रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

काठमाडौँ-सहसचिव रामेश्वर दंगाललाई सरकारले जागीरे जीवनको २२औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।

सिफारिस नाम मध्य सहसचिव रामेश्वर दंगाललाई सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।

दङगालले २०५६ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

२०६३ सालमा उपसचिव हुदै २०६९ सालमा सह-सचिब पास गर्नुभएका दङ्गाल धनकुटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकाका साथै प्रधानमन्त्री कार्यालय देखि वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुखको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

२०७२ सालको बिनाशकारी भुकम्पका बेला उहाँ गृह मन्त्रालयको बिपत ब्यबस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गराएकाे छ ।

त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब दङ्गाल गण्डकी प्रदेशको अर्थ सचिबको भुमिका साथै सङ्घिय अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको जिम्मेवारीमा रहदै गर्दा २०७८ माघ १७ गते सचिबमा बढुवा हुनुभएको हो ।

सचिब दङ्गालले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।

४३ बर्षकाे उमेरमा सचिवमा बढुवा भएका प्रदेश न २ का प्रमुख सचिव कृष्णबहादुर राउत तथा ४८ बर्षकाे उमेरमा सचिवमा बढुवा भएका रामेश्वर दंगाल अहिले सम्मकै सबैभन्दा कान्छा सचिवको रुपमा रहेका छन् ।

उनीहरु आफ्नो सेवाकालको १०-१२ वर्ष बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा आसिन भएका छन् ।

सचिव कार्यकालकाे ५ बर्ष सकिदा यि दुबै जना सचिव उमेरकाे हदले जागिरे जिवन बाकी हुदै अवकास पाउने कर्मचारीमा पर्ने भएका छन् ।

रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

काठमाडौं-त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आफ्ना स्थगित भएका परीक्षा फागुनमा गर्ने भएको छ ।

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने गरी त्रिविले तयारी सुरु गरेको जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल भईरहेको र २० गतेभित्रै निर्णयमा पुगिने जानकारी दिए ।

उनले अहिले परिक्षा तालिका सहितको सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं ।’

आइतबार कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनले बताए ।

कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।

निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ ।

कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उहाँको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ ।

विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ ।

निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो ।

निकुञ्जले एक जना कर्मचारी र आवश्यक सहयोग मात्रै गरेको हो ।

उहाँले भन्नुभयो, “अहिले क्यामेरा मर्मत र तार जडानको काम भइरहेको छ । अझै केही क्यामेरा मर्मत हुन बाँकी छ ।”

क्यामेरा मर्मत भएसँगै निकुञ्जका संवेदनशील स्थान सबै समेट्न सकिने उहाँले जानकारी दिनुभयो ।

चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो ।

ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ ।

आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

काठमाडौं-नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा १७ जनाको आवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा खुलाएको आवेदनमा १७ जना आकाङ्क्षीले निवेदन दिएका हुन् ।

२४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, सक्तारुढ कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।

आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक रहेकाे मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा.चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द लगायत पनि रहेकाे स्राेतले बताएकाे छ ।

भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

आवेदक मध्ये अधिकांश नाम तीन वर्षअघि पनि परेका व्यक्तिहरु रहेको मन्त्रालय स्रोतले बताएकाे छ ।

उद्योग विभागमा लामो समय महानिर्देशकका रुपमा रहेर निजामती सेवाबाट सेवानिवृत्त जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएका छन् ।

कार्यकारी पदको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन गर्नेहरुको नामावलीमा उनको नाम एक नम्बरमा छ ।

यस्तै, विशेष आर्थिक क्षेत्र सेजका बहालवाला कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि निगमको कार्यकारीको दौडमा छन् ।

मन्त्रालयले निकालेको आवेदक सूचीमा उनको नाम ११ औं नम्बरमा छ ।

आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं-चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको छ ।

आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

उम्मेद्वारहरुले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा पुनर्योग गर्नको लागि आयोगले निवेदन दिन सक्ने जनाएको छ।

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा हिमालयन बैंकमा जम्मा हुने गरी एक हजार दस्तुर बुझाएको नकल भौचर संलग्न राखी आज अपरान्ह ५ बजेभित्र आयोगमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेसँगै सत्ता गठबन्धन बिच टकराव सुरुभएको भन्ने हल्लाकाबिच भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

सत्ता गठबन्धनबीच एमसीसीका विषयमा चर्को बहस हुँदै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् ।

यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।

देउवा र प्रचण्डबीच भेटवार्ता

रहेनन् नेता डा थापा

रहेनन् नेता डा थापा

नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।

मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो ।

डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

रहेनन् नेता डा थापा

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

बनियानी-झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ ।

जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक-एक जना कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो ।

उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ ।

यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ ।

“विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”

जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

तीमध्ये एक-एक बालक र बालबालिका छन् । कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ ।

तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ ।

जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।

यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ ।

जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ ।

गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्षपछि तीन-चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ ।

”जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ ।

जिल्लामा आव २०७५/०७६ मा २१२ , आव २०७६/०७७ मा १४० र आव २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए ।

यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ ।

यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् ।

जिल्ला कार्यक्रम संयोजक पोखरेलले भन्नुभयो, “कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।

”जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउनुहुन्छ ।

“सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्”, उहाँले भन्नुभयो, “यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।”

छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उहाँले बताउनुभयो ।

कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं. १ मा पहिलो हो ।

झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

काठमाडौँ-मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ ।

तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपुर हेटौँडास्थित ट्याङ्कर क्लीब्रेसन एकाइ (पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर परीक्षण गर्ने) कार्यालय रहेको छ ।

दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् ।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यवसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम हुने गर्दछ ।

साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र मकवानपुर कार्य क्षेत्र रहँदै आएको छ ।

आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक

आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ-लोक सेवा आयोगले विगत २ बर्ष देखी रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शाखा सर्वोच्च अदालतको आदेशमा अधिकृतको नतिजा प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।

आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक

मोहन घिमिरेको अध्यक्षतामा नेकपा एस निकट कर्मचारी संगठन स्थापना

काठमाडौँ-नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना सम्पन्न भएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल नामक नयाँ संगठन स्थापना गरिएको हो ।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरि कार्य हुदै आएकामा समानान्तर कमिटीका नेतृत्व मूलधारमै फर्किएसँगै नयाँ संगठन घोषणा गरिएको बताईएको छ।

शनिवार सम्पन्न विशेष राष्ट्रिय भेलाले निजामति कर्मचारी संगठनको पुर्व अध्यक्ष मोहन घिमिरेको अध्यक्षतामा नयाँ संगठन घोषणा गरेको हो ।

नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।

संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

नेकपा एसले आफ्नो पार्टीमा सरकारी कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको थियो । शनिवारको विशेष राष्ट्रिय भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, श्रम मन्त्री किसान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो ।

नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो ।

कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ ।

संस्थाको कूल पूँजी रु २२ अर्ब बराबर छ ।

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

नेप्सेमा उच्च अंकको वृद्धि: पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेमा उच्च अंकको वृद्धि: पाँच कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ ।

सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई दुई हजार ८८५.५३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ । नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन ।

कूल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर रु ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ४६.९९, व्यापार १४६.३३, होटल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बीमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बीमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६०० बराबर पुगेको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २६ करोड १५ लाख ६१ हजार १३४ बराबरको कारोबार भयो ।

यस्तै, दूरसञ्चार कम्पनी रु २३ करोड ६२ लाख नौ हजार ३०८, एचआइडिसिएल रु २३ करोड तीन लाख ९८ हजार ३७६, अरुण भ्याली हाइड्रोपावर रु २१ करोड ९६ लाख ३६ हजार ५०१ र माथिल्लो तामाकोशी रु १४ करोड ११ लाख ७० हजार ३४१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो ।

त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् ।

यस्तै अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए ।

त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एशिया सेलेक्ट फण्ड २.२३, मेगा म्युचुअल फण्ड एक १.९३, सानिमा लार्ज क्याप फण्ड १.९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

नेप्सेमा उच्च अंकको वृद्धि: पाँच कम्पनीको शेयरमा सर्किट

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न उहाँले जोड दिनुभयो ।

मधेस प्रदेशको राजधानी जनकपुरमा आजदेखि सुरु भएको राष्ट्रिय समाचार समिति (रासस)का पत्रकारको अभिमुखीकरण कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

मन्त्री साहले सरकारी सञ्चारकर्मीले नेपाली मिडियाको आचरणमा सुधारका लागि पनि काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेशका पत्रकारलाई उहाँले रचनात्मक सुझाव आवश्यक भएमा आलोचनात्मकरुपमा पनि लेख्न उहाँले आग्रह गर्नुभयो ।

सो तालिमको उद्घाटन कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मीले सकारात्मक समाचार लेखनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले राससलाई केही सुधार गरेर लानु आवश्यकता रहेको बताउनुभयो ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि सुरु दुईदिने अभिमुखीकरण सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक राई, प्रमुख कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता कृष्ण अधिकारी, कार्यकारी सम्पादक शीतलप्रसाद महतो, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण लगायतको विशेष उपस्थिति छ ।

यस कार्यक्रममा मधेस प्रदेशका आठै जिल्लाका राससका संवाददाताको सहभागिता रहेको छ ।

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव: प्रधानमन्त्री

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो ।

सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राख्नुभयो ।

सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।”

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राख्नुभयो ।

महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहनुभएको थियो ।

कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो ।

सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइयो ।

कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ ।

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव: प्रधानमन्त्री