सरकार पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएको बताएका छन् ।

शुक्रबार रिपोर्टस क्लब नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अब देशको विकास निर्माणमा गति लिने बताएका हुन् ।

उनले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे ।

उनले भने, ‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आज मात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिन्छ । ’

उनले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे । पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको उनको भनाइ छ ।

नवनियुक्त मन्त्रीहरु

राष्ट्रपति भवन शितल निवासमा आज भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उनीहरुले शपथ लिएका हुन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तो छ मन्त्रीहरूको वरियता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौंपटक विस्तार गरेको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूको वरियता सार्वजनिक भएको छ। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीपछि दोस्रो वरियतामा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का रहेका छन्। त्यसपछि मात्रै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन्।

त्यस्तै चौथो वरियतामा कृषिमन्त्री डा. बेदुराम भुसाल, पाँचौंमा शिक्षामन्त्री अशोककुमार राई, छैटौंमा श्रममन्त्री शरतसिंह भण्डारी, सातौंमा अर्थमन्त्री प्रकाशशरण महत र आठौंमा महिला बालबालिकामन्त्री महिन्द्र राय यादव रहेका छन्। 

यस्तो छ आज चैत १७ गते शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह पनि छाउनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

रास्वपाले सार्वजनिक गर्यो उपनिर्वाचनका दाबेदार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैशाख १० मा हुने उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा.स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा.रुपक विक घिमिरेले दाबी पेश गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।
रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।

यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।

४ कर्मचारीलाई अधिकृत र ६ जना कर्मचारीलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस (सुचिसहित)

काठमाडाैं । बढुवा सिफारिस समितिका पछिल्ला बैंठकले चार जना कर्मचारीलाई अधिकृत तहमा र ६ जना कर्मचारीलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ४ कर्मचारी अधिकृत तहमा बढुवाका लागि सिफिारिस भएका छन् ।

यस्तै समितिको पछिल्ला बैठकले नेपाल इञ्जिनियरिङ सेवातर्फका कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो । ६ जना अधिकृत वा सो सरहका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवा सिफारिस भएका छन् ।
समितिको पछिल्ला दुई बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इरिगेसन उपसमूहका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको हो । , जेष्ठता र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि तीन जना र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाका लागि तीन जना गरी ६ जना कर्मचारी उपसचिव तहमा बढुवा सिफारिस भएका छन् ।

रौतहटमा प्लाई उधोग,कुखरा फर्म, सहित ४ ठाउँमा आगलागी हुँदा करोड बढीको क्षती

रौतहटमा एउटा प्लाई उधोग, कुखरा फर्म सहित गएराती ४ ठाउँमा आगलागी हुँदा एक करोड बढीको क्षती भएको छ। आगो नियन्त्रण गर्न बारुणयन्त्र ढीलोगरी पुगेको भन्दै चालक तथा कर्मचारी माथी जातपात भएकोे छ। 

सुकदेव चोैक इसथित रहेको रिधिसिधी पलाइ कम्पनीमा  विद्युतको तार सर्ट भएर गएराती डेढ़ बजे आगलागि भएकोे थियो। गौरका रतिनाथ झाले सञ्चालन गरेको उद्योगमा आगलागि बाट घर, प्लाई बनाउने कच्चा पदार्थ, मोटर तथा मेसिन जलेर १ करोड बढीको क्षती भएको प्रहरी चौकी शुकदेव चौकका सई ध्रुबलाल साहले बताएका छन। गौर, चन्द्रपुर बाट आएको दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा बिहान ५ बजेसम्म आगलागि नियन्त्रण भएकोे प्रहरी चौकी शुकदेव ले जनाएको छ।उता गौर नगरपालिका ४ स्थित मुनिफ पोल्ट्री फर्ममा गएराती ८ बजे अचानक आगलागि भएकोे थियो। आगलागी बाट फर्मको घर,२५ सय चल्ला,दाना,औषधि, ग्याँस सिलण्डर,एलसीडी,लताकापडा, भाडा वर्तन जलेर २३ लाख ५८ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोही नगरपालिकाको वडा नं.३ मचकुटिया टोलमा चन्दन साहको कच्ची खरको घर र माधव नारायण ८ गजेन्द्र कुशवाहाको घरमा गएराती आगलागि भएकोे थियो। दुबै घरमा गरी आगलागि बाट घर,लताकापदा,केही चौपाया जलेर ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गौर स्थीत मजकुटिया बाट आगो निभाएर फर्किरहेको दमकलमा पुनः पानी लोड गरेर कुखरा फर्मको आगो निभाउन जाँदा केही स्थानीयले दमकलको चालक र कर्मचारीलाई हातपात गरेका थिए। यसैबीच मानवीय सेवामा तत्पर रहेको कर्मचारी माथी हातपात गर्ने माथि कडा कारबाही गर्न गौर नगर प्रमुख शम्भु साहले माग गरेका छन। २ गाउँपालिका सहित १८ स्थानिय तह रहेको रौतहटमा गौर र चन्द्रपुर नगरपालिकामा मात्र दमकल रहेको छ। दमकल न रहेको अन्य स्थानिय तहमा कतै आगलागीको घटना हुँदा गौर,चन्द्रपुर टाढा भएकाले दमकल पुग्नु अघिनै घर जलेर नष्ट हुनेगरेको पाइन्छ।

अस्पतालमा मुख्यमन्त्री आकस्मिक अनुगमन

जनकपुरधाम, १५ चैत । मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुने चेतावनी दिएका छन् ।

उनले मंगलबार राति जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।

अस्पतालको ल्याबमा कार्यालय सहयोगीले जाँच गरेको खबर आएदेखि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाएका छन् ।

उनले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे ।

अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीका आधारमा प्रकाउ उनीहरुलाई गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ।

घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले बताए । पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । बिचौलिया विनोद भरले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

काठमाडौं । गृह मन्त्रालयमा सरकारकाे प्रतिनिधि र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी छ । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

झण्डै साढे दुई दर्जन प्रमुख प्रशासकीय अधिकृत अलपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयले खटाएका झण्डै साढे दुई प्रमुख दर्जन प्रशासकीय अधिकृत अलपत्र परेका छन् ।

महिना दिन अघि नै गत फागुन ३ र फागुन १६ गते सामान्यले खटन पटन गरेकामध्ये साढे दुई दर्जन उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ गरेको थियो । तिनैमध्येका एक हुन मोहन घिमिरे,जो रौतहटको गौर नगरपालिकामा खटाइएका थिए । त्यहाँबाट हाजिरै गर्न नदिई संघीयमै फर्काइए । यस्तै मोरङको रतुवामाई नगरपालिकामा खटाइएका नारायण न्यौपाने उसैगरी फिर्ता फर्काइए। यस्तै भुक्तमान बेहोरिरहेकी छिन्,इन्दु अर्याल । महिला भन्दै नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा भित्र्याउन अस्वीकार उनी सामान्यमै अलपत्र परेकी छिन् । १४ महिनादेखि सामान्यमै अलपत्र अर्याललाई
दक्षिणकाली नगरपालिकामा खटाइए पनि मेयर मोहन बस्नेतले महिलालाई सो ठाँउमा गाह्रो हुने भएका कारण भएकाले दुःख दिन नखोजेको बताए । मोहनले त्यहाँबाट सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंलाई रमाना नदिई त्यही रोकेर राखेका छन् ।

मन्त्रालयका अनुसार रौतहटका गढीमाई, गौर, कटहरी नगरपालिका, काभ्रेको पनौती नगरपालिका, बाजुराको बुढिगंगा नगरपालिका, सुर्खेतको पन्चपुरी नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका, मोरङको रतुवामाई नगरपालिका, धनुषाको छिरेश्वरनाथ नगरपालिका, धनुषाकै जनकनन्दिनी गाउँपालिका र हुम्लाको पपदमचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएका छैन ।

राष्ट्रिय सभा बैठक बस्दै (यस्तो छ कार्यसूची)

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६र/७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

रौतहटमा २ घरमा आगलागी,जलेर बालिकाको मृत्यु १८ लाखको क्षति

रौतहट १६ चैत। रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालीकामा गएराति दुईवटा घरमा भाएको आगलागीमा परेर एकजना बालिकाको मृत्यु भएको छ भने लाखौं को क्षति भएको छ।
इशनाथ नपा ६ जयनगर निवाशी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासी आगलागी भएको थियो।

आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ वर्षिया छोरी रजिया खातुनको जलेर मृत्यु भएको प्रहरी चौकी जयनगरका असई शत्रुधन यादवले बताएका छन।

केही दिन पछि रहमानको छोरिको बिवाह रहेका ले तयारी स्वरूप घरमा राखिएको लताकापडा,अन्न, तथा केही गहना जल्नुका साथै एउटा पाडो समेत जलेर मरको छ।

केही दिन पछि रहमानको छोरिको बिवाह रहेका ले तयारी स्वरूप घरमा राखिएको लताकापडा,अन्न, तथा केही गहना जल्नुका साथै एउटा पाडो समेत जलेर मरको छ।
आगलागी बाट रहमानको १६ लाख रुपैयाँ बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको असई यादवले जानकारी दिए। रहमानको घरबाट सल्किएर छिमेकी शेख ईरसादको गोठ जलेर दुईलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी जयनगर तथा गाउँलेको सहयोगमा आगलागी नियन्त्रण भएकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।आगलागीको कारण खुल्न नसकेको भएपनि लामखुट्टे भगाउन बालिएको घुर बाट सल्केर भएकोे हुनसक्ने अनुमान गरिएको छ।

नगद र चेकसहित दुई जना पक्राउ : अख्तियार दुरुपयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा नै २७ लाखभन्दा बढी नगद र चेक र घूसको बिटोसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित नापी कार्यालय मनमैंजुका सर्वेक्षक रमेश उपरकोटी र उनीसँग सेटिङ गर्ने लेखापढी व्यवसायी अभिषेक कार्की रहेको अख्तियारले जनाएको छ ।

जग्गाको कित्ताकाट गर्ने क्रममा सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले मंगलबार गरेको स्टिङ अप्रेसनमा घूसको बिटोसहित उनीहरु फेला परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार नापी कार्यालय मनमैंजुका रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीले सेवाग्राहीसँग घूस मागेको र घूस रकम १ लाख ७५ हजार रुपियाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । यसै गरी कार्कीको शरीरमा खानतलासी गर्दा थप ७ लाख ६९ हजार ५ सय नगद र १६ लाख बराबरको तीनवटा चेक फेला पारिएको अख्तियारले जनाएको छ । यसै गरी सर्वेक्षक रमेश उपरकोटीको शरीर खानतलासी गर्दा १ लाख ८५ हजार ३ सय रुपियाँ फेला परेको छ ।

घूससहित पक्राउ परेका सर्वेक्षक उपरकोटी लमजुङ राइनास नगरपालिका–५ घर भई हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१० मनमैंजुमा बसोबास गर्दै आइरहेका छन् भने लेखापढी व्यवसायी अभिषेक कार्की रामेछापको रामेछाप नगरपालिका–७ घर भई हाल तारकेश्वर–१० मनमैंजुमा नै बसोबास गर्दै आइरहेका छन् ।

अख्तियारका अनुसार निवेदकले नापी कार्यालय मनमैंजुमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्न जाँदा सर्भेक्षक उपरकोटीसमेतले काम नगरी दुःख हैरानी दिएको तथा निज सर्भेक्षक उपरकोटीले १लाख ७५ हजार घूस माग गरी सो रकम लेखापढी व्यवसायी कार्कीलाई दिनू भनी सो कित्ताकाट गरिदिएको साथै त्यसपश्चात पनि निज कार्कीले पटकपटक फोन गरी दुःख हैरानी दिई बारम्बार घूस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले स्टिङ अप्रेसन गरेको थियो ।

अख्तियारका अनुसार घूस रिसवतबापतको रकम लेखापढी व्यवसायी अभिषेक कार्कीले सर्भेक्षक रमेश उपरकोटीलाई अग्रिम रुपमा दिई उनकै नाम लिएर सेवाग्राहीबाट रकम उठाउँदै गर्दा उनी नियन्त्रणमा परेका हुन् ।

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बुधबा। चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

माओवादी छोडेर जनमतमा प्रवेश गरे कुशवाहा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेकाे छ ।

कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए ।

उनले अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए ।

जनमत पार्टीका अध्यक्ष राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको दाबी छ । सिके राउतको सम्मान स्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए ।

जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए ।

जनताको भावनाविपरीत आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजेको उनले बताए । आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रह अनुसार जनमतमा प्रवेश गरेको उनले बताए ।