औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

‘नेकपा विवादमा कांग्रेसले तत्काल निर्णय गर्दैन’

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल निर्णय नगर्ने बताए । नेकपा विवादका कारण देशमा सुरु भएको नयाँ राजनीतिक समिकरणमा कांग्रेस निर्णायक अवस्थामा देखिएको अवस्थामा महामन्त्री डा. कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए ।

हेटौंडामा रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा नेकपाको ओली र दाहाल–नेपाल दुवैको पक्षमा नरहेको प्रष्ट पारे। ‘अहिले कांग्रेस कुनै पनि पक्षमा छैन । अब सदन कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै रहेको छ,’ उनले कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्ने उल्लेख गरे ।

कोइरालाले विश्वबाट पलायन भइसकेका कम्युनिष्ट नेपालमा नेपाली कांग्रेसकै साहारामा अस्तित्वमा आएको समेत दाबी गर्नुभयो । त्यस्तै, कोइरालाले अबको ध्यान कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । ‘पार्टी सुदृढ बनाएर महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

बुटवल । रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता सुरेश भुसालका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

औषधि विभागका अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित पक्राउ गरेको हो । उनलाई विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

ओलीको राजीनामाले मात्र पार्टी नयाँ एकताले अघि बढ्छः माधव नेपाल

काठमाडौँ । पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

देश सञ्चारसँग नेपालले भने, ‘असंवैधानिक रुपमा गरिएको संसद विघटन सर्वोच्चबाट बदर भएसँगै पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको छ । तर त्यसका लागि केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्छ।’

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमा सोही अनुसार पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्न सक्ने र सोही अनुरुप आफूहरुको रणनीति तयार हुने उनले बताएका छन्।

उनले भने, संसद अधिवेशन अघि नै उहाँले राजीनामा दिएमा पार्टी एकताको सम्भावना बलियो बन्ने छ । तर राजीनामा नदिएमा हामी अविश्वासको प्रस्ताव ल्याउने छौँ।’

आफै राजीनामा नदिएमा अविश्वासको प्रस्तावबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि मात्रै पार्टी एकताको विकल्प कस्तो हुने भन्ने तय गर्न सकिने नेता नेपालले बताएका छन्।

दाहाल–नेपाल समूह ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने रणनीतिमा छ । तर दाहालले आफू प्रधानमन्त्री नबन्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

मंगलबार सर्वोच्चले फैसला गर्दा चितवनमा रहेका दाहाल र नेपाल बुधबार काठमाडौँ आउँदै छन् । उनीहरुले दिउँसो रत्नपार्क स्थित शान्ति बाटिकामा हुने विजय जुलुसलाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेपालले राजीनामा दिएर ओलीले पार्टी एकताको मार्ग प्रशस्त गर्न सक्ने बताए पनि ओली भने आफू निकटका नेताहरुसँग भावी रणनीतिबारे छलफलमा छन् । उनले स्थायी समितिको बैठक पनि बोलाएका छन्।

नेकपामा दुवै खेमाबिच बहुमत सांसदलाई आफ्नो पक्षमा पार्ने कसरत थप सघन हुने देखिएको छ । यसअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका थिए।

ओलीले ती मध्येका सांसदलाई पनि आफ्नो पक्षमा ल्याएर संसदको सामना गर्ने रणनीतिबारे छलफल गरिरहेका छन्। तर अहिले नै उनले संसदको सामना वा राजीनामाको मार्ग लिन्छन् भन्ने स्पष्ट नभएको उनी निकट स्रोतले बताएको छ।

राजीनामा दिन सकरात्मक ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफु राजिनामा दिनका लागि सकरात्मक देखिएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको आन्तरीक स्रोतले जनाएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।
‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्ने बुझिएको हो । दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुने छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता प्रदिप ज्ञवालीले भने । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

ओली पक्षको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आफू पक्षीय स्थायी समिति सदस्यहरुको बैठक आह्वान गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ ।

यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेका छन् । अदालतको निर्णयले राजनीतिक समस्या हल नगर्ने ओली पक्षको तर्क रहेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेका छन् । अदालतको निर्णयले राजनीतिक समस्या हल नगर्ने ओली पक्षको तर्क रहेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

अदालतको फैसला अनपेक्षित नै हो तर देशको शासन मान्ने पार्टी भएकाले फैसला स्वीकार्छौँः ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् ।

ज्ञवालीले फैसला अनपेक्षित भएपनि स्वीकारेर जाने मन्त्री ज्ञवालीले बताएका हुन् । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने ।

जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे । ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’

सर्वोच्चको फैसलापछि वामदेवः ‘अब फेरि पार्टी मिलाउँछु’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला पश्चात नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् ।

‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ ।’ उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म त्यसमा प्रयत्न गर्दछु । पार्टी मिलाउँछु ।’

सर्वोच्चले गर्यो प्रतिनिधिसभा पुनःस्थापनाको फैसला (पूर्णपाठ सहित)

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने गरी फैसला गरेको छ । अर्थात सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।

संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि अदालतले मंगलबार फैसला सुनाउँदै १३ दिन भित्रमा संसद बैठक बोलाउन भनेको हो ।

संसद विघटन विरुद्ध परेको रिटमा दुवै पक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएको थियो । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो ।

मंगलबार बिहानैदेखि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूबीच छलफल चलेको थियो । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरूबाहेक अन्य ११ वटा रिट परेका थिए ।

सबै रिटहरुलाई संवैधानिक परिषद्मा लैजाने आदेश प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराले दिएका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए । शुरूमा गठित इजलासमा रहेका हरिकृष्ण कार्की विगतमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै विपक्षी वकिलले प्रश्न उठाएपछि उनले इजलासमा नरहने भनेका थिए । त्यसपछि उनको ठाउँमा सपनालाई ल्याइएको हो ।

पूर्णपाठ

भरुवा बन्दुक बरामद

काठमाडौँ । शिवराज नगरपालिका–९ रमुवादहस्थित शिवशक्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उक्त वनमा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
काभ्रपालाञ्चोक । लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका–११ ठेगाना भएका राजिब भन्ने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका–११ स्थित लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनालाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकबाट १३.५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका–३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका–७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका–११ खनारबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ सिमरवना बस्ने २२ वर्षीय मिथिलेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै फरार रहेका मोरङ बस्ने २७ वर्षीय श्री चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरी, जलेश्वर नगरपालिका–३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेका छन् । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या, आफैले फोन गरेर प्रहरीलाई खबर

कञ्चनपुर । आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बसन्तीले फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानलाई मारेको भनी आफै जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–२ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनः स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सर्वोच्च अदालतले सही फैसला गर्नेमा हामी विस्वस्त छौँः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्नेमा आफु विस्वस्त रहेको बताए । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन सम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।

७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘लडाईँ विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन । मैले सबै सभामा भनेको छु अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै अध्यक्ष दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पौष ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौं । देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ, ७०–७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियार बन्द हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताए । आफूहरु एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भएपनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको उनले बताए । उनले भने, ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षडयन्त्र र कसरत अहिले भइनै राखेको छ । भइनै सक्या छ ।’

पार्टी फुटाउने षड्यन्त्र पूरा नहुने अध्यक्ष दाहालको भनाइ छ ।