चलचित्रबाट पर्यटन प्रवद्र्धन

चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम चल्न थालेको छ ।

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको थियो ।

प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो । चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवद्र्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृषि लीला’ छायाङ्कन थालिएको छ ।

इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङले बताए ।

चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने छ । “पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ”, नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्षसमेत रहेएका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवद्र्धन गर्न गाह्रो भएको बताए ।

“हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ”, तामाङले भने, “अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन ।” चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया÷प्रेम जोडेको आधार रहेछ ।

ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसक्नुभएको छ । यसअघिका चलचित्र व्यावसायिकरूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मनपराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । “पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ”, ओलीले भन्नुभयो ।

हुन त इलाममा चलचित्र छायाङ्कन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङ्गा’, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल–५’,लगायतका दर्जन बढी चलचित्र छायाङ्कन भइसकेका छन् तर, प्रायः चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ ।

चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायाङ्कन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताउनुभयो ।

यता चलचित्रका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउनुहुन्छ । “पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो ।” इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायाङ्कनका क्रममा रहनुभएका खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको बताउनुभयो ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङको भनाइ छ । “स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ” । चलचित्रमा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।

तलब नपाएपछि शिक्षक आन्दोलित

काठमाडौँ । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् ।

निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिए । उनले भने, “लामो समयदेखि तलब नै नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।”

विसं २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरे आन्दोलनमा जाने समितिले चेतावनीसमेत दिएको छ । पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षक रुष्ट भएका छन् ।

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन् । कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा साह्र्र्रै समस्या भएको उनीहरुले बताएका छन् । उता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँटफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताए ।

निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाइ छ । उनले भने, “शिक्षक साथीहरुले मसँग पनि गुनासो गर्नुभएको थियो । एक चौमासिक भए पनि तलब खुवाउने तयारी गरेका थियौँ तर राजस्व बाँटफाँड शीर्षकमा बजेट निकासा कम हुँदा खुवाउन सकेनौँ ।”

चार महिनामा एक अर्ब रेमिट्यान्स

काठमाडौँ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए ।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।

असोज महिनामा मात्रै रु ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक रु ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।

बलात्कारको आरोप लागेका सिद्धबाबालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ लाई थुनामै राख्न आदेश दिएको छ ।

उनले एक अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेको थियो । पश्चात् जिल्ला अदालत सुनसरीले उनलाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर गत शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश बेरीतको नदेखिएको भन्दै सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

सोमबार पशुपतिको दर्शन् गर्नुहोस् मनले आँटेको पुग्नेछ, मंसिर १५ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी ४८ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रोहिणी,अहोरात्र । योग–शिव,१३ घडी २० पला,मध्यान्ह १२ बजेर ०२ मिनेट उप्रँन्त सिद्ध । करण–बव,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त बालव,रातको ०३ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ११ पला । गुरु नानक जयन्ती ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएरु जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

सरकार परिवर्तन निराधारः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताए ।

उनले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गरे । सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपामा केही समयदेखि देखिएको विवादमाथि टीप्पणी गर्दै जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा रिजल्ट, डेलिभरी र आउटपुट रहेको बताए ।

वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उनले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गरे। सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी गर्नुभन्दा रचनात्मक सुझाव दिनसमेत दलहरुलाई उनले आग्रह गरे ।

उनले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने चेतावनीसमेत दिए। परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढेको उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ९६ लाख ४२ हजार ७९८ लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाश न्यौपानले बताए ।

त्यसैगरी मन्त्री ज्ञवाली आज सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा पहिरो पीडितका लागि निर्मित नमूना एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा समेत सहभागी बनेका थिए ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ । श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिका–४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३–०२–००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

खोटाङ, डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१२ जाल्पा बस्ने ३२ वर्षीय कमाल बहादुर आले मगर र २७ वर्षीय छबिराज राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरुले सोही ठाउँ बस्ने पर्शुराम राईको घरमा ढुंगा प्रहार गरी घरको ढोका फोरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड (१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताउनुभयो । उहाँले नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने बताउनुभयो ।उहाँले भन्नभुयो आजको छलफल छलफलको अन्त्य होइन, सुरुवात मात्र हो ।

उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोही अनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड(१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा

काठमाडौँ । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाउनु छुट्टाएका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले योजना तथा कार्यक्रमहरु छनौट गरेको हो ।

जस अन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. २ रुपन्देहीका लागि रु. १ करोड र पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका वडा नं. १ रुपन्देहीका लागि रु. १ करोड विनियोजन गरिएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ रुपन्देहीका लागि रु. ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ रुपन्देहीका लागि रु. १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ ।

पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गत वर्षको सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी, उपाध्यक्ष तथा कार्यकारीणी सदस्यमा मतपरिणम मिश्रित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम शनिबार राति नै सार्वजनीक भएको छ । सार्वजनीकमतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । प्रतिस्प्रधी किशोर प्रधानलाई १६५ मतले हराउदै ढकाल वरिष्ठ उपाध्यक्षको विजय हाँसिल गरेका हुन् । ढकालको कुल ६३३ रहेको छ भने प्रधानले ४६७ मत ल्याएका हुन् ।
यसरी नै महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने नियम अनुसार अब ढकाल शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।

यहि व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्ष भएका छन् ।

त्यस्तै महासंघका तीन उपाध्यक्षमध्ये वस्तुगतमा अन्जन श्रेष्ठ, जिल्ला नगरतर्फमा दिनेश श्रेष्ठले र एसोसिएटतर्फका रामचन्द्र संघाई विजयी भएका छन् । प्रधान र ढकालले प्यानल बनाएर निर्वाचनमा होमिए पनि मत परिणाम भने यसरी मिश्रीत आएको छ । दुई उपाध्यक्ष प्रधान समूह र एक उपाध्यक्ष ढकालले जितेको हो ।

त्यसरी नै कार्यकारीणी सदस्यमा पनि चुनावी परिणाम मिश्रीत आएको छ ।

एसोसिएटतर्फका कार्यकारिणी सदस्यहरुः

अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल,कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत,प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई सुशील थापा, सञ्जय गिरी, हेमन्त गोल्छा ।

जिल्ला नगरतर्फको कार्यकारी सदस्यहरुः

राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुण समार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर घड्क, शुरकृष्ण बैंद्य, नविरकुमार श्रेष्ठ, डिवी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य, अमृत भट्टचन ।

बस्तुगतसमुहबाट कार्यकारीणी समितिः

नरेश लाल श्रेष्ठ,सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, हेमराज ढकाल,अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन् ।

जिप दुर्घटनामा परी ६ जनाको मृत्यु, दुई जना घाइते

गुल्मी । ईस्मा गाउँपालिका–४ हुलस्थित सडकमा लु।१ ज ११६६ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार बिहान सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ईश्मा गाउँपालिका–४ हुल बस्ने ६५ वर्षीय डम्मर बहादुर हितान, सोही ठाउँ बस्ने ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका५ बस्ने ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै तथा गम्भीर घाइते भएका मालिका गाउँपालिका(५ बस्ने १९ वर्षीय फर्सुराम थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडीमा सवार अन्य २ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पातर्फ पठाइएको छ । जिप चालक गुल्मी ईस्मा गाउँपालिका(७ सैया बस्ने २४ वर्षीय बुद्द बस्नेतलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

सिसीटिभि हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत कलंकीनागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभि हस्तान्तरण गरिएको छ ।

उक्त सिसिटिभि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रवार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरे ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभि जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए । हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उनले चर्चा गरे।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो

एसबिआई बैंकद्धारा परोपकार अनुसन्धानकेन्द्राई विद्युतीय उपकरण प्रदान

काठमाडौँ । नेपाल एसबिआई बैंकले विर्तामोड स्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधुतीय उपकरणहरु प्रदान गरेको छ । वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार द्वारासंस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका छन् । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका सञ्चारविज्ञमा मानन्धर नियुक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले उनलाई सञ्चारविज्ञका रुपमा नियुक्त गरेको हो । भने, सरकारका प्रवक्ता गुरुङले आज मानन्धरलाई पत्र प्रदान गरे ।

विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्।

सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५) मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका थिए । कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो ।

दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्गठन र नेपाल पत्रकार महासङ्घबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान (२००६) तथा शिक्षा विभाग र पत्रकार महासङ्घबाट राष्ट्रिय शिक्षा सम्मान (२००७) पनि प्राप्त गरेका छन् ।