करोनाबाट एकको मृत्यु, ६२० जनामा कोभिड सङ्क्रमण


देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको हो भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रभावकारी काम गर्न अध्यक्ष ओलीको निर्देशन


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिनुभएका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिनुभयो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेका छन् ।साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त क्षेत्रको शेयर मूल्यमा ३१.९३ अङ्कले गिरावट भयो । बाँकी १२ उपसमूहको शेयर मूल्य भने उकालो लाग्यो । नेप्सेका अनुसार बैंकिङ ४०.६२, व्यापार ७५.२८, होटल तथा पर्यटन ८०.१९, विकास बैंक ३१.५७, जलविद्युत् २०.४३, निर्जीवन बीमा ३७४.०८, उत्पादन ९८.४३, अन्य ५२.७७, लघुवित्त ५४.२६, जीवन बीमा ४१२.८९, सामूहिक लगानी कोष ०.११ र लगानी ३.३७ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३४ अर्ब ४७ करोड आठ लाख ९९ हजार ७७२ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ३४ लाख १६ हजार ८६० बराबरको कारोबार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २३ लाख २० हजार ४८५, एशियन लाइफ इन्स्योरेन्स रु ११ करोड ५४ लाख ७४ हजार ५००, हिमालयन डिस्टिलरी रु १० करोड ३७ लाख ७३ हजार ४०२ र नेशनल हाइड्रोपावर कम्पनी रु नौ करोड ७९ लाख १३ हजार २४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारका विभिन्न आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी छन् ।

त्यस्तै, गुडबिल फाइनान्सको ऋणपत्र ३.९४, नेशनल हाइड्रोपावर ३.३०, मल्टिप्रपोज फाइनान्स कम्पनी ३.१२, नबिल ब्यालेन्स फण्ड ३.०३ र सिन्धु विकास बैंकका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाएका छन् ।

हिंसा पीडित महिलालाई भेटवालको पच्चीस हजार सहयोग

काठमाडौ ।महिला हिंसा र कानुनी उपचारका देखिएको जटिलता बिषय कार्यक्रममा संसदीय कानुन ,न्याय तथा मानवअधिकार समितिका सभापति माननीय कृष्णभक्त पोखरेल पुर्व संसदीय समितिका पुर्व सभापति माननीय रामनारायण बिडारी अधिबक्ता स्वागत नेपाल नेपाल पत्रकार महासघका कार्यवाहक महासचिव गोबिन्द प्रसाद चौलागाईंले सम्बोधन गर्नुभएको एक कार्यक्रम बीचमा अस्ट्रेलिया बस्ने भावना भेटवालले महिला हिंसामा परेकी एक पीडित महिलालाई पच्चीस हजारको चेक मार्फत सहयोग गरेकी छिन।

समाजसेवी भावना कि धनी भेटवालले यस अघि पनि यस्ता मानवीय सेवामा आफुलाइ समर्पित गर्दै आइरहेको सहयोग गर्ने क्रममा बताउदै सभापति पोखरेल अनि पुर्व सभापति बिडारी लाई सहयोगको चेक हस्तान्तरण गरेकी थिइन सो चेक लगतै पीडितलाई हस्तान्तरण गर्दिन संचार केन्द्र समक्ष दिइएको थियो।कार्यक्रममा समाजसेवी भेटवाललाइ सम्मान पनि गरिएको थियो।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गरिएको कार्यक्रम काठमाडौको बिजुलीबजार स्थित संचार केन्द्रको हलमा आयोजना गरिएको थियो। हिंसा पीडित ती महिला हाल घरबाट लखेटिएकि अनि कोहि नभए पछि एक सस्थाको हेरचाहमा त छिन तर कानुनी उपचारमा रहेकी उनलाई सहयोग गर्ने कोहि नभएको समाचार हेरेपछि भेटवालको नजर पुगेसगै यसै कार्यक्रम बीचमा पीडितले सहयोग रकम प्राप्त गरेकी हुन।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज (आइतबार) दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको हो ।

पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएका थिए ।

आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।

ब्राजिलको राजदूतमा निर्मलराज नियुक्त


काठमाडौँ । ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

लागुऔषध गाँजा सहित ट्रक र चालक पक्राउ

खेम राज खनाल मोरङ, श्रावण १४ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई संका लागि चेकजाँच गर्ने क्रममा बोराले छोपी लुकाई राखेको अवस्थामा ६ बोरा ९१५६ किलोग्राम० गाँजा बरामद गरेको हो ।

अवैध गाँजा बरामद भए संगै उक्त नम्बरको ट्रक र चालक शहिदभुमि गाउँपालिका-३ धनकुटाका बिवेक राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताउनुभएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवद्र्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गर्नुभयो । 

उहाँले हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पुर्‍याउने र  आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको बताउँदै स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको प्रष्ट पार्नुभयो ।

जलस्रोतको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न विद्यमान क्यु ४० को डिजाइन व्यवस्थालाई हटाई जलविद्युत् आयोजना विकास गर्ने व्यवस्था लाइसेन्स र पिपिएमा मिलाउन खोजिएको उहाँको भनाइ थियो । नदी प्रवाह आयोजनाहरुको पिपिए पुनःसुरु गर्नेतर्फ गृहकार्य सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँले भारतले नेपालका विभिन्न छ आयोजनाको करिब ३६५ मेगावाट विद्युत् भारतीय एक्सचेञ्ज बजारमा निर्यात गर्नसक्ने गरी स्वीकृति प्रदान गरेअनुसार नेपालले सो बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गरिरहेको र थप आयोजनाको विद्युत् निर्यात स्वीकृति प्राप्त गर्न राजनीतिक तथा कूटनीतिक प्रयास भइरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्नाथ पौडेलले नेपालको विद्युत्को आन्तरिक खपत बढाउन र निर्यात गर्नका लागि विद्युत् उत्पादन, प्रशारण र वितरणको लागतलाई घटाउन आवश्यक रहेको बताउँदै यी तीनै क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र जल तथा शक्ति आयोगकको सचिवालयका सचिव दिनेश घिमिरेले विद्युत्को आन्तरिक खपतमा वृद्धि र विद्युत् निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले बढीभन्दा बढी विद्युत् उत्पादन र प्रसारण लाइनको विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारबाट प्राधिकरणले छोटो समयमै राम्रो आम्दानी गर्न सकेको् तथ्याङ्क प्रस्तुत गर्दै आन्तरिक रुपमा विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय भान्छा र उद्योगधन्दामा विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा डा रामप्रसाद धिताल र मनोज खड्काले ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य निर्धारणका सैद्धान्तिक पक्ष र नेपालको सन्दर्भमा उपयुक्त ढाँचाका बारेमा प्रकाश पार्नुभएको थियो । 

सो प्रस्तुतीकरणमाथि विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थ, वित्तीय क्षेत्र दिगो कार्यक्रमका टोली प्रमुख सूर्यप्रसाद आचार्य, राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवाली र आइआइडिएस संस्थाका कार्यकारी निर्देशक डा विश्वास गौचनले पनि विभिन्न धारणा राख्नुभएको थियो । सेजोनका अध्यक्ष जनार्दन बराल र महासचिव भागवत भट्टराईले विद्युत्को आन्तरिक खपत बढाउन र अन्तरदेशीय विद्युत् व्यापारलाई विस्तार गर्न सरकार र निजी क्षेत्रबाट गरिनुपर्ने पहलका बारेमा बोल्नुभएको थियो । 






सुनको मूल्यमा बृधि


काठमाडौं । आज सुनचाँदीको बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २३० तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु


झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेको छ ।

उहाँका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएका थिए । सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।

एसईईका विद्यार्थीहरुका लागि SEE Offer सहितको निःशुल्क सिम “नेपाल टेलिकम”

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर (SEE Offer) सहितको निःशुल्क सिम (SEE Student SIM) उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र (Admit Card) वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि Student Registration Pack प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त Student Registration Pack बाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा Bonus On Recharge Pack समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा Student Registration Pack उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र Student Registration Pack अनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ ।

रगतको निःशुल्क सेवा दिने


पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएका छन् । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएका छन् ।

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाअध्यक्ष साह कानुले बताउनुभयो । उहाँका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख बजेट छुट्याएको छ । वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री देउवालाई बुझाउँदै

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिने एक नेताले बताए ।

बजेट पेश गर्ने अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि शर्माले असार २२ गते देखी पदबाट राजीनामा दिएका थिए ।
सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिले निष्कर्ष निकालेपछि शर्मा पुनः मन्त्रालय फर्कन लागेका हुन् ।

महिला हिंसा न्यूनीकरणका लागि सांस्कृतिक आन्दोलनको जरुरी छ “सभापति पोखरेल” बक्ताहरुको ध्यान सर्वोच्चको पेसीमा केन्द्रित

काठमाडौ । संसदीय कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले महिला हिंसा न्यूनीकरणका लागि सांसकृतिक आन्दोलनको जरुरी भएको बताउनुभयो ।

संसदीय कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल

आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा महिला हिंसा र कानुनी उपचारमा देखिएका चुनौती विषयक कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जति कानुन, नीति नियम बनोस् सोचाईंमा परिवर्तन र सांस्कृतिक आन्दोलनबाट विकृत्त सामाजिक मूल्य मान्यतालाई नतोडेसम्म महिला हिंसा रोकिँदैन त्यसैले आम समाजले विकृत्त र महिला विरोधी सोचाईं त्याग्नु पर्छ ।’
समाजमा महिला विरुद्धको सोचाईंका कारण आजको २१ औं शताब्दीसम्म पनि नेपाली दिदीबहिनीहरु सुरक्षित नभएको बताउँदै उहाँले हजुरवुवा, काका, गुरु कसैबाट पनि महिला दिदीबहिनी तथा बालिकाहरु सुरक्षित नभएकोमा दुःख व्यक्त गर्नुभयो ।
छोरीविरुद्धको त्रुटीपूर्ण मूल्य मान्यताका जगमा हाम्रो नेपाली समाज रहेको छ । हाम्रो समाज नयाँ युगका प्रवेश गरिसकेकाले ती चुनौतीहरुलाई सामना गर्नेगरी कानुन निर्माण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुक संघीय संरचना अनुसार सञ्चालन भईसकेपछि ०७४ सालमा नयाँ मुलुकी संहिता निर्माण गरिएको र ०७५ भदौ १ गतेदेखि सो संहिता लागू भएको छ, आशा छ यसले महिलाविरुद्धका गतिविधिमा न्यूनीकरण गर्दछ ।’
उहाँले नेपालको संविधानमै पैत्तिक सम्पत्तिमा छोरीलाई पनि अंश पाउने व्यवस्था गरेका बताउनुभयो । तर, त्यसको पूर्ण पालना नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हजारमा एकले त पाए होलान् तर अन्य छोरीले अंश पाउन सकेका छैनन् ।’
नेपाली समाजमा छोरीप्रति हेयभाव रहेकोप्रति उद्दत गर्दै सभापति पोखरेलले हस्पिटलमा छोरी जन्माइन् भने ती आमा रुन्छिन् उनी रुनुको कारण भने छोरी जन्माएर होइन, छोरी जन्मिएपछि उनले यो समाजमा पाउने उत्पीडनको अभिव्यक्ति भएको हो भन्नुभयो ।
समाजमा आजपनि छोराले मात्र पाल्ने र टार्ने सम्मको मात्र नभएर भूतमा समेत विश्वास गर्ने समाजको रुपान्तरण नहुन्जेल महिला हिंसा नरोकिने उहाँको भनाई छ ।
नेपाली समाजमा कानुन निर्माणहरु नहुन्जे धर्मशास्त्रहरुबाटै समाज सञ्चालन भईरहेको समयमा बरु महिलाहरु बढी सम्मानित र सुरक्षित रहेको भनाई राख्नुभयो ।
धर्मशास्त्र अनुसार जुन घरमा स्त्रीको पुजा गरिन्छ, त्यो घर पवित्र हुन्छ भन्ने विश्वास छ । विद्याकी देवी सरस्वती, धनकी देवी लक्ष्मी यी सबै विश्वासलाई हेर्दा आदिमकालमा महिलाहरु त्यति कमजोर हुन्थ्यो जस्तो मलाई लाग्दैन । तर, जहिलेबाट लिखित धर्मशास्त्रहरु तयार भए त्यतिबेलादेखि महिलालाई महिला भनेको बस्तु हुन्, महिला सेवक हुन् भन्ने व्याख्या गरियो उहाँको भनाई थियो ।
२००९ सालमा नागरिकतासम्बन्धी नेपालमा पहिलो ऐन बनेको थियो । त्यो ऐनमा नेपाली केटा भोटमा गएर भोटेनीसँग विवाह गरेर छोरा पाएमा नेपाली हुने, छोरी पाए भोटेनी हुने बन्ने चलन थियो । केही समय अघि मात्र चेलीहरुलाई ११ वर्षमा विवाह गर्ने उमेर तोकिएको थियो, ११ वर्षमा छोरीको विवाह गर्दा उसको शारीरिक तथा मानसिक विकास कस्तो थियो होला रु त्यो कल्पना बाहिरको कुरा हो ।
वालविवाह, सति प्रथा लगायतका महिलाविरुद्धका हिंसा अत्याधिक थियो । नेपालमा मात्र होइन अमेरिका, बेलायतलगायत विश्वमै महिला विरुद्धका कार्यहरु हुँदै आईरहेका बताउनुभयो । आजपनि अरेवियन कन्ट्रीहरुमा महिलाले सवारी साधन चलाउने लाइसेन्स पाउन सकेका छैनन्, विदेशमा एक्लै पढ्न जान सक्ने अवस्था छैन ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण विडारीले महिलालाई चित्त दुखाउने गरी कुनै काम गर्नु नहुने बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘महिलाको चित्त दुखाउने काम घरेलु हिंसाबाट हुने हुँदा सासुले बुहारीलाई, बुहारीले सासुलाई हिंसा गरिरहेको हुन्छ, त्यसो गर्नु भएन ।’


कार्यक्रममा महिला अधिकारकर्मी देशमाया लामाले महिलामाथि २०७६ पुस २२ गते एक युवतीमाथि बलात्कार पछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई सेटिङ्गमा उन्मुक्ति दिन खोजेको भन्दै नुवाकोटका पशुपति मैनालीले एक बिवाहित महिलालाई तेरो छोरो मार्छु भन्दै बलात्कारमात्रै गरेनन पीडितलाई भिडियो बनाएको छु भन्दै धम्काएर पटकपटक बलात्कार गरे पीडितले सहन नसकी उजुरी गरिन काठमाडौ जिल्ला अदालतका माननिय केशव बास्तोलाले जेल पठाएका बलात्कारि लाई उच्च अदालतले उन्मुक्ति दियो त्यो मुद्दा सर्वोच्चमा चलिरहेको छ।जेलबाट फोन गर्दै तलाइ मार्छु म सग पावर छ भन्ने बलात्कारि मैनाली जेल छुटेपछी ती पीडित महिला भागी भागी हिडेकी छ्न।सर्वोच्चमा पेसि नै सधैं अन्तिम अन्तिममा आउँछ यो घटनालाई गम्भीरतापूर्वक हेर्नलगाइ माननीय सभापति ज्युले न्याय का निम्ति पहल गरिदिन लामाको आग्रह थियो । उनले यस्ता खाले घटना प्रति कडा आपत्ति जनाउँदै घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको भागिदार बनाउन जोडदार माग गर्नुभयो ।
बलात्कार गरी हत्या जस्तो गम्भीर अपराधमा डाक्टर लगायत प्रहरीहरुले समेत महत्वपूर्ण भूमिका खेल्न नसकेको प्रति आपत्ति जनाउँदै युवतीलाई न्याय दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता स्वागत नेपाल, पुर्व वरिष्ठ प्रहरी उपरीक्षक प्रदिपकुमार श्रेष्ठ नेपाल पत्रकार महासंघका सचिव हेम कर्ण विक लगायतले महिला हिंसाको विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा कार्यक्रमका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले गर्नुभएको थियो ।कार्यक्रममा पत्रकार महासघका कार्यवाहक महासचिव समेत रहनुभएका चौलागाईंले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की ज्युले थालेका पहलकदमीले जनतामा आशा जगाएको सन्दर्भ बताउदै अदालत न्यायको मन्दिर हो यसको मर्म अनुसार कामु प्रधानन्यायाधीशले थाल्नु भएका सबै अभियानमा साथ दिए मात्रै जनताले खोजेको न्यायलय भित्रको सुशासन सम्भब हुनसक्छ चौलागाईंले बताउनुभयो ।


कार्यक्रममा हिंसा पीडितलाई पच्चीस हजारको सहयोग :
कार्यक्रममा अस्ट्रेलिया बस्ने भावना भेटवालले महिला हिंसामा परेकी एक पीडित महिलालाई पच्चीस हजारको चेक मार्फत सहयोग गरेकी थिइन।
समाजसेवी भावना कि धनी भेटवालले यस अघि पनि यस्ता मानवीय सेवामा आफुलाइ समर्पित गर्दै आइरहेको बताउदै सभापति पोखरेल अनि पुर्व सभापति बिडारी लाई सहयोगको चेक हस्तान्तरण गरेकी थिइन सो चेक लगतै पीडितलाई हस्तान्तरण गर्दिन संचार केन्द्र समक्ष दिइएको थियो।कार्यक्रममा समाजसेवी भेटवाललाइ सम्मान पनि गरिएको थियो।

कार्यक्रममा समाजसेवी भावना भेटवाललाइ सम्मान गर्दै कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल

एकिकृत समाजवदीका अध्यक्ष नेपाल डोटीमा ९० वर्षीय देखि २० वर्ष उमेरकाले रोजे समाजवादी

डोटी । नेकपा एकिकृत समाजबादीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले अब समाजबादको यात्रा बाट नै सबै खालको निकास निस्कने भएकोले नेकपा समाजवादीको संगठन बिस्तारमा जुटन डोटी जिल्ला पुग्नुभएका अध्यक्ष नेपालले भेला भएका अगुवा कार्यकतालाइ सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

श्रवण १४ गते का दिन डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब जनता सचेत भैसकेकाले भ्रष्टाचार नियन्त्रण गर्न र जनमुखी शासनका निम्ति पनि आगामी निर्वाचनमा सबैतिर समाजवादीले जित्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यकर्ता भेलालाई पोलिटिकल ब्यूरो सदस्य पुर्व मन्त्री. प्रेम आले, प्रदेश अध्यक्ष. हर्क बहादुर सिंह, केन्द्रिय सदस्य क.पूर्णा जोशी, केन्द्रिय सदस्य क.सीता रायमाझी सहितले सम्बोधन गर्नुभएको कार्यकर्ता भेलामा हजारौंको सख्यामा उपस्थिति रहेको थियो।

९० वर्षीय भीम बहादुर माझी र २० वर्षिय शीला थापा मगर उमेर सम्मका २६३जनाले नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए पार्टीमा प्रवेश गरेका सबैलाई अध्यक्ष नेपालले टीका लागाएर भित्र्याउनु भएको भियो।

कार्यक्रम जिल्ला अध्यक्ष दीर्घ राज बोगटीको अध्यक्षतामा भएको कार्यक्रम सचिब गोरखा बहादुर सार्की ले सन्चालन गर्नुभएको थियो।