बालकुमारी घटनामा ज्यान गुमाएका २ युवकको परिवारलाई सुदूरपश्चिम प्रदेशले २/२ लाख दिने

काठमाडौँ ।खसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले त्यस क्रममा नाराबाजीसमेत गरेका थिए । मृतकका आफन्तले न्याय माग्दै धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ । मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक–एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि शनिबार मृतकका परिवारले ११ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्ति दिनुपर्नेतर्फ ध्यानाकर्षण गराइसकेका छन् । आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

घटनास्थलको सीसीटीभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । 

देशमा अन्तरिम सरकारको बिकल्प छैन पूर्वमन्त्री : प्रभु साह

रौतहट १५ पुस। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई संकटबाट निकास दिन अन्तरिम सरकार गठनको बिकल्प नभएको बताएका छन्।
गृह नगर रौतहटको मौलापुरमा आम जनता पार्टीको भात्री संगठन आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री साहले उक्त विचार राखेका हुन्।
बर्तमान संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प छैन ,अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकाले तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने उनले माग गरेका छन्।
अन्तरिम सरकार गठनमा कुनै तत्व बाधक भएमा देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले यस विषयमा सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आग्रह गरेका थिए।
अध्यक्ष साहले नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना त्यार गर्ने बताउँदै विदेश बस्दै आएको नेताका छोरा छोरीको सम्पति, पुजीँपतिको सम्पति माथी झण्डा गाड्ने योजना रहेको बताए।
आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने छ। कार्यक्रममा पार्टी उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
आईटी आर्मीको प्रशिक्षण कार्यक्रम आगामी ५ दिनसम्म चल्ने बताईएको छ। उदघाटन सत्रमा हजारौं मानिसको सहभागिता रहेको थियो।

शिलान्यासको ३ बर्षमा अस्पताल निर्माण हुँदै, आफ्नै प्रयासमा भएको मेयर अजय प्रकाश

रौतहट १५ पुस। तीन बर्षअघि सिलान्यास भएकाे कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माण काम बल्ल सुरु भएको छ। २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवतरुपमा ब्राह्मण द्वारा मन्त्रोचारण पश्चात् जग राखेर अस्पताल भवनको सिलान्यास गरेका थिए। सिलान्यास लगत्तै १५ बेडको अस्पताल भावना निर्माण हुने सहमति अनूसार पूरानो जीर्ण रहेको डाक्टर तथा स्टाफ बस्ने भवन भत्काइएका थीयो।
संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहित लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय,चौधरी जेविले ११ करोडमा साकार गरेको थियो ।कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको हाता भित्र १५ सैंयाको आधारभुत स्वास्थ केन्द्रको भवन निर्माण अवधि २ बर्ष रहेको र उक्त समय भित्रै निर्माण पुरागर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका थिए।
उक्त अवसरमा कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले सिलान्यास को दिनलाई नगर बासिको लागि ठुलो खुसीको दिन रहेको बताएका थिए ।
भवन निर्माण पछि कटहरिया नगरपालिकाका जनता बिरामीको उपचारको लागि बाहिर जानुपर्ने झन्झट बाट छुटकारा हुने अधिकृत साहले बिश्वास व्यक्त गरेका थिए ।
तर भवन निर्माणको अवधि समेत सकिएको अवस्था समा आईपुग्दा ठेकदार चौधरीले भवनको जग बाहेक काम अगाडि बढाउन सकेनन्।
पुरानो क्वाटर भवन भत्काएको कारण अस्पतालका डाक्टर लगायत कर्मचारीलाई बस्न ठुलो कठिनाई हुँदै आएको छ।
केपिशर्मा ओलि प्रधानमन्त्री रहेको समय गतबर्ष भर्चुअल विधि मार्फत देशको ७५३ वटै स्थानीयतहमा सुबिधा सम्पन्न १५ बेडको आधारभूत अस्पताल भवनको शिलान्यास गरेका थिए ।
भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन भएका ठेकदार उपेन्द्र चौधरी बल्लतल निर्माणको काम सुरुवात गरेका छन्। निर्माणको लागि पुनः दुईबर्ष म्याद थप गरिएको चौधरीले जानकारी दिएका छन्। यसैबीच कटहरियाका मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयास बाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन। सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालय बाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। निर्माणको रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन। हाल आफू मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्।

बालकुमारी घटनाबारे मन्त्रिपरिषद् बैठकका निर्णयहरू यस्ता छन्

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ र घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको छ।

उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ। घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिइन्।

बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गरेको छ। शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले बिहान गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र अन्य अधिकारीहरूसँग छलफल गरेका थिए।

शनिबार बिहानकै बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको थियो। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो।

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला गरेको हो । ६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद बस्नुपर्ने भएको छ ।

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

लामिछानेविरुद्ध २०७९ भदौमा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा लामिछाने विदेश थिए । त्यसपछि नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० असोज २०७९ मा पक्राउ गरेको थियो ।

यो मुद्दाका क्रममा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिक २०७९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २९ पुस २०७९ मा उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेश सर्वोच्चले समेत सदर गरेपछि लामिछानेले थुनाबाहिर रहेर मुद्दा लडेका थिए ।

लामिछानेमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । ५ भदौमा लामिछानेले ती नाबालिकालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेको र राति काठमाडौंको एक होटलमा राखेर बलात्कार गरेको उजुरी परेको थियो । यो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

यस्तो छ तपाईंका आजको राशिफल

मेष : आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। नयाँ साथीसँग भेट हुँदा मन खुशी हुनेछ। आफूले गरेका कामको प्रशंसा हुने योग छ। परिवारमा खटपटी बढ्ने हुनसक्छ।

मिथुन : तपाईंका हरेक क्षेत्र सबल छन्। पुरानो इख बोक्ने मित्रले प्रहार गर्नसक्ने भएकाले चनाखो हुनुपर्ने छ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

कर्कट : दिन सामान्य छ। राम्रो काम गरे पनि जस अरुले लिने देखिन्छ। अचानक धन प्राप्त हुने योग छ। परिवारमा भने विश्वासको अभाव हुनसक्छ। सकेसम्म पेय पदार्थबाट अलग रहनु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। बोलीको प्रभाव समाजमा रहने छ। शनिदेवको छाया परेकाले अन्य धेरै काममा अवरोध हुनसक्छ। पिपलको दर्शन गरेर कामको सुरुवात गरेमा दैनिकी सहज हुनेछ।

कन्या : यात्रा राम्रो छ। नाम, दाम र इनाम सबै अनुकुल छन्। नयाँ ठाउँको भ्रमण हुनेछ। पुराना साथीसँग भेट हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र शैक्षिक क्षेत्रको लगानीबाट सफलता हात लाग्ने योग छ। राजनीतिमा मानसम्मान प्राप्त हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ।

वृश्चिक : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

धनु : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा अब्बल रहने योग छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा अगाडि बढ्न बाधा देखिन्छ। हनुमानको चिन्तन गरेर अगाडि बढेमा समस्या समाधान हुनसक्छन्। परिवारमा मिलाप हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। आफ्नो व्यवहारका कारण आफन्त टाढा हुने योग छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। परिवारमा खटपट आउने भएकाले धेरै बहस नगर्नु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छैन। जतासुकै बाधा देखिन्छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

मीन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायी महासंघको नवौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायी महासंघको नवौँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशन शनिबार काठमाडौको कार्की बैँँङ्केटमा सम्पन्न भएको छ ।
महासंघका निवर्तमान अध्यक्ष सुजिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथितिमा अर्थमन्त्री डा. प्रकाशशरण महत रहनुभएको थियो । कार्यक्रम उदघाटन गर्दै अर्थ मन्त्री महतले फर्निचर ब्यबसायले नेपालको अर्थ तन्त्र अनि रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउदै नयाँ निर्वाचित टिमलाई बधाई दिनुभएको थियो।


कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रकाश ढकाल रहनुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेपाल चेम्फर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाई, कथ्था उत्पादन संघका अध्यक्ष शिव घिमिरेलगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल भरिका करिब दुई सय भन्दा बढी फर्निचर व्यावसायीको उपस्थिति रहेको थियो । नवौ साधारणसभाको पाचौं अधिबेशन भब्यताका साथ सम्पन्न भएको फर्निचर तथा फर्निसिङ व्यावसायि संघका सस्थापक रौतहट जिल्ला अध्यक्ष सिताराम पौडेलले सम्पत्ति न्युज लाई बताए । उक्त अधिबेशन बाट युवराज पौडेलको अध्यक्षतामा बीस नयाँ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको जनाइएको छ।


नयाँ निर्वाचित टिम निम्न अनुसार छ।

ग्वार्को घटनाको कारण सिडिओ मन्त्रालयमा तानिए,इपिएस हाकिम समेत फेरिए

काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयले फिर्ता बोलाइएको छ । पण्डितसँगै ईपीएस कोरिया शाखाका निर्देशक(उपसचिव) गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहको जिम्मेवारी खोसिएको छ ।

रोजगारी अनुमति प्रणाली(ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई लिएर सरकारले ललितपुरका प्रजिअसहित प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको हो ।

घटनाका विषयलाई लिएर ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत(पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

इपीएस शाखाको कमजोरीका कारण शुरु भएको आन्दोलन चर्किरहेकै ठाउँबाट मन्त्रीको सवारी चलाउनु कमजोरी भएको र प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको विषयबारे सामाजिक सञ्जाल तातिरहेको छ । 

विद्युत् प्राधिकरणले काट्याे थप १४ वटा उद्योगकाे लाइन

काठमाण्डाै । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो।  

गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबारका १४ उद्योगसहित डेडिकेटेड फिडर एवं ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएर बक्यौता नतिरे पछि लाइन काटिने ग्राहक २३ पुगेका छन् ।

शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

यसैगरी कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ) को लाइन काटिएको छ ।

ग्वार्को मा दुई युवा सधैंका निम्ति अस्ताए ,परिवार बन्यो बेसाहारा

एक्लि आमाको साहारा सुजन सधैंका निम्ति अस्ताए

ग्वार्को। बुबाको निधन पछि आमा र परिवारमा साहाराको दियो निभेको छैन भन्ने आभास दिलाउन हजार समना बोकेर राजधानी आएका सुजन लाई प्रहरीको बन्दुक र बुट बज्रेर क्षण भरमै सपनाको दियो निभ्न पुग्यो।
दैलेख महाबु गाउँपालिका–६ घर भई दैलेख सदरमुकाममा व्यवसाय चलाउँदै आएका भक्तबहादुर रावत परिवारको दैनिकी ठीकठाक चलेकै थियो। दैलेख उद्योग वाणिज्य संघका पूर्वउद्योग उपाध्यक्षसमेत रहेका रावत परिवार दैलेखमा सफल व्यवसायीको रूपमा परिचित थियो। केही वर्षअघि यो परिवारलाई वज्रपात आइलाग्यो। परिवारको मुख्य सहारा भक्तबहादुर एक्कासि थला परे। थुप्रै अस्पतालमा चेकजाँचपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। पक्षघातसमेत भयो। घरपरिवार, दाजुभाइले भरथेग पनि गरे। तर, केही सीप लागेन। लाखौं रकम उपचारमै सिध्याउँदा पनि रोग निको नभएपछि उनलाई दैलेख ल्याइयो। अन्ततः २०७९ मंसिर २ गते उनको निधन भयो।

उनको निधनपछि रावत पत्नी नन्दाको थाप्लोमा विपत्ति आइलाग्यो। श्रीमान् बितेपछि दुई छोरा र एउटी छोरीको पालनपोषण गर्ने जिम्मा नन्दाको काँधमा आयो। नन्दाले दुःखसुख गरेर छोराछोरीलाई पालनपोषण गरिरहेकी थिइन्।

पति गुमाएको वर्ष दिनपछि नन्दा माथि अर्को वज्रपात आइलागेको छ। उनका जेठा छोरा सुजनको शुक्रबार निधन भएको छ। सुजन कोरियाली भाषा परीक्षाको तयारीका लागि एक महिनाअघि मात्रै काठमाडौं गएका थिए।

ईपीएस भाषा परीक्षा दिन नपाएका युवाहरू शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए। त्यही भीडमा मिसिन पुगेका थिए सुजन। दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो। मृतक सुजनको छातीमा नीलो डाम छ। प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। उनका साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। दैलेखबाट कोरिया जाने तयारीसहित काठमाडौं पुगेका सुजन शुक्रबार आन्दोलन गर्न नभई त्यहाँको अवस्था हेर्न गएको बताइएको छ। तर, उनी प्रहरीको कुटाइबाट मारिए।

२०६० असारमा जन्मिएका सुजनले दैलेख सदरमुकामस्थित सन्राइज बोडिङ स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए। सुजन नेपालगन्ज टेक्निकल कलेजमा सिभिल ओभरसियर अध्ययनरत रहेको दाइ नाता पर्ने किरणकुमार केसीले बताए।

सुजनले कोरिया जान्छु भनेपछि आमा नन्दाले नाइँनास्ती गर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। तर, सुजन कोरिया जान पाएनन्। आमा नन्दालाई परिवारको जिम्मेवारीको थप भारी बोकाउँदै उनी बिदा भए।

उनको कोरिया जाने सपना ललितपुरको बालकुमारीमै बिलायो। दिदी नन्दाको परिवारमाथि शृंखलाबद्ध विपत्ति आइलागेको भाइ यमराज कटुवालले बताए। मृतक सुजनका एक जना दिदी र भाइ छन्।

आछामका बिरेन्द्र साहको कोरिया जाने र परिवारलाई खुशी राख्ने सपना अधुरो रहयो।

बुवा आमाको सपना क्षणभर मै ग्वार्को बालकुमारीमा ढल्यो।स्वदेशमा रोजगारी नपाएपछि आछ्म,चौरपाटी– १ सिउडीका वीरेन्द्र शाह देश छोडने निष्कर्षमा पुगे। त्यसकै लागि एक वर्षपहिले काठमाडौं गए। राम्रो कमाइ हुने थाहा पाएपछि कोरिया जाने योजना बनाए। त्यसकै लागि कोरियन भाषा पढ्न थाले।

एक वर्षदेखि कोरियन भाषा पढेका वीरेन्द्रले भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन्। उनले बुवा आमालाई बेलाबेलामा फोन गर्थे। र भन्थे, ‘म छिट्टै कोरिया जाँदैछु। सबै ठीक हुन्छ।’

यो खबरले वृद्ध आमाबुवा पनि खुसी थिए। छोरो कहिले विदेश जाला र दुःखका दिन अन्त्य होलान् भनेर बुवाआमा औंला भाँच्दै बस्थे। तर, नियतिको खेल। न वीरेन्द्र विदेश जान पाए, न त बुवाआमाको सपना नै पूरा हुने भयो। उल्टै वीरेन्द्रले सदाका लागि प्राण त्यागे। बुढेसकालको सहाराले नै संसार छोडेपछि बुवाआमामा वज्रपात भएको छ। वीरेन्द्रका बुवा अशक्त छन्।

भाषा परीक्षामा समावेश हुन पाउनुपर्ने हक माग्दै शुक्रबार काठमाडौंमा भएको प्रदर्शनमा वीरेन्द्रलाई प्रहरीको गोली लाग्यो। साथीहरूले उपचारका लागि पाटन अस्पताल पुर्‍याए। तर, ज्यान जोगिएन।

आमा दुर्गादेवी शाह, बुवा टेकबहादुर शाहका कान्छा सन्तान हुन्, वीरेन्द्र। वीरेन्द्रको मृत्युको खबर पत्याउन मुस्किल भइरहेको वीरेन्द्रका आफन्त भरत शाहले बताए।

वीरेन्द्रको पारिवारिक अवस्था कमजोर रहेको शाहले बताए। उनले भने, ‘वीरेन्द्रका वुवालाई केही आफन्तसहित काठमाडौं पठाउँदै छौं,’ सामाजिक सञ्जालमा धेरैले मृत्युको खबर राखिसकेका छन् तर पनि पत्याउन सकेका छैनौं।’ घटनाले गाउँ नै शोकमा डुबेको भरतले बताए। जे नहुनु पर्ने भयो परिवार समालिन सकेको छैन। राज्यको गलत नियतका कारण आम नागरिकले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो त्यो भने अन्योल नै रहेको छ।

आछामका बिरेन्द्र साहको कोरिया जाने र परिवारलाई खुशी राख्ने सपना अधुरो रहयो।

काठमाडौ । बुवा आमाको सपना क्षणभर मै ग्वार्को बालकुमारीमा ढल्यो।स्वदेशमा रोजगारी नपाएपछि आछ्म,चौरपाटी– १ सिउडीका वीरेन्द्र शाह देश छोडने निष्कर्षमा पुगे। त्यसकै लागि एक वर्षपहिले काठमाडौं गए। राम्रो कमाइ हुने थाहा पाएपछि कोरिया जाने योजना बनाए। त्यसकै लागि कोरियन भाषा पढ्न थाले।

एक वर्षदेखि कोरियन भाषा पढेका वीरेन्द्रले भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन्। उनले बुवा आमालाई बेलाबेलामा फोन गर्थे। र भन्थे, ‘म छिट्टै कोरिया जाँदैछु। सबै ठीक हुन्छ।’

यो खबरले वृद्ध आमाबुवा पनि खुसी थिए। छोरो कहिले विदेश जाला र दुःखका दिन अन्त्य होलान् भनेर बुवाआमा औंला भाँच्दै बस्थे। तर, नियतिको खेल। न वीरेन्द्र विदेश जान पाए, न त बुवाआमाको सपना नै पूरा हुने भयो। उल्टै वीरेन्द्रले सदाका लागि प्राण त्यागे। बुढेसकालको सहाराले नै संसार छोडेपछि बुवाआमामा वज्रपात भएको छ। वीरेन्द्रका बुवा अशक्त छन्।

भाषा परीक्षामा समावेश हुन पाउनुपर्ने हक माग्दै शुक्रबार काठमाडौंमा भएको प्रदर्शनमा वीरेन्द्रलाई प्रहरीको गोली लाग्यो। साथीहरूले उपचारका लागि पाटन अस्पताल पुर्‍याए। तर, ज्यान जोगिएन।

आमा दुर्गादेवी शाह, बुवा टेकबहादुर शाहका कान्छा सन्तान हुन्, वीरेन्द्र। वीरेन्द्रको मृत्युको खबर पत्याउन मुस्किल भइरहेको वीरेन्द्रका आफन्त भरत शाहले बताए।

वीरेन्द्रको पारिवारिक अवस्था कमजोर रहेको शाहले बताए। उनले भने, ‘वीरेन्द्रका वुवालाई केही आफन्तसहित काठमाडौं पठाउँदै छौं,’ सामाजिक सञ्जालमा धेरैले मृत्युको खबर राखिसकेका छन् तर पनि पत्याउन सकेका छैनौं।’ घटनाले गाउँ नै शोकमा डुबेको भरतले बताए। जे नहुनु पर्ने भयो परिवार समालिन सकेको छैन। राज्यको गलत नियतका कारण आम नागरिकले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो त्यो भने अन्योल नै रहेको छ।

सचिब र सहसचिव को दरबन्दी कटौती हुने प्रस्ताव

काठमाडौँ । कार्यसम्पादन चुस्त र प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कार्यालयको प्रशासनिक एवं सांगठनिक संरचनामा व्यापक परिवर्तनको प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिवलगायत ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने महाशाखा र शाखाहरू घटाउने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई कार्यसम्पादनमा बढी जिम्मेवार बनाएर परिणाम देखिने गरी काम गराउन विषयगत डेस्क तोक्ने र सूचना प्रविधिलाई बढीभन्दा बढी प्रयोग गर्ने रणनीतिसमेत अघि सारिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त रणनीतिक योजनासहितको प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का आधारमा उक्त प्रस्ताव स्वीकृत गरिएको हो । प्रधानमन्त्री कार्यालयमा कामभन्दा कर्मचारीको भीडले जागिर खाने गरेको भन्दै सचिव र सहसचिवको दरबन्दी घटाउनुपर्ने आवाज उठिरहेका बेला उक्त प्रस्ताव स्वीकृत भएको छ, जसअनुसार प्रधानमन्त्री कार्यालयमा तीन जना मात्र सचिव रहनेछन् । कार्यालयमा हाल कायम २ सय ३४ कर्मचारीमध्ये ६८ वटा दरबन्दी कटौती गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हाल प्रधानमन्त्री कार्यालयमा ५ जनाको सचिव दरबन्दी थियो । दरबन्दी कटौतीले आफूलाई मन नपरेको सचिवलाई लामो समय प्रधानमन्त्री कार्यालयमा कामै नदिई बरन्डामा राख्ने प्रवृत्ति थियो । दरबन्दी नै नभएको स्थानमा सरुवा गर्न नमिल्ने भएकाले यो प्रस्तावले सचिवलाई बरन्डामा राखेर ‘पेन्डुलम’ बनाउने प्रवृत्ति रोकिने अपेक्षा गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन् । २०७८ माघमा प्रधानमन्त्री कार्यालयमा नौ जना सचिव थिए । कतिपय सचिवहरू कामै नगरी हाजिर गरेर तलब खाइरहेका थिए । अब यस्तो अवस्था नआउने दाबी प्रधानमन्त्री कार्यालयका अधिकारीहरू गर्छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सह–सचिवहरूको दरबन्दी पनि कटौती गरिएको छ । प्रस्तावअनुसार अब प्रधानमन्त्री कार्यालयको कार्यविभाजनमा तीन जना सचिवको नेतृत्वमा विकास, प्रशासन र कानुन क्लस्टर रहनेछन् । मन्त्रालयपिच्छे अनुगमन गरेर रिपोर्ट पेस गर्ने गरी सहसचिवको नेतृत्वमा डेस्क स्थापना गरिनेछ ।

प्रधानमन्त्री कार्यालयमा सूचना प्रविधि महाशाखा बनाउने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कायालयमा रहेको ‘वार रुम’ लाई अझ बढी प्रभावकारी बनाउने रणनीति अघि सारिएको छ । प्रशासनिक सुधार रणनीतिक योजना बनाउन प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजनमा बनेको समितिले प्रस्ताव तयार गरेको थियो । प्रस्तावअनुसार मुख्यसचिवको अध्यक्षतामा ‘पोलिसी ल्याब’ को स्थापना गरिनेछ । उक्त ल्याबमा कानुनको कार्यान्वयन र नीति निर्माणका विषयमा छलफल गरिनेछ ।

हाल प्रधानमन्त्री कार्यालयमा ११ वटा महाशखा र मुख्यसचिवको सचिवालयसहित २७ वटा शाखा छन् । मूलुकको मुख्य प्रशासनिक इकाइमा कामभन्दा पनि कर्मचारीको भीड नै थियो । एउटै कार्यालयमा यति ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती हुनु चानचुने कुरा होइन प्रस्तावको तयारीमा संलग्न एक अधिकारीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको समीक्षाका क्रममा प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्ने बताएका थिए । आर्थिक वर्ष २०८०/२०८१ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा सरकारी सेवा, नियामक निकाय र नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने उल्लेख गरिएको थियो । साथै बजेट वक्तव्यमा विद्यमान दरबन्दी र संरचनाको पुनरावलोकन गरी छरितो बनाउने उल्लेख गरिएको थियो । वक्तव्यमा सबै मन्त्रालयले मंसिर मसान्तसम्ममा संगठन तथा व्यवस्थापन सर्भे पूरा गर्नुपर्ने उल्लेख गरिएको थियो ।

सचिव अर्यालले प्रधानमन्त्री कार्यालय मात्र होइन, संघमा विद्यमान धेरै दरबन्दी घटाउनुपर्ने बताए । २०७८ साल माघमा सचिवहरूको दरबन्दी पुनरावलोकन गर्ने उद्देश्यले प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्यालको संयोजनमा बनेको उच्चस्तरीय कार्यदलले २०७९ मा मुलुकभरका सचिव संख्या घटाएर अतिरिक्त सचिवको व्यवस्था गर्न सुझाव दिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक नै नगरी थन्केको छ  भने प्रतिवेदनमा प्रशासन सुधारका थुप्रै सुझाव आएको छ तर कार्यनयन को पर्खाइमा रहेको छ ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो। दर्लामी लिखु तामाकोशी गाउँपालिका ७ का वडाध्यक्ष समेत हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

रकम हिनामिना उजुरीपछि उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाखभन्दा धेरै रकम हिनामिना भएको छ ।