एमाले सचिवमा गोकर्णलाई सर्वाधिक मत

एमाले सचिवमा गोकर्णलाई सर्वाधिक मत

चितवन-नेकपा एमालेको सचिवमा ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भएका छन् ।

सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो ।

योगेशले १९६४, छविलाल र प्दमाले समान ८०० मत पाएका छन् ।

लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् ।

बागी उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

एमाले सचिवमा गोकर्णलाई सर्वाधिक मत

उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित

चितवन:नेकपा (एमाले) को उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन् ।

उनले ७ सय २५ मत प्राप्त गरेका छन् ।

केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन् ।

सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

एमालेको अध्यक्षमा ओली निर्वाचित

एमालेको अध्यक्षमा ओली निर्वाचित

काठमाडौं-नेकपा एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

भीम रावललाई १५ सय ९५ मतान्तरले पराजित गर्दै ओली निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८ सय ८ मत प्राप्त गरेर बिजयी भएको एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिएका छन् ।

उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

एमालेको अध्यक्षमा ओली निर्वाचित

प्रारम्भिक मतपरिणाम: ओली ४०० हुदा रावल ४२

चितवन-नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशनबाट भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

विद्युतीय मेसिनबाट भएको चुनावको पुरा नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

देउखुरी-दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ ।

नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रुपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ ।

राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने किसान बढ्दै गएका छन् ।

माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ किसानको रुचि बढेको छ ।

देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन निकै फस्टाएको छ ।

घोराही उपहानगरपालिका– ५ धर्ना त माछापालनका लागि पकेट क्षेत्र घोषणा नै गरिएको छ ।

त्यहाँ माछापालक किसानलाई भेटेरीनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र मत्स्य विकास केन्द्रले अनुदान तथा प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ ।

जिल्लाका बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसान बताउँछन् ।

थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षण बढ्दै गएको घोराही –५ धर्नाका कृषक सरोज डिसीले बताउनुभयो ।

कृषि फर्म स्थापना गरी १७ पोखरीमा करिब दुई लाख माछापालनबाट वार्षिक रु ४० लाख बराबरको आम्दानी उहाँले गर्दै आउनुभएको छ ।

माछापालनबाट उहाँले राम्रो आम्दानी भएपछि खेतीयोग्य जमिनमा पोखरी बनाई माछापालन व्यवसाय सुरु गर्नुभएको हो ।

माछाको हेरचाह र दाना दिनका लागि दुई स्थानीयवासीलाई उहाँले रोजगारी पनि दिनुभएको छ ।

उहाँले भन्नुभयो, “व्यावसायिक रूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको छ ।”

उत्पादित माछा घोराही र तुलसीपुरका बजारमा लगिने तथा स्थानीयस्तरका व्यापारीले खरिद गरेर लाने गरेको उहाँले बताउनुभयो ।
लमही –५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछा पालन गर्नुभएको छ ।

२० लाखको लगानी बढेर रु ८० लाख

रु २० लाखका लगानीबाट व्यवसाय सुरु गर्नुभएका उहाँको अहिले लगानी बढेर रु ८० लाख भएको र वार्षिक रु २५ लाख आम्दानी हुने गरेको छ ।

उहाँले उत्पादन गरेको माछा दाङका लमही, भालुवाङ र गढवाका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ ।

माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उहाँले बताउनुभयो । “अरू व्यवसायभन्दा माछा पालेर राम्रो आम्दानी भएको छ, त्यसैले हामी यता लागेका हौँ”, उहाँले भन्नुभयो ।

स्थानीयवासी वीरबहादुर रावतले घोराही –१८ रझेनामा चार वर्षदेखि माछा बिक्री गर्दै आउनुभएको छ ।

भ्याली फ्रेस हाउसका सञ्चालक रावत दैनिक २० देखि ३० किलो माछा बिक्री गर्नुहुन्छ ।

पहिले कुखुरा काटी बिक्री गर्ने उहाँ अचेल पसलका छेउमा सानो पोखरी बनाएर जिउँदो माछा राखी ग्राहकको मागअनुसार जिउँदो माछा बिक्री गर्नुहुन्छ ।

“गर्मीमा भन्दा जाडो समयमा माछा धेरै खपत हुने गर्छ, दाङमा उत्पादन भएको माछाले यही जिल्लालाई धान्छ ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार देउखुरी र दाङमा उत्पादन भएको माछा बाह्रै महिना उपलब्ध हुने भएकाले सजिलो भएको छ ।

माछाको जातअनुसारको मूल्य फरकफरक हुन्छ ।

उहाँ बैखा, सहु, कमनग्रास र रूपचन्दन जातका माछा बिक्री गर्नुहुन्छ ।

प्रायः दीर्घरोगी र अन्य रोगीले माछा खाने गरेको उहाँको भनाइ छ ।

माछामा प्रशस्त भिटामिन ‘डी’ पाइन्छ

रावत प्रतिकिलो जिउँदो माछा प्रतिकिलो रु ३६० देखि ४४० सम्म बिक्री गरी दैनिक राम्रो आम्दानी गर्नुहुन्छ ।
माछामा प्रशस्त भिटामिन ‘डी’ पाइन्छ ।

यसको सेवनबाट क्याल्सियम पनि प्राप्त भई मानिसको हाड बलियो गराउँछ ।

नियमित माछा खानाले दिमाग सधैंँ तेजिलो रहन्छ र दृष्यशक्ति बढाउनका साथै आँखालाई सधैंँ स्वस्थ्य राख्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न माछाको सेवन गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन् ।

रातो मासु पचाउन झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा दुईदेखि तीन घण्टामा पच्छ ।

खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

बजारमा भारतबाट ल्याइने माछाको आयात कम गर्न र माछा उत्पादनले जिल्ला आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’अन्तर्गत दाङमा कार्यक्रम अगाडि बढाइएको हो ।

“अहिले रोजगारीका लागि युवा विदेश गइरहेको अवस्था छ, विदेश जाने युवाले सानो लगानीमा पनि माछापालन व्यवसाय गर्न सक्छन् ।

त्यसैले तिनलाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लामा बर्सेनि माछापालन व्यवसायी बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ ।

मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म माछापालनमा करीब रु सात करोड लगानी भएको छ ।

६५ जनाले व्यावसायिक रुपमा माछापालन गर्दै

जिल्लामा दुई सय १७ कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिक रुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ ।

जिल्लामा ५०१ पोखरी तथा ३० घोलताल (प्लाष्टिकको आधुनिक पोखरी) मा माछापालन गरिँदै आएको छ ।

माछापालन गरिने क्षेत्रफलसमेत बढ्दै छ । यादवका अनुसार दुई वर्षअघि १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएकामा अहिले करिब १४१ हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएसँंगै माछापालन व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ ।

जिल्लामा बैखा जातको माछा एक कठ्ठामा चार क्विन्टल तथा कार्प जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको छ ।

खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्प र रहु जातका माछा यहाँ उत्पादन हुन्छ ।

पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण अभिवृद्धि भई उत्पादन क्षेत्रफल र परिमाणसमेत बढेको छ ।

यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएको छ।

हाल जिल्लामा उत्पादित माछा छिमेकी बाँकेको नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सुर्खेत, सल्यान र प्युठानमा निर्यात गरिन्छ ।

माछाको बजार राम्रो रहेकाले कृषकलाई राम्रो फाइदा भएको भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

दाङमा माछा खपत पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर उपभोग हुने गरेकामा अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।

बर्सेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन

कुनै समय माछाका लागि अरू जिल्लामा भर पर्ने दाङले अहिले बर्सेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको मत्स्य विकास अधिकृत यादवले जानकारी दिनुभयो। माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

जिल्लाका करिब २२५ व्यावसायिक कृषक माछापालनमा आबद्ध छन् । बर्सेनि करिब ६ सय मेट्रिक टन उत्पादन हुने भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

कुनै समय कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताउनुभयो ।

“पहिलेपहिले कार्प प्रजातिमा कमन, सिल्भर, रहु, नैनीलगायत माछापालन हुन्थ्यो ।

अहिले त पङ्गास प्रजातिका बैखालगायत माछापालन हुन थालेसँगै उत्पादन पनि बढेको छ”, यादवले भन्नुभयो ।

खासगरी, चैत, वैशाख, जेठ महिनामा बाहिरी जिल्लाको माछामा भर पर्नुपर्ने अवस्था रहेकामा बिस्तारै निर्भरता अन्त्य हुने चरणमा छ ।

बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ ।

व्यावसायिक रुपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र सरकारले पनि माछापालनका लागि कृषकलाई सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुचि बढ्दै गएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा वेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउनका लागि बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १ दशमलव ०८ केजी माछा मात्रै खपत हुने गरेको छ ।

माछा उत्पादन बढाउन र कृषकलाई मत्स्यपालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८ ।

लुम्बिनी प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन

०७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास प्रमुख डा केसीले बताउनुभयो ।

उहाँका अनुसार उक्त रकम पोखरी निर्माणका लागि माछापालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ ।

सोअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

केन्द्रले जिल्लामा माछापालन प्रवद्र्धन गर्न र नदीको पर्यावरणीय सन्तुलन कायम गर्ने बबई खोलामा यही मङ्सिर ६ गते मत्स्य दिवसका अवसरमा रहु र नैनी जातका पाँच हजार माछाका भुरा छाडेको छ ।

दाङ मत्स्य व्यवसायी सङ्घका अध्यक्ष विवेक श्रेष्ठ जिल्लालाई माछाको पनि पहिचान दिन र आत्मनिर्भर बनाउन संस्था लागिपरेको जनाउनुहुन्छ ।

सङ्घले मत्स्यपालकलाई प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।

“जिल्ला माछापालनमा आत्मनिर्भर हुँदै गएकामा हामी खुशी छौँ, माछापालन व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ ”, उहाँले भन्नुभयो, “स्थानीय तहले पनि माछाको बजारीकरणमा भूमिका खेल्नुपर्छ ।”

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माछा व्यवसायीलाई प्रोत्साहन गर्न कृषि कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

उहाँका अनुसार माछाको बजारीकरणका लागि आफ्नो उपमहानगरपालिकाले निश्चित ठाउँमा बिक्री केन्द्र स्थापना गर्ने छ ।

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

केन्द्रीय सदस्य समेत नबसी परिणाम स्वीकार्दै रावल

केन्द्रीय सदस्य समेत नबसी परिणाम स्वीकार्दै रावल

नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ ।

चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको हो ।

निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ।

रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभएको छ ।

अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

उहाँले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो ।

एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ ।

रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो ।

रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताउनुभयो ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान सम्पन्न भई मतगणना जारी रहेको छ ।

केन्द्रीय सदस्य समेत नबसी परिणाम स्वीकार्दै रावल

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं-सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।

नेपाल रक्वी संघका पूर्वअध्यक्षसमेत रहेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको हो ।

घिसिङले आज पद तथा गोपनियताको सपथ लिने बताइएको छ।

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

एमाले महाधिवेशन: मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

एमाले महाधिवेशन: मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ ।

महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् ।

विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ ।

अरू सबै पदमा सर्वसम्मत भएको थियो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिनुभएको थियो ।

६ जना उपाध्यक्षका लागि सातजना र सातजना सचिव पदका लागि नौ जनाको प्रतिस्पर्धा भएको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा सुवास नेङ्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी छ ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको थियो ।

८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी

केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको थियो ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेद्वारी दिएका छन्, भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश एक महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौजना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको हो ।

महाधिवेशनले ३०१ सदस्सिय केन्द्रियसमिति चयन गर्दै छ ।

महाधिवेशनको उद्घाटन सत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भएको हो ।

सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन गरिएको हो ।

एमाले महाधिवेशन: मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

राणालाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

सोमबार विहान प्रधानन्यायाधीश राणाले पीसीआरका लागि स्वाब दिएका थिए ।

राणालाई निमोनिया समेत देखिएको छ ।

प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा.प्रविण नेपालले जानकारी दिए ।

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

४९ जना सहसचिवको एकमुष्ट सरुवा

४९ जना सहसचिवको एकमुष्ट सरुवा

काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ ।

०७८ मंसिर ८ गते बसेको मन्त्रिस्तरिय बैठकको निर्णयबाट नेपाल प्रशासन सेवा अन्तर्गत अतिरिक्त समुहमा रहेका १८ जना, त्यसैगरी प्रदेश मन्त्रालय, संघीय मन्त्रालय, बिभाग र उपमहानगरपालिकामा कार्यरत गरी कुल ४९ जना सहसचिवको सरुवा गरेको हो ।

राजपत्राङिकत प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा, पदस्थापना, काज र कामकाजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार हाल अतिरिक्त समुहमा रहेका रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी देवराज जोशीको सरुवा राष्ट्रिय महिला आयोगमा भएको छ ।

भुपेन्द्र थापाको सरुवा प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशमा गरिएको छ ।

नरेन्द्रकुमार रानाको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्विनी प्रदेशमा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयश्रोतले दिएको जानकारीअनुसार सहसचिव रामकृष्ण अधिकारीलाई प्रदेश लोकसेवा आयोग बाग्मतीमा सरुवा गरिएको छ ।

अर्का सहसचिव निराजन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका सहसचिव बिरेन्द्रदेव भारतीलाई बुटवल उपनगरपालिका रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरिएको बताएको छ ।

त्यसैगरी अर्का सहसचिव निश्चलराज पाण्डेलाई बीरगंज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य मन्त्रालयको अतिरिक्त समुहका सहसचिव लक्ष्मीप्रसाद पौडेललाई धरान उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।

मन्त्रालयका सहसचिव प्रधुम्नप्रसाद पोखरेलको सरुवा जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रसासकीय अधिकृतमा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई पोखरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

सहसचिव तिर्थराज चिलुवाललाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा सरुवा गरिएको छ ।

मन्त्रालयको अतिरिक्त समुहका अर्का सहसचिव डिलाराम पन्थीको सरुवा अर्थ मन्त्रालयमा गरिएको छ ।

टंकप्रसाद पाण्डेयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार

सहसचिव टंकप्रसाद पाण्डेयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा लगिएको छ भने माधवप्रसाद पोखरेलको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्वर १ बिराटनगरमा गरिएको बताइएको छ ।

सहसचिव रामचन्द्र तिवारीको सरुवा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय सिंहदरवारमा गरिएको छ ।

त्यसैगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका अर्का सहसचिव भोला दाहाललाई आदीवासी जनजाति आयोग ललितपुरमा सरुवा गरिएको छ भने महिला सहसचिव रेखा दासलाई मुस्लिम आयोगमा लगिएको छ ।

सहसचिब मेखबहादुर मंग्रातीलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश नंम्वर २ मा सरुवा गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय वा अन्तर्गतका सहसचिव रघुवीर बिष्टको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको छ ।

उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयका वा अन्तर्गतका सहसचिव प्रकाश दाहालको सरुवा राष्ट्रिय योजना आयोगमा भएको छ ।

संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतको सरुवा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गरिएको छ ।

महिला आयोगमा कार्यरत सहसचिव मनोजकुमार आचार्यको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गरिएको छ ।

बीरगंज महानगरपालिकामा कार्यरत अर्का सहसचिव प्रदीपकुमार निरौलाको सरुवा राष्ट्रिय दलित आयोगमा भएको छ ।

दलित आयोगमा कार्यरत सहसचिब होमनाथ लुईटेलको सरुवा संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवारमा गरिएको छ ।

भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयमा तुलसीनाथ गौतम

नेपाल ट्रष्टमा कार्यरत सहसचिब तुलसीनाथ गौतमको भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयमा गरिएको छ ।

नेपाल ट्रष्टको कार्यालयमा भने धरान उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सहसचिब बिदुर खडकाको सरुवा गरिएको छ ।

प्रदेश नंम्वर २ प्रदेश प्रमुखको कार्यालयमा कार्यारत सचिव धु्रब गैडाको सरुवा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रालयमा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेको सरुवा गृह मन्त्रालयमा गरिएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव गोपालप्रसाद अर्यालको सरुवा वन तथा वातावरण मन्त्रालयमा गरिएको छ ।

सार्वजनिक खरिद कार्यालयमा कार्यरत ईन्जिनियरिङ्ग सेवाका सहसचिव चक्रवर्ती कण्ठको सरुवा शहरी बिकास मन्त्रालयमा भएको छ ।

शहरी बिकास मन्त्रालयका सहसचिव कुमारप्रसाद घिमिरेको सरुवा सोही पदमा सार्वजनिक खरिद कार्यालयमा गरिएको बताइन्छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयमा कार्यरत वन सेवा तर्फकी सहसचिव बिन्दुकुमारी मिश्रको सरुवा प्रदेश नंम्वर २ को उद्योग, पयर्टन तथा बन मन्त्रालयमा गरिएको छ ।

आदीवासी जनजाति आयोग ललितपुरमा कार्यरत सहसचिव राजेन्द्रप्रसाद घिमिरेको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको बताइएको छ ।

अर्थ मन्त्रालय वा अन्तर्गत रहेका अर्का सहसचिव उमाकान्त आचार्यको सरुवा श्रम, रोजगार तथा सामाजिक बिकास मन्त्रालयमा गरिएको छ ।

त्यसैगरी भुमि व्यवस्थापन तथा अभिलेख बिभागको महानिर्देशक शेषनारायण पौडेलको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरिएको छ ।

पोखरा महानगरपालिको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत सहसचिव महेश बरालको सरुवा भुमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयमा गरिएको छ ।

लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सहसचिव खगेन्द्रप्रसाद सुवेदीकोको सरुवा लोकसेवा आयोगको कार्यालय अनामनगरमा गरिएको छ ।

लुम्विनी प्रदेशको श्रम, रोजगार तथा यातयात व्यवस्था मन्त्रालयमा दिपकराज नेपाल

यस्तै गृह मन्त्रालयका सहसचिव दिपकराज नेपालको सरुवा लुम्विनी प्रदेशको श्रम, रोजगार तथा यातयात व्यवस्था मन्त्रालयको सचिवमा गरिएको छ ।

बुटवल उपमहानगपालिका रुपन्देही प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत सहसचिव शिवप्रसाद रेग्मीको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको छ ।

राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव बिश्वप्रसाद अर्यालको सरुवा अख्तियार दुरुपयोग अनुसान्धान आयोग टंगालमा गरिएको छ ।

वातावरण बिभागमा कार्यरत अर्का सहसचिव मुकुन्द निरौलाको सरुवा गृह मन्त्रालयमा गरिएको बताइन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका नेपाल ईन्जिनियरिङ्ग सेवा तर्फका तुलसीराम भट्टराईको सरुवा सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयमा गरिएको छ ।

प्रदेश नंम्वर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत अर्का सहसचिव तुल्सीराम सेढाईंको प्रदेश नंम्वर २ को सोही निकायमा गरिएको छ ।

यता गृह मन्त्रालयमा कार्यरत सहसचिव रामकुमार महतोको सरुवा प्रदेश नंम्वर २ को आन्तरिक मामिला तथा संचार मन्त्रालयको सचिबमा गरिएको छ ।

त्यसैगरी वन तथा बातावरण मन्त्रालयमा कार्यरत रहेका नेपाल वन सेवाका सहसचिव यज्ञनाथ दाहालको सरुवा बाग्मती प्रदेशको उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयमा गरिएको छ ।

बाग्मती प्रदेशको सोही मन्त्रालयको सहसचिव पदमा कार्यरत सिन्धुप्रसाद ढंगानाको सरुवा बन तथा वातावरण मन्त्रालयमा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत नेपाल ईन्जिनिरिङ्ग सेवा तर्फका उपमहानिर्देशक पदमा कार्यरत सहसचिव राजेन्द्रप्रसाद भण्डारीको सरुवा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा गरिएको छ ।

सोही सेवाका भौतिक पुर्वाधार बिकास मन्त्रालय सुदुरपश्चिममा कार्यरत सहसचिव इन्द्रदेव भट्टको सरुवा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

४९ जना सहसचिवको एकमुष्ट सरुवा

उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति

चितवन-चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ ।

आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”

निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ ।

निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ ।

रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।

एमाले महाधिवेशन: १६ सय बढी मत खस्यो

चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ ।

नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।

मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिनुभयो ।

महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् ।

मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

काँग्रेसले सार्‍यो महाधिवेशन

काँग्रेसले सार्‍यो महाधिवेशन

नेपाली काँग्रेसको सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन २ दिन परे सारेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको छ ।

केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनको भनाइ छ ।

प्रदेश अधिबेशन दुईदिन पर धकेलिएसँगै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ ।

अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले बताए ।

काँग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो ।

महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली ९महाधिवेशन प्रतिनिधिको सूची० प्रकाशन हुनेछ ।

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो ।

मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको पोखरेलले बताए ।

उनले भने, ‘महाधिवेशन उद्‍घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं ।

२४ गते महाधिवेशन उद्घाटन हुन्छ र १५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’

२५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ ।

यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

काँग्रेसले सार्‍यो महाधिवेशन

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

काठमाडौँ-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ ।”

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् ।

यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ

नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् ।

स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ ।

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ ।

भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

ओमिक्रोन भेरियन्टका कारण जापान प्रबेश प्रतिबन्ध

एजेन्सी-विश्वभर नयाँ भेरियन्टको ओमिक्रोन कोरोना भाइरस फैलिने क्रममा ब्यापकता आएसँगै जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको पुष्टी गरेका छन् ।

सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताएका छन् ।

‘जापानी प्रधानमन्त्री किशिदाले जापानमा ओमिक्रोन प्रवेश गर्दा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप विदेशी यात्रुलाई प्रतिबन्ध लागाएको बताएका छन् ।

भोली मंगलबारदेखि सबै क्षेत्रका विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उनको भनाइ थियो ।

प्रधानमन्त्री किशिदाले नयाँ ओमिक्रोन भेरियन्टबारे थप विवरण नआइन्जेलसम्म भाइरसविरुद्धका आधारभूत नियम निरन्तर पालना गर्न नागरिकमा आह्वान गरेका छन् ।

यसै महिना जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो ।

तर पछिल्लो निर्णयसँगै सीमानामा कडाइ हुने भएको छ ।

नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पछिल्लो निर्णय लिएको हो ।

यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ ।

त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ ।

बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र

ललितपुर-बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन ।

मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन ।

मच्छिन्द्रनाथ पुनःनिर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिइरहेकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरका लागि चाहिने झ्याल, तोरण तथा काठ र बुट्टाहालेका इँटा आदि विभिन्न सामग्री व्यवस्थापनमा समय खर्च भइरहेको छ, समितिका सदस्यलाई सामग्री जोहो गर्ने काममा एक दिन पनि फुर्सद छैन, तर यसअघि साउनमा गरिएको २० फिट गारो लगाउने काम पनि अघि बढेको छैन ।”

मन्दिरमा प्रयोग गरिने एक प्रकारको १७६ इँटा तयार भइरहेको शाक्यको भनाइ छ ।

“मच्छिन्द्रनाथको मन्दिर वरिपरि अन्य आठ मन्दिर निर्माण गर्नुपर्ने हुँदा यसका लागि सामग्री भने जोहो गरिसकेका छौँ”, उहाँले थप्नुभयो, “हामीले मन्दिरमा प्रयोग गरिने इँटामा लेउ नलागोस भनेर रसायन आदि हालेर निर्माण गराइरहेका छौँ ।” अब मन्दिर पुनःनिर्माणको काम अघि बढाएपछि एकै पटक सम्पन्न हुने शाक्यको भनाइ छ ।

बुङ्मति क्षेत्रमा तीन नाम चलेका धरोहर मच्छिन्द्रनाथका साथै मनकामनामाई र ह्यङ्ग्री वभैरवमार दुई निर्माण सम्पन्न भइसक्दा मच्छिन्द्रनाथको काम अझै अलपत्र रहँदा अन्तरराष्ट्रियस्तरमा लज्जाको विषय बनिरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्का अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोही कसैले त बुङ्मति आएर हामी पूजारीलाई मन्दिर निर्माणअघि बढाउन चन्दा लिनुहोस्समेत भनेर जाने गरेका छन्, तर हामी पूजारीले दाताबाट रकम लिएर बनाउन मिल्दैनौँ ।”

मुलुकमा कोरोना महामारी नियन्त्रण भएर स्वदेशीका साथै विदेशी पर्यटक बुङ्मति घुम्न आउँदा मन्दिरका विषयमा आफूलाई प्रश्न गर्ने गरेको र लाजले उत्तरसमेत दिन नसकिरहेको स्थानीयवासीको भनाइ छ ।

२०७२ को गोरखा भूकम्पमा सो मन्दिर जीर्ण

विसं २०७२ को गोरखा भूकम्पमा सो मन्दिर जीर्ण भएको थियो ।

मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्ने हुँदा हालमात्रै २० फिट माथि गारो लगाउने काम भएको समितिले जानकारी गराएको छ ।

छ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गर्ने भनिएको थियो ।

मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड आठ लाखमा सम्झौता भई काम अघि बढेको थियो ।

लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको सो मन्दिर यहीवर्ष २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुँदा अझै कति समय लाग्ने हो टुङ्गो लागेको छैन ।

लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको मच्छिन्द्रनाथ गुठीका मूलपूजारी कमलराज बज्राचार्यले बताउनुभयो ।

मुलुकमा मच्छिन्द्रनाथले सबैै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष कृष्ण प्रतिपदादेखि रथजात्रा गर्ने परम्परा रहि आएको छ ।

हालमन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतिको एक पाटीमा राखिएर नित्य पूजाआजा अनि रेखदेख गरिरहेको पूजारी हेम बज्राचार्यले बताउनुभयो ।

पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ ।

रातो मच्छिन्द्रनाथ मन्दिरमा प्रयोग गरिने १६ इँटाको झ्याल निर्माणसमेत जारी छ ।

सो इँटा फुट्ने र पुनःनिर्माण समेत गरिरहनु पर्दा सुकाउन र जोहो गर्नै समय लागिरहेकाले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै डेढदेखि दुई वर्ष लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष निकराज शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मन्दिर पुनःनिर्माणमा १३ देखि एक हजार ४०० वर्ष पुराना मेथ अनिकार्नेशलगायतका बस्तु पनि प्रयोग गरिरहेका छौँ ।”

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र