लुम्‍बिनीमा राष्‍ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

काठमाडौं । लुम्‍बिनी प्रदेशमा रिक्त राष्‍ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्‍मेदवार दृगनारायण पाण्‍डे विजयी भएका छन् । कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

८ लाख डोज खोप ल्याउन वायुसेवा निगमको आज राती बेइजिङ जाँदै

काठमाडौँ । नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ८ लाख डोज खोप नेपाल ल्याउनको लागि बेइजिङ जाने तयारीमा रहेका छन् ।

चिनियाँ सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज खोप नेपाल ल्याउनको लागि नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्न लागेका हुन् ।

उक्त चार्टड बेइजिङबाट भ्याक्सिन लिई भोली (जुन १) १० बजे नेपालको लागि प्रस्थान गर्ने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरण राज शर्माले २६ मे मा नेपाल र चीनका राष्ट्रपतिहरू बिच खोपबारे टेलिफोन संवाद पश्चात आज खोप ल्याउन जाने तयारी भएको हो ।
राष्ट्रपति सँग कुरा गर्दै चीनका समकक्षीले तत्काल १० लाख डोज खोप प्रदान गर्ने जनाएका थिए ।

प्रवक्ता शर्माका अनुसार चीन सरकारले अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको तीन हजार पाँच सय सिलिन्डर मध्ये एक हजार पाँच सय थान अक्सिजन सिलिन्डर ३१ मे(भोलि) केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुने तयारी रहेको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूले प्रदान गर्ने सहयोग जारी छ । प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता शर्माका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू आठ सय थान अक्सिजन सिलण्डर, दुई थान आइसियु बेड, ५ थान भेन्टिलेटर,१० थान कन्सन्ट्रेटर, १५ हजार थान एन्टिजेन किट ३० मे मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको छ।

त्यसैगरी चीन सरकारले ५ मिलियन आर.एम.बी. अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाईजर, १० थान डिआर मेसिन, २०थान पोर्टेवल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्रीहरू आज मे ३० मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको प्रवक्ता शर्माले जनाएका छन् ।

अस्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामग्री बोकी अस्ट्रेलियन डिफेन्स फोर्सको जहाज यही ४ जुन २०२१ मा नेपाल आउने तथा उक्त सहायता सामग्री नेपाली सेनालाई हस्तान्तरण गराइने जानकारी काठमाण्डौंस्थित अस्ट्रेलियन राजदूतावासमार्फत प्राप्त भएको छ। थाईलैण्ड सरकारको तर्फबाट ९ वटा, थाइ मोनास्ट्रि लुम्बिनी का तर्फबाट ३३ वटा र भेरापुन्चोक फाउन्डेसन का तर्फबाट ४ वटा गरी जम्मा ४६ वटा अक्सिजन कन्सन्ट्रेटरहरु गत २८ मे २०२१ मा काठमाण्डौस्थित थाई राजदूतबाट त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ।

कृषिमा राम्रो बजेट, ४५ अर्ब ९ करोड विनियोजन

काठमाडौँ। आर्थिक वर्ष २०७८–७९ मा कृषिमा अहिले सम्मकै राम्रो बजेट विनियोयजन भएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले हिजो (जेठ १५ गते) बजेट भाषण मार्फत कृषिमा ४५ अर्ब ९ करोडको रकम विनियोजन गरेको जनाएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा करिब चार अर्बले बढी हो । अर्थात चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले करिब ४१ अर्बको बजेटलाई परिचालन गरेको छ ।

आगामी आर्थिक वर्षको कृषि तर्फको बजटमा पनि रासायनीक मल तर्फ सबैभन्दा बढी रकम विनियोजन गरिएको छ । रासायनिक मल खरिदको लागि कुल १२ अर्बको रकम विनियोजित भएको हो । चालु आर्थिक वर्षको तुलनमा एक अर्ब मल खरिदमा मूल्य वृद्धि गरिएको छ । चालु आर्थिक वर्षमा ११ अर्बको रकम रासायनिक मलको लागि तोकिएको थियो ।

यसरी नै रासायनिक अभावको आपुर्ति सुनिश्चित तथा तीन वर्षभित्र नेपालमौ मल कारखानाको स्थापना गरिने महत्कांक्षी योजना पनि बजेटमा प्रस्तुत छ । कारखाना स्थापनाको अध्ययनका लागि पनि बजेट छुट्याएको छ ।

भने, मल प्रारंगारिक मलतर्फ जैविक विषादी कारखाना स्थापनाका लागि इच्छुक नीजि क्षेत्रलाई ५० प्रतिशतसम्मको सहुलियत पुर्ण कर्जा दिइने भएको छ । भण्डारण सहितको कृषि उपज प्रशोधन केन्द्र स्थापना हुनेछ । इलाममा अलैची, मकवानपुरमा तरकारी, सल्यानमा अदुवा तथा जुम्लामा स्याउका औधोगिक कृषि बजारीकरणको सम्भाव्यता अध्ययन पनि हुने देखिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरणमा करिब सात अर्बको बजेट

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजनाको लागि करिब सात अर्ब ८९ रकम विनियोजन भएको छ । आयोजनको प्रभावकारिताको लागि पुनरावालोकन समेत हुने भएको छ भने, आयोजना क्षेत्रमा कृषकलाई प्रविधिक सहयोगका लागि कृषि विषयमा अध्ययनरत तीन सय विद्यार्थीलाई इन्र्टनको रुपमा खाटिइने भएको छ । अनुदानतर्फ नै उत्पादनमुखी अनुदानमा आगामी बजेट केन्द्रित हुने जानकारी अर्थ मन्त्री विष्णु पौडेलले दिए । त्यस्तै, कृषि योग्य जमिनको चक्ला बन्दी पनि गरिनेछ भएको छ । रबर खेती प्रवर्दनका लागि रबर जोन सैचालनमा ल्याइने भएको छ भने, मत्क्ष्य, कृषिका बाली, पुशपन्छी लागि ७१ जोन पनि आयोजना अन्र्तगत थपिएको छ ।

बाँझो जमिन नीजि क्षेत्रलाई लिजमा दिइने निर्णय पनि भएको छ । पहाडी क्षेत्र नुवाकोट, बैतडी, भोजपुरमा फलफूल र हिमाली क्षेत्रमा मनाङ, मुस्ताङ क्षेत्रमा व्यवयासिक पशुपालनका लासगि नीजि क्षेत्रलाई प्रोत्साहन पनि गरिने भएको छ । कृषियोग्य भुमिको वर्गिकरण गरि भौगोलिक तथा मौसमी अनुकुलताको आधारमा बाली लगाउनको लागि प्रोत्साहन गरिनेछ । माटो परीक्षणको लागि प्रयोगशालाको क्षमता अभिवृद्धि गरी डिजिटल सोइल म्यापिङलाई पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पनि बजेटमा अघि सरेको छ ।

इजाजत प्राप्त बीउ खरिदमा ५० प्रतिशतको अनुदान
इजाजजत प्राप्त बीउ बिक्रेताका बीउ खरिद तथा रोपण गर्ने कृषकलाई बीउमा ५० प्रतिशतको अनुदान पनि आर्थिक वर्ष २०७८–७९ मा व्यवस्था गरिएको छ ।

कृषि यान्त्रिकरण तथा प्रविधि अस्पष्ट नीति
कृषि यान्त्रिकरणको लागि कृषि औजार, उपकरणका पार्टपुर्जामा दिएको कर महसुल छुटको दायरा वृद्धि भएको अस्पष्ट रुपमा कति कर–कटौती भए वा सहयोग कतिले वृद्धि भने देखिएको छैन ।
मध्य तथा उच्च प्रविधियुक्त बहुउद्देश्य नर्सरी स्थापनाका तथा ५० लाख फलफूलका विरुवा उत्पादन गरिने योजना पनि रहेको छ । भने राजमार्ग किनारामा बाँझो, साझा तथा नदी उकासबाट प्राप्त जग्गामा पनि फलफूल, नगदे बाली उत्पादनमा स्थानीय तहलाई प्रोत्साहान गरिनेछ बजेटमा उल्लेखित छ । स्थानीय तहमा दुई सय खाद्य भण्डार केन्द्र, ८९ शीत कक्ष र शीत भण्डारको स्थापना हुनेछन् ।

अनुदानतर्फ

न्युनत समर्थन मुल्यका धान, गँहु जस्ता कृषि उपज खाद्य व्यवस्था तथा कृषि सहकारी मार्फत गरिने भएको छ । खाद्य भण्डारको बीमा प्रिमियममा ५० प्रतिशतको अनुदान दिइने भएको छ । उखु मिलमा ब्रिकी हुने उखुको लागि ८४ करोड अनुदान छुटिएको छ । कृषि उत्पादन ढुवानी गर्न कृषि राजमार्ग निमार्ण गर्न स्थानीय तहमा सहकारीलाई ५० प्रतिशतको पुँजीगत लगानीको पनि व्यवस्था रहेको छ ।
सहुलियत पुर्ण कर्जाको लागि सात अर्ब ६० करोड छुट्याइएको छ । कृषि तथा पुश बीमाको लागि वस्तु र बालीमा बीमाको प्रिमियम ५० प्रतिशतलाई निरन्तरता दिएको छ ।

उच्च तापमानयुक्त दुध प्रशोधन का तथा धुलो दुध कारखाना स्थापना गरिने योजना पनि बजेटमा प्रस्तुत छ । जसको लागि ३५ प्रतिशतसम्मको लागि अनुदान तर्जुमा गरिएको छ । मनाङ मुस्ताङलाई व्यावासायिक स्याउ खेती तथा सोलुखुम्बु, जाजरकोटमा मिसन ओखर ५० प्रतिशत अनुदानमा संचालन हुने भएको छ ।
विविध
सिन्धीखर्क, मेचीगर गरी १७ स्थानमा कृषि थोक बजारको स्थापनास्थापना गरिनेछ भएको छ ।
उपत्यकामस्थित चोभारको फलफूल तथा तरकारी बजारमा संचालन हुनेछ ।

किसानले यर्थाथ सुचना तथा मुल्य दिनको र विचौलियाले खाने अत्याधिक मुल्यमा कमी गरिनेछ योजना पनि बजेटमा प्रस्तावित छ । कृषि उपजको मूल्य, मौसम, प्रविधि, बजारको सम्बन्धी कृषि सञ्चारबाट गरिने पनि मन्त्री पौडेले बताए ।

दुई वर्षभित्र दुध तथा तरकारी र तीन वर्षमा गँहु मकै, कोदो ,फापरमा आत्मनिर्भर भने पाँच वर्षमा चालममा आत्मनिर्भर योजना पनि बजेटमा अघि सारिएको छ ।
भोजपुर, काभ्रे, दाङ डडलेधुरा गरी १० जिल्लामा व्यवासयिक कागती खेती गरिने छ । कृतिम गर्भाधारण निस्शुल्क सेवामा पर्न गएको छ भने, पशुपन्छीका लागि खोपमा निर्माणमा आत्मनिर्भरतामा लागिने पनि योजना रहेको छ । साथै, पशु स्वास्थ सुधारका लागि आवश्यक योजना पनि बनेको उनले बताए ।

आधुनिक प्राविधि युक्त ‘सेन्टर अफ एक्सेलेन्स’ को लागि चितवनको चन्दडाँगी र सर्लाहीको नवलपुरका कृषि फार्मलाई दुई वर्ष भित्र विकसित गरिने भएको छ ।

खाद्य र पोषणको प्रयोग पिछडिएका तथा सिमान्तकृतमा भोकमरी अन्त्यको योजना पनि सरकारले राखेको छ । यसपटक मन्त्रालयका सचिब योगेन्द्र कुमार कार्की ले ठुलो बजेट ल्याउन भुमिका खेलेको कृषिका एक उपसचिवले सम्पत्ति न्युज लाई बताए ।

कुन करमा कति छुट हुने भो? दायरा कसरी बढाइयो

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै कर तथा राजश्वका दरहरुमा छुट तथा सहुलियतको घोषणा गरेका छन् । 

उनले कर तथा राजश्वको दायरामा समेत विस्तार गरेका छन् । 

उनले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरू निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकूल अवस्थामा करदातालाई राहत एवम् सहुलियत सहित  शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिइएको बताएका छन् । 

कोभिड १९ महामारीबाट प्रभावित उद्योग, व्यवसायलाई कर छुट तथा सहुलियत उपलब्ध गराउने, राजस्व नीतिको माध्यमबाट आन्तरिक तथा वाह्य लगानी प्रवर्द्धन र स्वदेशी उद्योगको संरक्षण एवम् व्यापार सहजीकरण गर्ने, करको दायरा विस्तार, कराधार संरक्षण र राजस्व चुहावट नियन्त्रणको माध्यमबाट थप राजस्व परिचालन गर्ने बजेटको उद्देश्य रहेको उनले प्रष्ट्याए । 

उनका अनुसार राजस्व प्रणालीलाई थप प्रगतिशील, स्वच्छ, पारदर्शी, स्वचालित र अनुमानयोग्य बनाउन, राजस्व प्रशासनको दक्षता वृद्धि,  पूर्वाधार विकास एवम् सूचना प्रविधिको अधिकतम उपयोगबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्नका लागि पनि कर तथा राजश्व छुट तथा केही दरहरु परिवर्तन गरिएका हुन् । 

सरकारले कर तथा राजश्वमा दिएको छुट र सहुलियतहरु यसप्रकार छन्:

  • आर्थिक वर्ष २०७7/७8 को आयमा वार्षिक 20 लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई 90 प्रतिशत, वार्षिक 20 लाख रुपैयाँदेखि 50 लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई 75 प्रतिशत र वार्षिक 50 लाखदेखि 1 करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई 50 प्रतिशतले आयकर छुट दिने व्यवस्था मिलाएको छु।
  • कोभिड- 19 बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्‍चार गृहको करयोग्य आयमा 1 प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर 10 वर्ष पुर्‍याएको छु।
  • कम्पनी ऐन, 2063 तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, 2014 अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छु।
  • आयकर ऐन, 2058,  मूल्य अभिवृद्धि कर ऐन, 2052 र अन्त:शुल्क ऐन, 2058 बमोजिम 2077 साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झुट्टा तथा नक्‍कली विजक बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको व्याजको 50 प्रतिशत रकम 2078 मंसीर मसान्तसम्म बुझाएमा बाँकी व्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था मिलाएको छु।
  • आयकर ऐन, 2058, मूल्य अभिवृद्धि कर ऐन, 2052 र अन्त:शुल्क ऐन, 2058 बमोजिम बक्यौता रहेको 2076 असार मसान्तसम्मको कर रकम र सोमा लागेको व्याज 2078 पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरेको छु।
  • आर्थिक वर्ष 2077/78 मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोभिड- 19 संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरेको छु।
  • आर्थिक वर्ष 2077/78 मा व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड- 19 को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था मिलाएको छु।
  • निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप 25 प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको छु।
  •  करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई-लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिएको छु।
  •  वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद 2078 चैत्र मसान्तसम्म बढाएको छु। 
  • अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जीवनदायक सामग्री र औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसूल, मूल्य अभिवृद्धि कर र अन्त:शुल्क 2078 पुस मसान्तसम्म छुट दिएको छु।
  • विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छु। 
  • इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर 1 प्रतिशत कायम गरेको छु। रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छु। 
  • शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल 50 प्रतिशत घटाएको छु।

यस्तै, सरकारले करको दायरा पनि विस्तार गरेको छ । जुन यसप्रकार छ:

  • मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छु। भन्सार महसूलका दरहरुमा सामान्य समायोजन गरेको छु। मदिरा,  वियर,  वाइन,  चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्त:शुल्क वृद्धि गरेको छु। 
  •  छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइनेछ। मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश: अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइनेछ। 
  • साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा रु. 20 लाखबाट रु. 30 लाख पुर्‍याएको छु। कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा रु. 50 लाखबाट रु. 1 करोड पुर्‍याएको छु। सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरेको छु।
  • डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यानटुपे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको 10 प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिनेछ। 
  • औद्योगिक संरक्षण तथा लगानी प्रवर्द्धन
  •  स्वदेशी उद्योगको संरक्षणका लागि औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तिमा 1 तह कम हुने व्यवस्था मिलाएको छु। आन्तरिक उत्पादनका केही वस्तुमा लाग्दै आएको अन्त:शुल्क हटाएको छु।
  •  चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छु। नेपालमा दर्ता भएका सिपिङ्ग कम्पनीले कन्टेनर आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको छु। 
  •  कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा 50 प्रतिशत छुट दिएको छु। सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा 50 प्रतिशत छुट दिएको छु।
  • कोभिड महामारीपछिको आर्थिक पुनरूत्थानलाई तीब्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमुलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर 5 वर्षभित्र 15 प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष 1 प्रतिशत विन्दूले घटाउँदै जाने नीति अवलम्बन गरिनेछ। 
  • स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले 5 वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिएको छु। निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा 5 वटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय रु. 1 लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु।
  • स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा 20 प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा 10 प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाएको छु।
  • बैंकहरूले विदेशी वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाएको छु। सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरेको छु।
  • वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पहिलो 3 वर्षसम्म लाग्ने आयकरको 50 प्रतिशत र थप 2 वर्षसम्म 25 प्रतिशत छुट हुने व्यवस्था गरेको छु।
  • औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्‍चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरू भएको 3 वर्षसम्म आयकरमा 50 प्रतिशत र त्यसपछिको 5 वर्षसम्म 25 प्रतिशत छुट दिने व्यवस्था गरेको छु।

आइतबार मात्रै आधादर्जन बढी देशबाट भित्रीय स्वास्थ्य सामाग्री

काठमाडौँ । कोभिड विरुद्धको लडाईमा नेपाललाई विभिन्न देशहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । यसैबीच आइतबारमात्रै आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक हजार अक्सिजन नासल क्यानुला, एक लाख दश हजार थान केएन ९५ मास्क, विभिन्न साइजका ५० हजार थान ग्लोब, १५ हजार प्रोटेक्टिभ सुट नेपाल आएको छ ।

त्यसैगरी चीनको तिब्बत सरकारले प्रदान गरेको पहिलो किस्ता अन्तर्गतको एक सय ५० थान तरल अक्सिजन सिलिन्डर(३) हजार तरल अक्सिजन) हिजो २२ मे मा तातोपानी नाकामा नेपाली पक्षले बुझिलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् । शर्माका अनुसार इयुबाट सिभिल प्रोटेक्सन मेकानिजम् अन्तर्गत फिनल्यान्डबाट २२ लाख फेस मास्क, तीन लाख ५० हजार एफ.एफ.पी.टु मास्क, ५२ हजार पाँच सय जोर भिनाइल ग्लोब र ३० हजार आइसोलेसन गाउन प्राप्त भएका छन् । यस्तै फ्रान्सबाट १४ थान भेन्टिलेटर, २० हजार एन्टिजेन टेस्ट किट र पाँच लाख के.एन.९५ मास्क प्राप्त भएको छ ।

यसैगरी जर्मनीबाट ६२ थान भेन्टिलेटर, २७ हजार पाँच सय एफ.एफ.पी.टु मास्क, ३० हजार सर्किजल मास्क, १०० थान गम बुट(मोजा सहित), २०० बढी ब्याग, आइसोलेसन टेन्ट ५ गोटा र २५ हजार लिटर स्यानिटाइजर प्राप्त भएको छ । बेल्जियमबाट एक लाख सर्किजल मास्क र दुई हजार नासल क्यानुला रहेको छ भने चीनको युनान प्रान्तले नेपाललाई एक लाख थान सर्किजल मास्क, ४८ हजार थान एन ९५ मास्क र तीन हजार आठ सय २० थान पी।पी।ई। प्रदान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई एक हजार पाँच सय थान अक्सिजन सिलिन्डरहरू मे महिनाको अन्त्यसम्ममा रसुवागढी नाकामा हस्तान्तरण गरिने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालले हाल सामना गरिरहेको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सन्दर्भमा मेडिकल सहायताको लागि अनुरोध गर्दै गत २०७८ जेठ २ मा राष्ट्रपतिज्यू विद्यादेवी भण्डारीले थाइल्यान्डका राजालाई सम्बोधन गर्दै पत्र पठाएकी छिन् । नेपालको अनुरोधलाई स्विकार्दै थाइल्यान्डका राजा, रानी तथा राजकुमारीका तर्फबाट नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान हुने अटोम्याटिक अक्सिजन कन्सन्ट्रेटर, पिपई, सर्किजल मास्क, एन्टिजेन टेस्ट किट लगायतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरू लिई रोयल थाई फोर्सको एक विशेष विमान यही २८ मे २०२१ मा नेपाल आउने भएको जनाइएको छ।

यस्तै भारतबाट तरल अक्सिजनको सहज आपूर्तिका लागि क्रायोजेनिक एवम् अन्य अक्सिजन ट्याङ्करहरू उपलब्ध गराइदिन भारतीय पक्षलाई अनुरोध गरिएकोमा उत्तर प्रदेश सरकारको आदेशबाट डी.एन्ड.टी. ट्रेडर्स, गाजियबाद मार्फत नेपाललाई तत्काल दुई थान ट्याङ्कर उपलब्ध गराउन अनुमति प्रदान भएको जनाइएको छ।

पछिल्लो २४ घण्टामा ८,५२० जनामा कोरोना, २०३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ५२० जनालाई संक्रमण पुष्टि भएको हो।
जसमध्ये ८ हजार ४६७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
आज २०३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ हजार ६६० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार १५३ रहेको छ। हालसम्म ३ लाख २७ हजार ६५३ जना संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौंःअर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन्।

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।
२०७८ वैशाख ३१ गते प्रकाशित

मन्त्रिमण्डल विस्तार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री हुनुहुन्छ । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

भोलीदेखि बिमाका सम्पूर्ण शाखा बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा बीमा कम्पनीका सबै शाखाहरु भोलि (वैशाख ३० गते, बिहीबार) देखि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र बीमा समितिले दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुका कर्पोरेट कार्यालयबाहेक सम्पूर्ण शाखाहरू जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् ।

यसैगरी, केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गरिने भएको हो । बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न बीमा समितिले निर्देशन दिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नुपर्ने छ ।
२०७८ वैशाख २९ गते प्रकाशित ।

कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

काठमाडौं । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) केही समय सनराइज बैंकमा पनि सिइओ भएका थिए ।
उनी एक हप्तादेखि अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा ठूलो समस्या देखिएपछि उनलाई भेन्टिलेटरको आवश्यकता परेको थियो ।
अन्य अस्पतालहरुमा भेन्टिलेटर खोज्दाखोज्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि हिजो मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण नै निधन भएको थियो । श्रेष्ठको श्रीमती र छोरी नयाँ दिल्लीमा छन् ।

इसेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर, कोभिडका सामान निशुल्क डेलिभरी

काठमाडौँ । ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।
बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

कोरोना संक्रमण तिब्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ ।
यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैंयामा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैंयामा, सर्जिकल मास्क ५ रुपैंयामा, के ९५ मास्क १५ रुपैंयामा, कोरियन मास्क ३५ रुपैंयामा, फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । त्यसै गरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैंया, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रुपैंयाका साथै थर्मल गन ९९९ रुपैंयामा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ ।
गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ । २०७८ वैशाख २९ गते प्रकाशित ।

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।
केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ ।

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ । भारतमा हाल ३७ लाख ४ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा करिब ११ हजारले कमी हो । हालसम्म एक करोड ९३ लाख ८२ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् । कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड ५० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोभिडको हालसम्म ३० करोड ७५ लाख नमुना परीक्षण गरिएको जनाएको छ ।

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ । त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ । युरोप र उत्तर अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अभियान तिब्र पारिएसँगै कोरोनाभाइरसको संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ ।

टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

काठमाडौँ । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडाँैंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।

पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताउनुभयो । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन् ।

यसैबीच काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भिरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।