागर देवी उपाध्याय, रामशरण यादव, लगायत पाँचजना रहेका छन्। 

के हो गौर घटना 

२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको फिल्डमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । घटनामा बाँसको चारपाटे भाठा र हतियार समेत प्रयोग भएको थियो।

गौरभन्दा करिब १० किलोमिटर उत्तर  पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारमा  ३ महिला र ८ पुरुषको 

 गाउँभन्दा पश्चिमपट्टि बौधीदेवीको मन्दिरमा ल्याई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी मन्दिरमा बलि दिएर, आगो लगाई हत्या गरेको थियो। 

 आक्रमण पुर्वनियोजित तथा  संगठित रूपमा भएको देखिएको मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ठहर गरेको थियो। तीनजना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।  

गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए। अध्यक्ष यादव कै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरेको तत्कालीन माओवादी कार्यकर्ता तथा पीडित परिवार ले दाबी गर्दै आएका छन्।

उक्त घटना हुँदा माओबादी तत्कालिन सरकारमा सहभागी थिए। सो समय नेपाली कांग्रेस नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका थिए।

घटना पछि माओबादीका तत्कालिन नेता प्रभु साहको सक्रियतामा पीडित परिवारले उपेन्द्र यादव लगायत १ सय भन्दा बढी मानीस लाई बिपक्षी बनायर जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता गराएका थिए। तर राजनीतिक घटाना भनेर कूनै सुनवाई न भएकाे पीडितहरुको भनाई रहेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन्। 

यस्तो छ १७ जेष्ठ २०८०, बुधबार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय भने निकाल्न सकिँदैन ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । शुभ तथा नयाँ कार्यको योजना बन्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ ।

बृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफन्तले सहयोग गर्नेछन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको सफल योजना बन्नेछ । आर्थिक लाभ तथा धनार्जन पनि हुनेछ, तर कुनै समाचारले मन भने बिथोल्न सक्छ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजारको लगानीले पनि राम्रै हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

गुलियो उखु : अमिलो पीडा, भुक्तानी नदिँदा रोकियो छोरीको विवाह 

रौतहट । मधेश प्रदेशका चिनी मिलले भुक्तानी नदिँदा उखु किसान समस्यामा परेका छन् । रौतहटको कटहरिया – ९ डुमरियास्थित बाबा बैजुनाथ चिनी उद्योगले १५ दिनभित्र भुक्तानी दिने भनी झुक्याएर लिएको उखुको ४ महिनामा पनि भुक्तानी दिएको छैन । गुजाराको माध्यम खेती मात्र भएका किसानले आफ्नो खेतका सबै उखु चिनी मिललाई जिम्मा लगाएका थिए । मिलबाट १ रुपैयाँ पनि नपाएपछि किसानलाई खेती गर्नुभन्दा भुक्तानी लिन बढी सकस भएको छ ।खेती गर्दाको खर्च, घरखर्च र बालबच्चाको पठनपाठनको शुल्क तिर्नसमेत चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको किसानले बताएका छन् । उखु बेचेर केही आम्दानी गर्ने योजना बनाएका किसान भुक्तानी नपाउँदा खेती गर्दाको लागतसमेत डुबेर पीडित बनेका छन् । किसानको पीडा सरकार र उद्योगपतिले नबुझेकोमा किसान आक्रोशित छन् । किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह समेत गरेका छन् ।मिल सञ्चालक र किसानबीच भुक्तानीकै विषयलाई लिएर विवाद हुँदै आएको छ । किसानले समयमै भुक्तानी पाउने गरी समस्याको समाधान गर्न आवश्यक कदम सम्बन्धित निकायले तत्काल चाल्नुपर्ने देखिन्छ ।

कटहरियामै चिनीमिल सञ्चालन भएपछि स्थानीय किसान निकै उत्साहित भएका थिए। अब घरमै बसेर उखुको चलानपूर्जी र निर्धारित समयमा भुक्तानी पाउने किसानहले आशा र विश्वास राखेका थिए। झन् मिल सञ्चालन हुनुअघि बैजुनाथ मिल प्रशासनले उखु चलेको १५ दिनभित्रै किसानको बैंक खातामा पैसा पठाउने भनेपछि किसान निकै खुशी भएका थिए। तर केही समय नबित्दै मिल प्रशासनको भनाई एकातिर र गराई अर्कोतिर अर्थात् ब्यवहार फरक देखिएको छ।

कटहरिया –४ का किसान लालबाबु यादवले यस वर्ष छोरीको विवाह गर्ने योजना अनुसार गत सिजनमा ४ बिगाह १० कट्ठा उखु खेती लगाए। मोहीसहित आफ्नो जग्गा ३ विगाह र १५०० रुपैँया प्रतिकट्ठाको दरले हुन्डा दिएर १ विगाह १० कठा उखु खेती गरेको किसान यादवले बताए। साढे ४ विगाह उखुखेती गर्न लागेको खर्च मध्ये ३ लाख रुपैयाँ ३ रुपैया सैकड ब्याजमा लिएको उनको भनाई छ। गत फागुन २० गतेभित्र सरकारी अनुदान बाहेक करिब १० लाख ३० हजार बराबरको २४ ट्याक्टर उखु डुमरियास्थित चिनिमील चलान गरेको थिए।  १५ दिनमा भुक्तानी दिनुपर्ने सर्त आनुसार मिलले पटकपटक गरी हालसम्म करिब ६ लाख रुपैयाँ दिएको छ।

  खेतिगर्न लिएको कर्जा ३ लाख,जग्गाको हुनडा बापत ४५ हजार, उखु ढुवानी बापत ट्याक्टर भाडा ७६ हजार, उखु कटाई, लोड गराई बापत करिब २ लाख गरी पाएको सम्पूर्ण रकम खर्च भइसकेको किसान यादवले बताए। चिनी मिलको सूचना अनुसार मिललाई दिएको सम्पुर्ण उखुको भुक्तानी १५ दिनभित्र अर्थात चैत्र ५ गतेसम्म पाउनुपर्ने थियो। भुक्तानीको लागि पटकपटक मिलमा दौडीदा पनि भुक्तानी नपाएको कारण जेठ २९ मा तोकिएको छोरीको बिहे अगामी आषाढ ७ गते सारेको किसान यादवले बताए।

बैशाख दोस्रो सातासम्म पनि भुक्तानी नपाएको कारण छोरीको बिहेको खर्च जुटाउन १० कठा जग्गा सुधाभर्ना राखेर दुहुनो भैँसी बिक्री गर्न लागेको किसान यादवले दुःखेसो पोखेका छन।  त्यसैगरी कटहरिया– ४ टोलापुरका उखु किसान धीरेन्द्र कुशवाहाले ४ महिनाअघि मिलमा ६ ट्याक्टर उखु दिएकोमा एउटा चलान पूर्जीको भुक्तानी १५ दिनभित्रै पाएको बताए। बाँकी ५ वटा पुर्जीको भुक्तानीको लागि पटकपटक मिलमा धाउँदा पनि हालसम्म पाउन नसकेको गुनासो गरेका छन्। उखु काट्ने मजदुर तथा ढुवानी गर्ने ट्याक्टर धनीलाई कर्जा सापट लिएर दिएको र मिलले समयमा भुक्तानी नदिँदा थप समस्यामा परेको उनले बताए ।

चिनी मिलमा उखु दिएर ४ महिनादेखि हैरान हुने यादव र कुशवाहामात्र होइनन् । रौतहट र बाराका दर्जनौं किसान यो समस्याबाट पीडित छन्। मिलले १५ दिनमै भुक्तानी दिने प्रतिबद्धता जनाएका कारण दर्जनौँ किसानले मिहिनेत पसिनाले उब्जाएको उखु मिललाई उधारोमा दिएका थिए। माघ महिनामा उखु चलान गरेर भुक्तानीको लागि कैयौं किसान दैनिक कटहरिया डुमरिया दौडिरहेका पीडितले गुनासो गरेका छन्।

चिनी मिलका जनरल मनेजर सियाराम साहले  यस सिजनमा २१ फागुनसम्म मिल सञ्चालन हुँदा करिब ७ लाख क्विन्टल उखु क्रसिङ् गरेको बताए। सोमध्ये माघ महिनासम्म चलेको उखुको भुक्तानी प्रक्रिया सुरु गरिएको तथा त्यसपछि चलेको उखूको भुक्तानी केहीदिन भित्रै सुरु हुने साहले जानकारी दिए ।