नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोष ९सीआईटी० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । नागरिक लगानी कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज ९असार ७ गते० अन्तिम दिन हो । लगानी कोषले वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म कायम सेयरधनीले सीआईटीको लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।

सीआईटीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश ९लाभांश करसहित० गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सीआईटीले २६ औँ वार्षिक साधारणसभा अषाढ १८ गते काठमाण्डौको नयाँ बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा २ बजेबाट शुरु हुनेछ ।

सभाले आर्थिक बर्ष २०७६–०७७ को बार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै, सेयरधनीहरु तथा सञ्चालकहरुका तफबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्नेछ ।

कोरोनाको बेला जीवन बिज्ञानमा जोडिऔँ, स्वस्थ्य बनौ

काठमाडौँ । एकाबिहानै हरि ॐ को प्रिय शब्दबाट सम्बोधन हुने र प्रशिक्षकले दिनुहुने प्रशिक्षणका कारण योग सहितको शारीरिक ब्यायामले सहभागीहरू लाभान्वित भएका छ्न।
जीवन विज्ञान झम्सिखेलद्वारा सन्चालित अनलाइन कक्षाका माध्यम बाट सहभागीहरूले आफ्नो शरीर स्वस्थ्य बनाइरहेका छ्न। कोरोनाको यस्तो त्रासको अबस्थामा शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाउन यस्ता अभ्यास बढी भन्दा बढी लाभकारी हुने भएकाले यो अभियान अझै व्यवस्थित ढंगले अगाडि बढाउने उद्देश्य रहेको गठित समितिका अध्यक्ष एकनारायण काफ्लेले बताउनुभयो ।

जुम प्रबिधिबाट सिकाइने योग अनि ध्यान विधिको यो कक्षाको क्षमता पछिल्लो समय झन्डै तीन सयको रहेको अध्यक्ष काफ्लेले जानकारी गराए । अहिलेसम्म सय जनाले सहभागी भै स्वस्थ्य जिवनको अनुभुती गरिएको यो अभियानमा अब तीन सय जना जोडिन सक्नेछ्न। आफ्नो श्वासप्रश्वास क्षमता बढाउन र शरीर फूर्तिलो बनाइ स्वस्थ बन्न चाहानुहुने जो कोहीले यो अभियानमा जोडिन सकिने कोषाध्यक्ष मनोज थापाले सम्पत्ति न्युजलाई बताउनु भयो।
प्रशिक्षणमा रिता न्यौपाने र श्रीजना श्रेष्ठले रोचक र प्रभावकारी ढंगले प्रशिक्षण दिने गर्नुभएको छ।

बिहान चार पचास बाट शुरुहुने यो कार्यक्रमले मुख्यतः आन्तरिक उर्जा प्रवर्धन गराउने छ। यस्तैगरि सांगितिक शक्ति सञ्चालन, प्राणायामका साथमा, हास्य, हुकार नृत्य ध्यान सवैको समागम जीवन अमृत ध्यानविधि, समापन पछि केहि समय पृष्ठपोषणको लागि पनि समय समेटिएको छ।
आवश्यकता अनुसार,
जुम खुल्ने समयः बिहान ४ः५० बजे
कार्यक्रम सुरु ५ः०० वजे
समापनः ६ः३० बजे हुने आयोजक समितिले जनाएको छ।

अहिलेको यस्तो परिस्थितिमा यो अभियानमा जोडिएर शारीरिक र मानसिक लाभ लिन इच्छुकहरुलाई आग्रह गरिएको छ। सिट सिमित भएकोले जोडिएका सबैले आआफ्नो सम्पर्कमा रहेकाहरुलाइ सहभागी गराउन मद्दत गरिदिनुहुन प्रशिक्षक रिता न्यौपानेले अपिल समेत गर्नुभएको छ।

(गोबिन्दप्रसाद चौलागाईं बाट)

काभिड–१९ मनोसमाजिक परामर्श अभियान सिरहामा सम्पन्न, संक्रमितलाई मनोबल उच्च राख्न आग्रह

काठमाडौँ । ओम समाज डेन्टल हस्पटले अभियान स्वरुप आयोजना गरेको कोभिड–१९ मनोसामाजिक मेची महाकाली परामशर्म अभियान बिहीबार सिरहामा सम्पन्न भएको छ । जिल्लाको लहान नगरपालिका–७ स्थित मारबाडी सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नपाका जनस्वास्थ्य अधिकृत राम सुन्दर यादवले बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । सोही अनुरुप अक्सिजन सहितका १५ बेड र नर्मल ३५ बेडको व्यावस्था मिलाईएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै अभियानमा लागेका डा. सुभाष घिमिरेले कोरोना लागेको खण्डमा नडराउन तथा नआत्तिन आग्रह गरेका हुन् । अभियानमा निःशूल्क एम्बुलेन्स तथा निः शूल्क प्राथमिक स्वास्थ सेवा अभियानका लागि बिराज समाजको समन्वय समेत रहेको छ ।
मुलुक घुम्दै कोभिड–१९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले एउटा समूह मेची–महाकाली यात्रामा छ । समूहमा चिकित्सक, कलाकार र सामाजिक अभियन्ता छन् ।

अभियानमा मुलुक घुम्दै कोभिड–१९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले एउटा समूह मेची–महाकाली यात्रामा छ । समूहमा चिकित्सक, कलाकार र सामाजिक अभियन्ता आबद्ध रहेका छन् ।
काठमाडौंमा कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका अभियन्ताले मनोसामाजिक परामर्श अभियान पनि थालेका हुन् । अभियान प्रदेश १ को ओखलढुंगा जिल्लाबाट आइतबार सुरु भएको छ । अभियानमा डा. सुवास घिमिरे, अभिनेता निखिल उप्रेती, सामाजिक अभियन्ताहरू कर्णबहादुर शाही र शोभा गुरुङलगायत छन् ।

ओलीलाई नेपालको प्रश्न ‘कारवाहि र्फिता नलिई एकताको लागि आह्वान गर्ने कस्तो निति?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाहि र्फिता नलिई एकताको लागि गरेको आह्वान प्रति वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । नेता नेपाल पक्षले ओलीलाई पार्टीको एकता कायम राख्ने भए कारवाहि फिर्ता खोइ भन्दै प्रति प्रश्न गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेको जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण बताएका हुन् ।

नेपाल पक्षले एकताका लागि ओलीले राखेका ६ प्रस्तावको एक–एक गरि जवाफ दिएको हो । ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको नेपाल पक्षको ठहर छ।

‘उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छु’ विज्ञप्तिमा भनिएको छ, ‘अतः पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’

अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको नेपाल पक्षको ठहर छ।‘अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छु,” विज्ञप्तिमा भनिएको छ, ‘यही बुँदामा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ । साथै नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।’

त्यस्तै नेपाल पक्षले बुँदा नम्बर २ मा मातहतका पार्टी कमिटी र जनसंगठनहरुलाई २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी क्रियाशील गर्ने कुरा पनि नमानिएको बताएको छ । ‘मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्कने कुरा गरी मन लागेकोलाई कायम गर्ने र नलागेकोलाई हटाइदिने मनसाय राखिएको छ । यस्तो जालझेलपूर्ण भनाई पार्टी एकता कायम गर्ने असल नियत भएको ठहरिन्न,’ विज्ञप्तिमा भनिएको छ ।

यसमा राष्ट्रिय महाधिवेशन र अन्य तहका अधिवेशन र सदस्यताबारे मौनता साधेर आफूखुशी गर्ने आशय रहेको उनीहरूले बताइका छन् । कार्यदल गठन गरिने कुरा गरिए पनि त्यसले केकस्ता काम गर्नेछ भन्ने कुरा उल्लेख नगरिएकाले अर्थपूर्ण नरहेको उनीहरूको जिकिर छ ।‘त्यसैगरी अहिलेसम्म स्वेच्छाचारी किसिमले पार्टी विधान विपरीत गरिएका कथित कारबाही फिर्ता लिने कुरा वक्तव्यमा छैन । बुँदा नम्बर ५ मा यसबीचमा भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्वाई गरिने छैन भन्ने अल्मल्याउने भाषा प्रयोग गरिएको छ,’ उनीहरूले भनेका छन् ।

ओम डेन्टलको सक्रियतामा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । रगतको अभाव न्युनीकरण गर्न ओम समाज डेन्टल हस्पिटलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसले विश्वभर महामारिको रुप लिएको अवस्थामा ब्लड बैंक, (रक्त सञ्चार केन्द्रमा) रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टल हस्पिटल तथा लायेन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा को सक्रियतामा तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा ओम समाज डेन्टल हस्पिटल चाबहिल प्रागणमा रक्तदान सम्पन्न गरिएको हो ।

ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा.सुबास घिमिरेले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतंकित भइरहेको अवस्थामा रगत सङ्कलन समस्यालाइ ध्यानमा राखी गरिएको यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

सरकारमा जानेबारे ठाकुर-महतो समूहभित्रै विवाद, अन्यौलमा शपथ ग्रहण

काठमाडौं । मन्त्री नियुक्तिबारे राजपाभित्र विवाद भएपछि नयाँ मन्त्रीहरुको शपथ ग्रहणमा ढिलाई भएको छ । राष्ट्यि जनता पार्टी नेपाल ९राजपा० को ठाकुर महतो समूहभित्रै मन्त्री नियुुक्तिमा असहमति भएपछि साँझ ६ बजेका लागि तय गरिएको शपथ ग्रहणमा ढिलाई भएको हो ।

स्रोतका अनुसार आफूले भनेअनुसारको मन्त्रालय नपाएपछि शरदसिंह भण्डारी र विमल श्रीवास्तवले मन्त्री पद नै अस्वीकार गरेको बताइएको छ ।
ओलीले ४ जनाबाहेक अरु सरकारमा रहेका अरु सबै मन्त्री हटाएर मन्त्रिमण्डाल पुनर्गठन गर्ने तयारी गरेको बताइएकको छ ।

कायमै रहने ४ मन्त्रीमा अर्थमन्त्री विष्णु पौडेल भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ रहेको बताइएको छ ।

२०७८ जेठ २१ गते प्रकाशित

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

काठमाडौं। प्रेस काउन्सिल नेपालको अध्यक्षमा युवा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेतलाई नियुक्त गरेको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार बर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन।
बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।
दोलखा स्थाइ घर भएका बस्नेत कान्तिपुर दैनिकमा रहँदा व्यबसायिक पत्रकारीतामा पोख्त थिए । बस्नेत कानुनमा पनि दख्खल मानिन्छन्।
यसअघि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले काम गर्दै आएका थिए ।

कांग्रेस नेता मोहन आचार्यद्वारा स्वास्थ्य सामग्री सहयोग

रसुवा । कांग्रेस नेता मोहन आचार्यले रसुवाका दुई अस्पतालको लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । जिल्लामा कोरोना संक्रमण बढे सँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै रसुवाका समाजसेवी एवम प्रतिनिधि सभा सदस्य नेता आचार्यले जिल्लाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरि जिल्लाका दुई अस्पतालमा प्रयोग हुने उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

नेता आर्चायले करिब १६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।

जिल्लाका नागरिकहरुको उपचारमा सहजता होस भन्ने उघ्देश्यले जन प्रतिनिधिको नाताले आफुले उक्त सामाग्री खरिद गरि जिल्लालाई उपलब्ध गराएको प्रतिनिधि सभा सदस्य मोहन आचार्यले बताए ।
उक्त स्वास्थ्य सामग्री लिँदै प्रजिअ ढकालले प्राप्त सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरुमा प्रयोग गरिने बताए ।

त्यसैगरि प्रतिनिधिसभा सदस्य आचार्यले बिहिबार नै त्रिशुली अस्पताल नुवाकोटलाई पनि मिनि भ्यान्टिलेटर २ वटा, एबिजि ९ आइसियुमा प्रयोग हुने सामान १ वटा हस्तान्तरण गरेका छन् ।
गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रुपमा जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंतिमा रहेका ५ सय ८ जनालाई निशुल्क कोरोना बिमा, बिपन्नलाई राहात बितरण लगायतका सहयोग गरेका थिए ।
भेन्टिलेटर लगायतका अत्यावश्यक सुबिधा नहुदाँ जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । रिफर भएकाहरुमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कम लगायतका समस्या देखिएको छ ।
जिल्लामा पुर्ण प्रबिधि नहुदाँ कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाण्डौ रिफर हुनुपर्ने बाध्यता रहेको छ । अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केहि सहज हुने बताइएको छ ।

गत २४ घण्टामा २५३१ सवारीसाधन कारवाहीमा, बजार र क्वारेन्टिन अनुगमनमा सरकारको तिव्रता

काठमाडौँ । हिजो मंगलबार दिनभरमा २ हजार ५३१ सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।
यसका साथै कोभिड नियन्त्रणको लागि मंगलबार क्वारेन्टिनहरुको गुणस्तर सुनिश्चितता र नियम पालनाका लागि ११७ क्वारेन्टिनको स्थलगत अनुगमन गरेको गृह मन्त्रालयले जानकारी गराएको छ ।
गृह मन्त्रालयका अनुसार समिक्षा अवधिमा अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १८५ स्थानमा अनुगमन भएको छ । स्थानीय प्रशासनबाट १९५ अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण समेत गरिएको छ ।

मंगलबार देशभरका विभिन्न सस्मानाकाहरुबाट २ हजार १९७ जना नेपाल प्रवेश गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार फ्रान्स सरकारले प्रदान गरेको ५०४००० थान एफ.एफ.पी.टु मास्क, २०२२५ थान एन्टिजेन टेस्ट किट, १४ सेट रेस्पिरेटर र तिनका लागि चाहिने सरसामान एवम् १२००० थान भइजर फ्रान्सको चार्टड विमान मार्फत नेपाल आइपुगेको र ती सामग्री आज फ्रान्सेली राजदूतले स्वास्थय तथा जनसंख्या मन्त्री समक्ष हस्तान्तरण भइसकेका छन् ।

त्यस्तै कोरिया सरकारले नेपाललाई सहायता स्वरुप उपलब्ध गराउने २ लाख अमेरिकी डलर बराबरको १७,७६० आर.टी.पी.सी.आर.टेस्ट किट्स ४ जुनमा हस्तान्तरण गरिने भएको छ ।
साथै ३७८ अक्सिजन कन्सन्ट्रेटर आउँदो जुलाई–अगष्ट सम्ममा नेपाली पक्षलाई हस्तान्तरण गरिने भएअनुरुप सम्बन्धित निकायसँग आवस्यक समन्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
यसरी नै यू.ए.ई सरकारले प्रदान गरेका १५० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्रीहरु आज चार्टर्ड विमानद्धारा काठमाडौँ आउने जनाईएको छ ।

यस्तै अर्थामन्त्रलयका अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि २२,०९,७१४ थान मेडिकल उपकरणहरु, १०,५५७ एम.टी.क्यू. अक्सिजन, ९, ००,८०० भायल्स काभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजर लगायतका औषधीहरु पैठारी भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार संयुक्त अनुगमन टोीबाट ८ स्थानमा बजार अनुगमन भएको छ ।

काठमाडाँै उपत्यकामा ५,९८३ र उपत्यका बाहिर ८,६२२ गरी जम्मा १४, ६०५ सिलिण्डर अक्सिजन उत्पादन भएको छ ।
यसैगरी मंगलबार त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलका साथै पोखरा, सुर्खेत, नेपालगञ्ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले २३ आन्तरिक उडान भरी जम्मा ४१ यात्रुको उद्धार गरिएको र कुल उडानमध्ये मेडकल उद्धारको लागि उडान संख्या १४ रहेको हो ।

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा १७ गते मात्रै निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३० वटा गाडी र १ हजार ६ सय ९० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ३ सय २४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ३ सय ५३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
साथै यो दिन नाकाहरुबाट २९४० नेपाली नेपाल भित्रिएका छन् ।
सरकारले सोही दिन १०५ क्वारेन्टिनको स्थलगत अनुगमन गरेर १७०० स्वास्थयकर्मीको निगरानि सहितका र अक्सिजन सुविधारहितका १५ सय आइसोलेसन सेन्टर रहेको जानकारी गराएको छ ।

चेम्बरको नेतृत्वमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन सेन्टर स्थापना

काठमाडौँ । चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् ।

आइतबार आयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् ।

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरसबाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

“हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो’ अध्यक्ष मल्लले भने ।

उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

“देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपालबाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवा प्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’

त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने ।साथै उनले नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए ।

सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँआउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राखिन । साथै उनले आम नागरिकले पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् ।

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् ।

यसकार्यको लागी पुर्ण रुपमा सक्रियता देखाइ परिणाम निकाल्न सफल हुनुभएकी साल्ट ट्रडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई विभिन्न निकायबाट धन्यवाद समेत आएको सोही अभियानमा सम्लग्न एकले सम्पत्ति न्युज लाई बताए ।

टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । आज आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा गर्नेछ ।

इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ । मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ । आईतबार इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् ।

यो Telemedicine सेवा कसरी लिने? सेवा कसरी लिने?

– विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट यो
सेवा लिन सक्नेछन्।
(यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor
डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor एप डाउनलोड गर्न सक्नेछन् ।

– ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा www.merodoctor.com/help
टाइप गरेर यो सेवा लिन सकिनेछ ।

(कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको
फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ।

– मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help
ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलोका लागि यो लिंकमा भिडियो
म्यानुअल राखिएको छ ।
– वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ । 9847691129, 9823012581, 9847393153, 9847396536