थप ३३ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा रिपोर्ट प्राप्त ३३ र २४ घण्टाभित्र मृत्यु भएकाहरु २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि विहीबारसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ रहेको थियो ।

स्वास्थ्य मन्त्रालयले भन्यो ‘सुरक्षित रहनुस्, अस्पतालमा बेड उपलब्ध बनाउँन नसकिने अवस्था आयो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेकाले अस्पतालमा बिरामीलाई शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको जनाएको छ ।

विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला देखिएको उल्लेख छ ।

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र –KSBBL Debenture, 2087) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 प्रदान गरिएको छ ।
मिति २०७७÷१०÷२२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । ISIN ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

कोरोना संक्रमित डाक्टरले नै पाएनन् बेड, एम्बुलेन्समै गरे देह त्याग

काठमाडौं । उपचार नपाएपछि एक चिकित्सकको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशको गोरखपुर जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र ९सीएचसी० जंगलकोडियामा कार्यरत चिकित्सक डा। अखिलेश पासवानको बुधवार कोरोना संक्रमणको कारण मृत्यु भयो ।

परिवारका सदस्यहरूले आरोप लगाए कि डा. अखिलेश पासवान निजी एम्बुलेन्समा साढे दुई घण्टासम्म रहे तर बीआरडी मेडिकल कलेजमा बेड पाउन सकेनन् । उनको एम्बुलेन्समै मृत्यु भयो । रिसाएको आफन्तहरूले हंगामा पनि गरेका छन् ।

डा। अखिलेश पासवान मूलतः आजमगढका हुन् । उनी श्रीमती, तीन बर्षे छोरा र बाबुआमासँग भाठ क्षेत्रमा बस्दै आएका थिए । यसै बीच, उनी कोरोना संक्रमित भए । बुधबार बिहान सात बजे सास फेर्न गाह्रो भयो र अक्सिजनको स्तर कम भयो ।

पीडित परिवारले उनलाई सावित्री अस्पतालमा भर्ना गर्यो । अक्सिजनको स्तर अचानक दिउँसो ६० मा झर्‍यो । यसपछि डाक्टरहरूले बीआरडी मेडिकल कलेजमा भर्ना हुन सल्लाह दिएका थिए । सीएचसीका कर्मचारी र परिवारले उनलाई निजी एम्बुलेन्सबाट मेडिकल कलेजमा लगे ।

परिवारका सदस्यहरूले आरोप लगाए कि डा। अखिलेश अढाई दुई घण्टासम्म एम्बुलेन्समा थिए । अक्सिजनको स्तर लगातार घट्यो । मेडिकल कलेज व्यवस्थापनलाई एक डाक्टर भर्ती गर्न अनुरोध गरियो, तर बेड खाली नभएको भन्दै उनलाई भर्ना गरिएन् ।

यसै बीच डा. अखिलेश पासवानको एम्बुलेन्समा मृत्यु भयो । यस सम्बन्धमा बीआरडी मेडिकल कलेज प्रशासनको कुनै जवाफ आएको छैन ।

अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एन आई सी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । बैंकले कोभिडको जोखिमलाई मध्यनजर गर्दै बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सकिने छ ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहक महानुभावहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सकिने छ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सकिने बैंकले जनाएको छ ।

यस जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहक महानुभावहरुको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ ।

बैंकले ग्राहकहरूको जिज्ञासा तथा गुनासो व्यवस्थापन गर्नका लागि भर्खरै आफ्नो मोबाइल बैंकिङ्ग एपमा Customer Care को समेत सुरुवात गरेको छ । उक्त एप भित्र Customer Care आइकनमा ट्याप गरेपश्चात् च्याटबटमार्फत विभिन्न सेवाहरू बारे विस्तृत जानकारी प्राप्त गर्न सकिने, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क गरी बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सकिने, गुनासो टिकटमार्फत जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्ने, Video Tutorial बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो हेर्ने, ईमेल सुविधामार्फत ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सकिने रFAQs अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन सकिने विशेषताहरू रहेका छन् ।

हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा दमौलिमा खानेपानी संस्थालाई आर्थिक सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द«मा आवश्यक तारबार गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

डोटीका स्थानियको गुनासो, स्थानीय तहले कोरोना रोकथामका लागि पहल नगर्दा अलमलमा पर्यौँ

डोटी । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारको तयारी प्रभावकारीरूपमा तयारी हुन नसक्दा अन्योलता सिर्जना भएको छ । भारतबाट फर्किएका ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको ज्यान गइसकेको छ । जिल्लामा दैनिकरूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भए पनि यहाँका स्थानीय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागि खासै पहल नचालेका कारण समस्या उत्पन्न भएको स्थानीयवासीको आरोप छ ।

दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना सङ्क्रमणदर फैलिँदै गएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सुरज विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथामका लागि यहाँका स्थानीय तहले यो वर्ष खासै चासो देखाएनन्, जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, जसले गर्दा महामारीको रुप लिन सक्छ ।”

दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए । उनले भने, “जिल्ला बाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेका छैनन्, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गारो भएको छ ।” जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

“भारतबाट आएकालाई केही दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै गाली गर्छन्, हामीले त नसक्ने भयौँ, सरकारीस्तरबाट कुनै प्रयास देखिएन”, दिपायल सिलगढी नगरपालिका–१ तीखागाउँका स्थानीयवासी देवेन्द्र खड्काले भने, “भारतबाट आएका नागरिक गाउँगाउँ डुल्दैछन्, हामीले भन्दा मान्दैनन्, उनीहरूलाई कसले होम क्वारेन्टिनमा राख्ने यही समस्याले पिरोलेको छ ।”

उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाउन सबै स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो । उनले भने, “लकडाउन नै कोरोना समस्याको समाधान होइन, सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।”

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा डोटी जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनाको अवधिमा करिब रु १२ करोड खर्च गरेका थिए । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् ।

शिक्षा मन्त्रालयको कामः वर्क फ्रम होम र आलोपालोमा हुने

काठमाडौँ । निषेधाज्ञामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आजदेखि सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज बनाउने निर्णय गरेको छ ।

आफ्नो मातहतमा रहेका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काम भिडभाड कम गर्दै काम सुचारु राख्ने मन्त्रालयले जनाएको छ ।

सूचनामा आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड १९ रोकथामका लागि नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएकोले सो बमोजिम गर्नु गराउन निर्देशन दिएको प्रवत्ता दीपक शर्माले जानकारी विज्ञप्तिमार्फत् दिए ।

सार्वजनिक कार्यलयमा अनावश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धति अनुसार कर्मचारी खटाइ काम सूचारु राख्ने व्यवस्था मिलाउन कार्यलय प्रमुखलाई निर्देशन दिएको छ ।

पूर्वरानी कोमलको अवस्था गम्भिर, आईसीयूमा सारियो

काठमाडौँ। पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।

कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत् उनले आफूलाई कोराना संक्रमण भएको जानकारी दिएका हुन् ।
‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चार कर्मचारीको सहसचिवमा बढुवा, सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन

काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवाका चार राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिवस्तर)का सिनियर डिभिजनल इन्जिनियरलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवस्तर)को सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर अमृत श्रेष्ठ र दीपक कुमार दासलाई सोही सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको हो ।

त्यसैगरी बैठकले सोही सेवा, समूह तथा उपसमूहका सिनियर डिभिजनल इन्जिनियरद्वय मोहन चापागाईँ र महेशचन्द्र न्यौपानेलाई पनि राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।
चारै जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।

ब्राजिलमा २४ घण्टामा ३१ सय ६४ संक्रमितको मृत्यु

काठमाडौँ । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाखनजिक पुगेको छ ।प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ ।त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् ।उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

उपत्यकामा एक साता निषेधाज्ञाः बैंकहरु खुल्ने

काठमाडौं । काठमाडौंमा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जारी गरेको आदेशअनुसार जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । बैंक तथा वित्तिय क्षेत्रहरु खुल्ला रहने छन् भने सोही क्षेत्रका कर्मचारी परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन् ।
यस्तो छ सुचना

उपत्यकामा एक हप्ता निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा जारि गरिएको छ । वैशाख १६ गतेदेखि लागुहुनेगरी वैशाख २२ गतेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझसंयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणका लागि वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।