स्वास्थ्य मन्त्रालयद्वारा ७० जना कर्मचारीको स्तर वृद्धि (नामावलीसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७० जना पारमेडिक्स कर्मचारीको स्तर वृद्धि गरेको छ ।

यसअघि कागजात नमिलेर स्तर वृद्धि हुनबाट रोकिएका उनीहरूको सरकारले आइतबार स्तर वृद्धि गरेको हो ।

निमाविको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक नतिजा सार्वजनिक गरेको हो । वैशाख ९ गते लिएको सामान्य परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी भएका थिए ।

जसमा १३ हजार ९३९ जना मात्रै पास भएका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ । परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाको विवरणबाट देखिन्छ ।

सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण, कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना, लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना, गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

पास भएका परीक्षार्थी हरूको विषयगत परीक्षा ९ भदौ २०८० मा बिहान ११ बजेदेखि कैलालीमा सञ्चालन हुने आयोगले जनाएको छ ।

निरा हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

 

काठमाडौं । प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर  पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डको हत्यामा विश्वकर्मा एक्लैको संलग्ना रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएको हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।

पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ ।

आफूहरुसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हत्यार प्रहार गरी हत्या भएको थियो ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो ।      

त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र ८.५प्रतिशत प्रभु बैंक डिभेञ्चरको सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यी दुईको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।      

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज चार करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

नापी कार्यालय धनुषाका प्रमुख मिश्र सेवाग्राहीसंग कुटिए

धनुषा । नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् ।

मंगलबार ढिलासुस्ती काम गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको हुन । कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र कर्मचारी दिलीप साहमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

लटु यादव नामको व्यक्तिको नेतृत्वमा आएको व्यक्तिहरुले हामीमाथि हातपात गरे ’ प्रमुख मिश्रले भने, अचानक आएर दुई तीन झापड मलाई नै हाने ।’,उनले भने ‘हामी काममा व्यस्त थियौँ लटु यादवलगायतका केही व्यक्तिहरु कार्यालयमा पसे र भरिएको पानीको बोतलले प्रहार गर्नुका साथै थप्पड पनि हिर्काए ।

नापीका कार्यालय प्रमुख मिश्रकाअनुसार त्यहाँका कर्मचारीद्वय दिलीप साह र प्रदीप साहमाथि पनि हातपात गरिएको छ । मिश्रले भने,‘लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बनाइ दिनका लागि आग्रह गरेका थिए । मैले बिना सरजमिनको कुनै काम नगर्ने भनेपछि त्यसको भोलिपल्ट कार्यालय भित्र गुण्डाशैलीमा पसेर म समेत कर्मचारीमाथि हातपात गरे ।’ फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहे पनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सर्जमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी प्रमुख मिश्रले बताए ।

कार्यालय प्रमुखमा मिश्र आएदेखि नै यस्ता विवाद दिनदिनै हुने गरेको ती कर्मचारी स्रोतले जनाएका छन् । मिश्रको कार्य गर्ने शैलीले सेवाग्राहीहरु आजित बनेका छन् । बिना घुस नापी कार्यालयमा कुनै पनि काम अगाडि नबढ्ने वातावरण बनेपछि सेवाग्राहीहरु आक्रोशित हुने गरेका छन् । एक दिनमै हुने काममासमेत अनावश्यक कयौं दिन लगाउने र घुस नदिनेको कामै नहुने गरेको बताइन्छ ।

आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

काठमाडाै‌ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएका छन् । दुबै लघुवित्तको सर्वसाधारणलाई निष्काशन गरेको शेयर र संस्थापकहरुले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६ लाख २३ हजार ३८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३ हजार ३८० कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१ रुपैयाँ ८२ देखि एक हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

बिपीडब्लु लघुवित्त वित्तीय संस्था (BPW) को पनि ३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ९७ हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

बोहराटारमा डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स

काठमाडौं काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका- १६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। हिजो शव फेला परेको थियो।  

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ। उनीहरू दुबै जना अविवाहित हुन्।

पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो। सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए।  

नेपाल टेलिकमले ल्यायाे नेशनल ICT अफर

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (National ICT Day 2023) को अवसरमा ग्राहकहरुका लागि ICT Day Offer अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुनेछ ।

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

S.NPackage nameResourceValidity (days)Tariff NRs. (Incl. of Tax)
11Mbps data unlimited +100 Min NT-NT Voice1Mbps data unlimited +100 Min NT-NT Voice149
26GB data6GB398
313GB Data13GB7199
420GB Data20GB10294
530GB Data30GB15399

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट रिसवत लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्धा दायर गरीएको हो । 

ढुङ्गेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रिसवत मागेको अख्तियारको दाबी छ । आयोगले ढुङ्गेललाई रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिबाना माग गरिएको छ ।

यस्तो छ आज बैशाख १७ गते आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ, तर शेयर बजारमा नोक्सानी होला ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन पनि सक्नेछ सचेत रहनु होला ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० सफल यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज नयाँ काम गर्न सकिनेछ साथै साथ, सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्नेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख पनि मिल्नेछ ।

आज कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

काठमाडौंमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाैं उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ ।

हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएका छन् भने एक जना घाइते भएका छन्।

बनेपा–सिन्धुली–बर्दिबास–(बिपी) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना भएको थियो। दुर्घटनामा परी एक पुरुष र एक महिलाको मृत्यु भएको छ।

उनीहरूको पहिचान हुन सकेको छैन। घाइते पुरुषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको छ ।

मृतक दुवैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल खसेको छ।

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए ।

केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।

१८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

हिजो (शुक्रबार) बसेको बढुवा समितिको बैठकको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको उक्त समितिको बैठकले निर्णय गरेको छ ।

यस्तो छ आज शनिबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले पनि तीव्रता लिनेछ ।