आइएमई ‘भरोसा कोश’, प्रदेश नं ४ मा वितरण शुरु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

गत हप्ता पौस १० गते शुक्रवार प्रदेश नं ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयूक्त रूपमा आवेदक स्व. सन्तोष लामीछाने का बुवा श्री दोलक राज जैसी लाई चेक हस्तान्तरण गर्नुभएको थियो । आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो । साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।
सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।
आइएमई लिमिटेडका बारेमाः–
आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने ःमन्त्री रावल

काठमाडौँ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताउनुभयो ।

“प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ”, मन्त्री रावलले भन्नुभयो, “हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।” खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उहाँले जिकिर गर्नुभयो

उहाँले भन्नुभयो, “बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकूद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।” लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उहाँको भनाइ थियो ।

उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकूद परिषद्सँग पनि छलफल भएको जनाउनुभयो । मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

सोयाबिनको तेलमा तिलको तेल भनेर लेबल टाँस्ने पक्राउ

काठमाडौं । सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् ।

भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्थे । रि–प्याकिङ गर्दा उनले सोयाबिनको तेललाई ‘तिलको तेल’लेखिएको लेबल टाँसेर महँगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले उनलाई कालोबजारि तथा सामाजिक अपराध गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले
आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यमनको बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

कठमाडौँ । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।

एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।

सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ ।

यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति हादीले बिमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गर्नु भएको छ ।

यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ ।

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।

नेकपा बागमती प्रदेशमा राजनीतिक तमासा

अन्य प्रदेशको तुलनामा पहिले ऐतिहासिक प्रदेशसभा शुरु गरेर देशमा प्रादेशिक संसद्को संघीय व्यवस्था वीजारोपण गर्ने श्रेय पाएको सत्तारूढ नेकपाको बागमती प्रदेश संसदीय दलमा पछिल्लो समय राजनीतिक तमासा देखिएको छ । एक समूहले अर्को समूहमा आबद्ध नेता–सांसदलाई कारबाही गर्ने र त्यसको जवाफ फर्काउने क्रम शुरु भएको हो ।

सोही जवाफस्वरुप नेकपा प्रदेश दलको नेतामा हालका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको अर्को पक्षको दाबी छ । नेकपा बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले ‘पार्टी हितविपरीत काम गरेको’ भन्दै दुई नेतालाई कारबाही गरेपछि आक्रोशित अर्को समूहले जवाफ फर्काएको हो ।
मुख्यमन्त्री पौडेलद्वारा दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरिएको थियो ।
पार्टी मुख्यालयमा बसेको दाहाल–नेपाल समूहको बैठकले संसदीय दलको नेतामा बागमती प्रदेश इन्चार्ज शाक्यलाई चयन गरेको थियो । दलको बैठकले शाक्यलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरेको हो । यो विषय प्रदेशसभा तथा मुख्यमन्त्री पौडेललाई जानकारी गराइने भएको छ ।

बैठकले मुख्यमन्त्री पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता जम्कट्टेल र सचेतक माझीलाई कारबाही गर्दै पदमुक्त गरेपछि दाहाल–नेपाल समूह आक्रामक बनेको हो ।

मुख्यमन्त्री पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका ३० सदस्यलाई २४ घण्टाभित्र जवाफ दिने गरी मंगलबार स्पष्टीकरण सोधेका थिए। शाक्यले बैठकले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतले सोधेको स्पष्टीकरणको जवाफ नदिन सांसदहरुलाई आग्रह गरिएको बताए ।

स्थ्यकर्मी र मआन्दोलनरत स्वान्त्रालयबीच वार्ता हुँदै

काठमाडौँ । आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच वार्ता हुँदैछ । संघर्ष समिति र मन्त्रालयबीच बुधबार तीन घण्टा लामो छलफलमा पहिलो, दोस्रो बुँदामा छलफल भएपनि निष्र्कषमा पुग्न नसक्दा पुनः बिहीबार दिउँसो १ बजे वार्ता सुरु हुने समितिका संयोजक डाक्टर लोचन कार्कीले बताए ।
विभिन्न १८ बुँदे माग राख्दै स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन् । संयुक्त संघर्ष समितिले सरकारले कोभिड लगायत जटिल रोगहरुको उपचार निःशुल्क गर्नुपर्ने मागसँगै देशैभरका अस्पतालहरुमा सेवा सुविधा विस्तार गर्ने, आइसीयू, भेन्टिलेटरलगायत उपकरणहरुको बढाउने लगाएतका माग राख्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

प्रतिनिधि सभा विघटन भयसंगैँ सम्पत्ति रोक्काको माग राख्दै ः प्रचण्ड

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेको छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले बैंकहरुलाई पत्र लेखेर खाता रोक्का गरिदिन आग्रह गरेका हुन्।

दुई अध्यक्षले लेखेको पत्रमा नेकपामा उत्पन्न विवादका कारण उत्पन्न परिस्थितिका कारण अर्को निर्णय नहुदासम्म बैंक खाता बन्द गर्न भनिएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

ुनेकपाको नाममा कति पैसा छ भनेर अझै जानकारी गराइएको छैन। साबिकको दुवै पार्टीका सम्पत्ति एक ठाउँमा पार्ने काम पनि बाँकीनै थियो,ु ती स्थायी कमिटी सदस्यले भने, ुरकम ठूलै अंकमा छ। त्यसैले यसको रोक्का गर्न पत्र पठाउनु स्वभाविक हो।ु

नेकपा विभाजनसँगै नेकपाको सम्पत्तिलाई लिएर दुवै पक्षले –आफ्ना दाबी गरिरहेका छन्। प्रचण्ड–नेपाल पक्षले नेकपाको सम्पत्ति आफ्नो हुने दाबी गरेका छन् भने ओली पक्षीय नेकपाका नेताहरुले पूर्व एमालेको सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिएका छन्।

आफूहरूलाई पेरिस डाँडाँ नचाहिने र धुम्बाराहीमा आउन नपाउने ओली पक्षको तर्क छ। पेरिस डाँडाँमा पूर्व माओवादीको कार्यालय छ भने धुम्बाराही पूर्व एमालेको कार्यालय छ।

एक साताअघि प्रचण्ड–नेपाल पक्षीय नेताहरू बल्खु पुगेर निर्माणाधिन पार्टी कार्यालयको निरीक्षण गरेका थिए। बल्खुमा पूर्व एमालेको पार्टी कार्यालय थियो। २०७२ सालको भुकम्पले क्षति पुर्‍याएपछि पार्टी कार्यालय धुम्बाराहीमा सरेको थियो।

नेकपा गठन भएपछि आर्थिक विभाग प्रमुखमा पूर्व माओवादीका हरिबोल गजुरेल थिए भने उपप्रमुखमा पूर्व एमालेका कृष्णगोपाल श्रेष्ठ थिए।

विभागले आफ्नो काम सुरू नगरेकाले पार्टीको सम्पत्तिबारे आफूलाई केही थाहा नभएको गजुरेलले बताय ।

नयाँ स्वरूपको कोरोना भाइरस नेपाल पनि तीव्र फैलिँदै

काठमाडौँ । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् । यो खबर राजधानी दैनिकमा छ ।

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।

७५ खानेपानी योजना निर्माण चरणमा

काठमाडौँ । विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् । खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् । ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट रु १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि रु ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि रु चार करोड ४६ लाख बजेट विनियोजन भएको छ । यी दुबै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुई वटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । रु ५६ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र रु ३३ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै सङ्घ सरकारबाट बजेट थप भई आएमा यस वर्ष सङ्घ सरकारको २५ वटा योजना र प्रदेश सरकारबाट बजेट थप भईआएमा यसवर्ष प्रदेश सरकारको १२ वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ देखिको केही आयोजना बजेट अभावका कारण क्रमागतमा रहेको कार्यालयले जनाएको छ ।

आगामी चैत महिनासम्म बजेट थप भई आएमा लक्ष्य पूरा गर्न सकिने प्रमुख खनालले बताउनुभयो । खाइपाइ आएका पुराना योजनालाई मर्मत, स्तरोन्नति र क्षमता अभिवृद्धि गर्दै उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकारको लक्ष्य अनुरुप प्रत्येक घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन् । केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत उपभोक्तालाई पानि खुवाउने लक्ष्य रहेको छ । जिल्लामा खानेपानीको समस्या विस्तारै हट्न थालेका छन् । यी योजना बेलैमा सम्पन्न भएमा भने अधिकांश जिल्लाका स्थानीयवासीका घरघरमा खानेपानीको धारा तथा पानी पुग्नेछ

रातो मच्छिन्द्रनाथ उपभोक्ता समिति महँगो काठ किन्न बाध्य

बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो ।

कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका काठ बजारमा नपाइएको समितिले जनाएको छ । काठ नपाइएपछि केही समय मन्दिर बनाउने काम समेत रोकियो । काठ मिलमा उपलब्ध भएजति काठ ल्याएर काम भइरहेकोे समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठ एकै पटक पाउन नसक्दा कहिले एक टिप त कहिले दुईदेखि तीन वटासम्म उतिनै गाडी भाडा तिरेर पटकपटक ल्याउन बाध्य भइरहेका छाँै ।”सरकारी इञ्जिनीयरले मन्दिर पुनःनिर्माणमा खपत हुने काठको एकीन अनुमान नगरिदिँदा महँगोमा काठ खरिद गर्नुपरेको उहाँको भनाइ छ ।

मन्दिरको उचाइ गजुरसम्म ७० फिट ४ इन्च रहने र यसमा ६४ फिट ४ इन्चसम्म काठको काम गर्नुपर्ने बताइएको छ । हालसम्म मात्र २२ फिट काठको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । “मन्दिर पुनःनिर्माणमा आवश्यक कार्नेश र बाटु इँटा बनाउन अर्डर दिइरहेका छाँै”, उहाँले भन्नुभयो, “विगतमा मन्दिर निर्माणमा ३३ थरिका इँटा प्रयोग भएका पाइएको थियो । यी दुई प्रकारका इँटा जोहो गर्न नसकिएकाले बनाउनुनै पर्ने भयो ।”

मन्दिर पुनःनिर्माण एक तला सम्पन्न हुनुका साथै गारो लगाउने काम ७० प्रतिशत सम्पन्न भइसकेको समितिले जनाएको छ । विसं २०७२ को गोर्खा भूकम्पमा क्षति भएको रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो । सो मन्दिर पुनःनिर्माणमा कतैबाट चासो नदिएपछि २०७७ साल असार २० गते क्षमापूजा गरेर असार २२ गतेबाट उपभोक्ता समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाख रकममा सम्झौता भएर काम अघि बढेको छ ।

लगभग एक हजार ५०० वर्ष अघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । काठमाडाँै उपत्यकाको सबैभन्दा लामो र पाटनको ठूलो उत्सवका रुपमा मच्छिन्द्रनाथ जात्रा मनाउने गरिन्छ । सो पर्व हिन्दूलगायत बौद्धधमावलम्बी दुबैले मनाउने गर्छन् ।

जनश्रुतिअनुसार गुरु गोरक्षनाथले नवनागलाई आशन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुख्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापूले कठिन परिस्थित सहेर मच्छिन्द्रनाथलाई बुङ्मती ल्याएर राखेपछि गोरक्षनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि पानी परेको बुझाइ रहेको छ ।

रातो मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ ।

रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन त छ महिना बुङ्मती राख्ने चलनानुसार गत मङ्सिर महिना लागेसँगै तःबहाल ल्याइएर राखी सकिएको छ । वर्षा र सहकालका’ देवता मच्छिन्द्रनाथ दर्शनका लागि भक्तजन पाटन आउने गरेका सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो ।

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर होः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका हुन् ।

मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए

देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आइएमई गु्रपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालको भनाई रहेको छ ।

“राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन । राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई निरुत्साहित गरेको छ । सबै व्यवसायीहरुलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन,” उनले भने ।

कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै सो राहत सम्बन्धित व्यवसायीहरुले समेत पाउन नसकेको बताए ।

मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको बताउँदै उनले अहिलेका समस्याहरु सम्बोधन गर्नका लागि बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्ने बताए ।
मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनको धारणा रहेको थियो ।

कोभिड–१९ को महामारीले नयाँ नयाँ व्यवसायहरुको अवसर पनि सृजना गरेको बताउँदै उनले यसले डिजिटल इकोनोमिको अवसर सृजना गरेको बताए । सोमबारदेखि सुरुभएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न भएको हो ।

आइएमई लिमिटेडका बारेमाः
रेमिटेन्स सेवालाई प्रवाह गर्दै आइरहेको कम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रवाह गर्दै आएको छ ।

राइड सेयरिङ, फुड र अनलाईन सपिङको एउटै समाधान “सुपर एप”

काठमाडौं। सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ ।

रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले जनाए । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।
सुपर एपको हाल प्रयोगकर्ता बढि रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपकोे ं प्रयोगकता १५,००० भन्दा बढि रहेको छ भने ५,०००ं भन्दा बढि सवारी पार्टनरहरू रहेका छन् ।

सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै
ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ ।
कम्पनीले शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुने जनाएको छ । त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन दिने जानकारी गराएको छ ।

न त ओली प्रधानमन्त्री रहन्छन्, न त बैशाखमा चुनाव नै रहन्छः वर्षमान पुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताउँदै वैशाषमा चुनाव हुन्छ भन्ने कुरामा कोही पनि भ्रमित नहुन आग्रह गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने उल्लेख गरेका हुन् ।

नेता पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे । उनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ’, निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने स्पष्ट गरे । ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, उनले भने, ‘वर्षौँसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीले सुझाव दिए । आफैले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनको भनाइ छ । नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, पुनको चेतावनी थियो ।

ओलीलाई शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि पुनले सुझाव दिए । शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गरेका थिए । उनले संसद विघटन पनि गरेका थिए । संसद दरबारमा बुझाएर आफै जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बनेको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको समेत बताएका थिए ।

फरक प्रसंगमा मन्त्री पुनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै वैध भएको दाबी गरे । ४ सय ४१ सदस्यीय नेकपा केन्द्रीय समितिमध्ये ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको भन्दै पुनले आयोगले साविक केन्द्रीय सदस्यको बहुमतलाई आधार मानेर निर्णय दिने विश्वास व्यक्त गरे ।

केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको पक्षमा रहेको भए पनि ओली पक्षका एक सय जनाले ११ सयभन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अनैतिक र अराजनीतिक भएको आरोप उनले लगाए ।

एक सय जनाले ११ सयको संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११ सय बनाएको जस्तै किर्ते र जालसाँजीपूर्ण काम भएको टिप्पणी पुनको छ । उनले ओलीले प्रदेशसभा समेत विघटनको तयारी गरेको चर्चा चल्न थालेको भन्दै प्रधानमन्त्रीले प्रदेश विघटन गर्ने अधिकार संविधानले नदिएको स्पष्ट गरे ।