पूर्वमेयर गुप्ताको होटलमा सिडिओ र एसपीसहितको टोलिले मा-याे मध्यरातमा छापा( भिडियाेसहित)

अहिलेका चर्चित टिकटक स्टारसहित दर्जनौं प्रहरीको नियन्त्रणमा

रौतहट । गौर नगरपालिका पुर्वमेयर अजय गुप्ताले संचालन गरेको होटल सिया प्यालेसमा गएराती १२ बजे प्रहरीकाे टाेलीले छापा मारेको छ ।

गएराती एकाएक एकजना युवतीले आफ्नो सुरक्षाको माग गर्दै प्रहरीलाई गुहार गरेकी थिइन् । उनले फोनमार्फत नै प्रहरीसँग हारगुहार मागिन् । युवतीले गुहार मागे लगत्तै प्रहरीको टोली उनको उद्दारका लागि हाेटलमा पुग्यो । युवतीको सकुशल उद्दार गर्न लागि प्रहरीले होटलमा प्रवेश गर्न खोज्दा अवरोध गरियो ।

त्यसपछि करिब एकबजे राती प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र प्रजिअ धर्मेन्द्र कुमार मिश्र सिया प्यालेसमा पुगेका थिए । सिडिओ र एस्पिको टोली होटलमा पुग्दा दुई दर्जनभन्दाबढी युवायवुतीहरुको भिड जमेको थियो । उनीहरुले मदिरा सेवन गरेका कारण कोहि होसमा थिएनन् । त्यहीमाझकी एक युवतीले भने आफुलाई जोगाइदिन भन्दै प्रहरी समक्ष याचना गरेकी थिइन् । अचानक होटलमा प्रहरीको टोलीले प्रवेश गरेपछि पनि त्यहाँको माहोल शान्त भएको थिएन । आफ्नो क्षणिक मनोरञ्जनमा मदिराले लठ्ठ भएर रमाइरहेका युवाहरुको माझ दर्जनौं टिकटक स्टार जो सिया प्यालेसको नियमित ग्राहक टोली बनेका थिए । प्रहरीले उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

रौतहट को यो १२ वर्षको समयावधिमा घटेको यो पहिलो घटना हो, जुन मध्ये रातमा नागरिकको हारगुहारलाई रेस्पोन्स गरेर प्रहरी उपरीक्षक कै टोलिले ती युवतीलाई उद्दार ग-यो । मान्छे बस्ने कोठा मात्रै दिने यस होटलमा पछिल्ला दिनहरुमा जुवा तास मात्रै खेलाइदैन । भारत र नेपाल कै कतिपय युवतिहरुलाई पनि प्रयोग गरेर यौनजन्य कृयाकलाप गराउदै आएको नागरिक समाजको आरोप छ ।

मेयर गुप्ता संचालक रहेको होटलमा यौनजन्य धन्दा चल्ने गरेको आरोप लागिरहेको भएपनी राजनीतिक आडले कसैले पुर्वमेयरलाई तोकेर भन्न नसकेको श्रोतको दाबी छ । होटेलमा हरेक दिन जुवा र तास मात्रै होइन मदिराले मस्त ग्राहकलाई नै युवतीसहितको संगीतले मनोरञ्जन दिलाउने सेवा पनि दिइरहेको स्थानीय बताउँछन् । त्यस्ता कृयाकलापहरुले गौर वरपरका वातावरणलाई नै प्रदुषण गराएको भन्दै पटक–पटक आरोप खेप्दै आएपनी होटल सञ्चालक कार्वाहीको दायरामा कहिल्यै नआएको स्थानीयको गुनासो छ । संविधान सभाको उम्मेदवार समेत भएका पुर्वमेयर गुप्ताले भिरेको मुकुन्डोको भेद एक स्वाभिमानी युवतीले मध्येरातमा प्रहरी समक्ष आफुलाइ जोगाइदिन गरेको आग्रहले बिगतको धन्दालाई उजागर गराएको प्रष्ट भएको छ । प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र प्रजिअको टोलीले गएराति होहल्ला गरेको आरोपमा डेढ दर्जन मनोरञ्जनकारीलाई नियन्त्रणमा लिइसकेको छ । त्यस मध्यमा थुप्रै टिकटक स्टार परेका छ्न । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्नका लागि हाल हिरासतमा राखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख श्रेष्ठले भने,‘सिया प्यालेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेको सत्य हो । यस्तो गलत धन्दा संचालान गराउने र संलग्न सबैका बिषयमा अनुसन्धान भइरहेको छ । यसमा निष्पक्ष छानबिन हुन्छ ।’

सम्पत्ति न्यूजले यस बिषयमा प्रजिअ मिश्रसँग सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको भन्दै घटना थपबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया प्यालेस होटलमा बसेका महिलाको कोठा ढक्कयाई ढोका खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ। विहिवार राति १२ बजे सम्म होटलको तलको हलमा अश्लील नृत्य तथा माथिल्लो कोठामा यौनजन्य क्रियाकलाप सहित होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरीसँगै प्रहरी उपरीक्षक श्रेष्ठ र प्रजिअ मिश्र त्यहाँ पुगेका थिए । अश्लील नृत्यमा मनोरञ्जन लिन भारु ३५ हजारको टिकट काटेर प्रवेश गराइएको छ । घटना स्थलमा प्रहरीको छाया पर्नासाथ कतिपयको भागाभाग भएको हाम्रा समाचारदाता राधेश्याम साहले बताए । स्मरण रहाेस् हाेटल सञ्चालक पूर्वमेयर गुप्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिनिधिसभाको चुनावमा एमालेका तर्फबाटका प्रतिस्पर्धी बनेका निकटतम् पराजित उम्मेदवार हुन् ।

दुई लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा पच्चीस सय हराए

एजेन्सी । चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा  दुई हजार पाँच सयभन्दा बढीको  मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसीआर) का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएको अल जजिराले खबर प्रसारण गरेको छ । युरोप प्रवेश गरेकामध्ये  करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको रुभेनले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिए भने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनले बताए ।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका हुन् । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भएका छन् ।

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिएका थिए । अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी 

काठमाडौँ। यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् । 

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् । 

काठमाडौँ चौपाया खरिद बिक्री सङ्घका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिनुभयो । यस वर्ष गत वर्षकै हाराहारीमा ४५ देखि ५० हजार सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उहाँको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा यस वर्ष बिक्री खासै नबढ्ने देखिएको उहाँको भनाइ छ । यस वर्ष खसीबोकाको मूल्य गत वर्ष कै प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपियाँसम्म कायम रहेको उहाँले जानकारी दिनुभयो ।

हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको व्यवसायीको भनाइ छ । घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म बढीमात्रामा खसीबोका बिक्री हुने व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर बिक्री गर्ने गरेका छन् । 

खाद्य कम्पनीले तीन हजार बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । 

चाडपर्वको बेलामा उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नका लागि गाउँ गाउँबाट खरिद गरेर बिक्री गर्ने भएको हो । दसैँमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न खसीबोका खरिद गरी उपत्यकामा ल्याई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने तयारी गरिएको जानकारी दिनुभयो । बजार मूल्य नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउन यस वर्ष पनि खसीबोका खरिद गर्ने तयारी गरिररहेको उहाँले जानकारी दिनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । 

आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको उहाँले जानकारी दिनुभयो । घटस्थापनाको दिनदेखि उपत्यकामा ल्याएर बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । दाङको तुलसीपुर, मकवानपुरको हैटौँडालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । घटस्थापनाका दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।   गोरखपत्र दैनिकमा समाचार छ ।

आजको राशिफल यस्तो छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो÷कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । कार्यक्षेत्रमा सफलता पाउनुका साथै सीप र प्रविधिको प्रयोग गरेमा वर्चस्व कायम हुने तथा प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुने राम्रो दिन छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । सुख÷सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला, नत्र पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भानुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार उनलाई अहिले काठमाडौँ ल्याइँदै छ ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले बताए । उनले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए । आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा.महत

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’

‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भने, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’

‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । उनले भने, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’

मन्त्री डा. महतले भने, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकरात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’

‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री डा. महतले भने, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ, गर्न कठिन छ । त्यसकारण सकरात्मक कुरा बिकाउन गाह्रो छ ।’

उनले भने, ‘समस्या सिस्टममा छ, नकरात्मक बहसले निरन्तर राम्रो काम गरिरहेको छ । राम्रो काम गर्न चाहनेहरु ओझेलमा पर्ने भए । राजनीति र प्रशासनमा राम्रो काम गर्नेहरु छन्, सुशासन, दीगो विकास र समृद्धिको जुन मापदण्ड बनाइएको छ, त्यसमा खरो नउत्रिने पनि छन् । अर्थात् शासनभित्र र बाहिर सबै खाले प्रवृत्ति छन् ।’

देशमा सकरात्मक बहसको आवश्यकता रहेको उनले बताए । उनले भने, ‘सही काम गर्नेहरुलाई चिन्न आवश्यकता छ । यो किसिमको बहस देशमा चल्यो भने जसले काम गर्दैन, त्यसलाई छुट्याउँ, जसले काम गरेको उसलाई चिनौं । यो परम्पराको थालनी हुनुपर्छ ।’

कानुनी शासन सुशासनको पहिलो आधार भएको उनले स्पष्ट पारे । मन्त्री डा. महतले भने, ‘कानुनअनुसार हामी काम गर्छौ कि गर्दैनौं । त्यत्ति मात्र होइन, हामी कामप्रति समर्पित छौं कि छैनौं । कानुन मान्ने तर, काममा ढिलासुस्ती भयो भने नतिजा आउँदैन । नतिजा बिनाको सुशासनको अर्थ छैन । राज्य संरचनामा हामीले अनेकौं स्टक्चर सिर्जना गरेका छौं । सही काम गर्दागर्दै पनि त्यहाँ प्रश्न उठाइराखेका हुन्छौं । ठीक काम गरे पनि त्यसमा प्रश्न उठाउने भएकाले प्रशासनतन्त्रमा निर्णय नगर्ने प्रवृत्ति छ । निर्णय नभएपछि काम भएन ।’

‘दीगो विकासमा हामी तत्कालको मात्र कुरा गर्ने कि आउँदो पिढीको पनि कुरा गर्ने ? प्रकृतिसँग सहकार्य गरेर हामी अगाडि बढ्ने कि जेसुकै होस् भनेर तत्कालको आवश्यकता हेर्ने ? यो कुरा हामीले निर्धारण गर्नुपर्छ’ उनले भने, ‘तत्कालिक आवश्यकतालाई मध्यनजर राख्दा सामाजस्यता गर्नुपर्ने हुन्छ । श्रोत सानो छ, तत्काल गर्नुपर्ने राजनीतिक दबाब छ, त्यसमा कसरी सामाजस्यता गर्ने भन्ने कठिन चुनौति हाम्रा अगाडि छ ।’

मन्त्री डा. महतले भने, ‘समृद्धि पनि तत्कालिक र दीर्घकालीन हुन्छ । आधुनिक विकास हामीले धेरै ढिलो सुरु गरेका हौं । राजनीतिक स्थरिता पनि ढिलो भयो । यो कुरा अहिले गरियो भने क्षमा पाइँदैन । सत्तामा बस्नेको यो बहानाबाजी हो भनिन्छ ।’

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।
मन्त्री भुसालले काठमाडौँस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।
कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिदैँ तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीदाई निर्देशन दिएका छन् ।
देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, विरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएका छन् ।
लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि के कस्ता प्रयास भएका छन् मन्त्री भुसालले चासो राखेका थिए ।
लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको कार्यालयका प्रमुख पशु चिकित्सक डा। टंक प्रसाद प्रसाईले जानकारी गराए ।
लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको डा। प्रसाईले बताए ।
मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।
भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्नेछ । यो काम दशै अगावै गर्ने गरी काममा लाग्न कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिएका छन् ।
साथै मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादन सम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिएको पशु चिकित्सक पूर्ण बहादुर बुढाले बताए ।
मन्त्री भुसालले तत्काल प्रयोगमा नआएका मेसिनलाई तत्काल प्रयोग गर्नुपर्ने र अन्य समस्या भए आफूलाई तत्कालै गर्नुपर्ने कामको बारेमा औपचारिक रुपमा जानकारी दिन आग्रह गरे । अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् ।

सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता (सुचिसहित)

काठमाडौँ । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।

यसअघि सरकार र शिक्षक महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो ।

शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुटेसँगै शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

सहमतिका बुँदा केहीबेरमा सार्वजनिक गरिने बताइएको छ। शिक्षा मन्त्री अशोक कुमार राईले अब शिक्षकहरुले राखेका मागको विषयमा अध्ययन गरी संसदमा प्रस्तुत गर्ने जानकारी दिए।

उनले भने,‘शिक्षकहरू सहमतिमा आउनु भएको छ,अब शिक्षामन्त्रीको जिम्मेवारी भएको छ।’

वार्तामा शिक्षामन्त्री,शिक्षा राज्यमन्त्री,राहत शिक्षकका प्रतिनिधिलगायत सहभागी थिए। सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि नै देशभरका शिक्षकहरूले आन्दोलन थालेका थिए। 

गत शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि स्थायी शिक्षकहरू घर गएका थिए। तर,माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय सङ्घर्ष समिति, नेपाल बाल विकास शिक्षक सङ्घर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन कायम राख्दै सडक छाडेका थिएनन्।

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।

नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।

उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्‍याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्‍यो । तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्‍यो । घुस दिएका कारण बल्ल ४ बजे काम भयो । घुस नदिएको भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्‍यो। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेको उनको आरोप छ ।‘मेरो भरदिन त्यहि काममा बबित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले भने । लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ।

घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खोजे । कार्यालयमा भएको अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेको विषयमा आफू जानकार नरहेको भन्दै पन्छिएर कर्मचारीमाथि आरोप लगाउँदै सिंहले भने, ‘उनको (अमिन गैन महतो) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’ अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ।

सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासो आउने गरेको छ ।

सातै प्रदेशका लागि माध्यमिक तह सामाजिक शिक्षकको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको सामाजिक शिक्षकका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले लिखित (सामान्य तथा विषयगत) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। शिक्षक पदको परीक्षा गत चैत्र १८ गते र असार ९ गते लिइएको थियो।

आयोगले सातै प्रदेशको परीक्षाफल प्रकाशित गरेको छ। सफल उम्मेदवारहरू असोज २० गते शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरमा हुने अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।

आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटकपटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।

आज (शुक्रबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे । उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाए ।

“यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ”, उनले भने ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिए । “अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ”, उनले भने, “चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”

बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गरे । उनले भने “घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।”

आन्दोलनरत आवासीय चिकित्सकहरुले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताए । उनीहरुले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राखे ।

समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिएका थिए । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुव्र्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताए ।

मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना सबै दललाई सचेत गराएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सबै दलहरुलाई मिलेर सरकार चलाउन सुझाव दिएका हुन् ।

पुराना दललाई सहमतीय सरकार बनाउन अपिल गर्दै उनले आफ्नो पार्टीले प्रतिपक्षी मोर्चा सम्‍हाल्ने बताएका छन् ।

यस्तो छ लामिछानेको स्टाट्स
‘अबको ४ वर्ष तपाईंहरु सबै मिल्नूस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनूस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’

उनले थप भनेका छन्,‘मिसन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त, मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त१ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त, यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नूस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनूस् ।’

उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन‍् । ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’

४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४–४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनूस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’

केरा खेतीबाट मनग्य आम्दानी गर्दै मोहन

कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउँछन् । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने गरी भाडामा लिनुभएको छ । व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् ।

वर्षमा उहाँले दश ट्रक बढी केरा बिक्री गर्दै आउनुभएको छ । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ । “घरमा बेरोजगार हँुदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे”, किसान रानाले भने, “वैदेशिक रोजगारीमा जाँदा रु दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलव पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा रु ६० हजार मात्रै तिर्न सकियो, रु एक लाख ४० हजार तिर्न पाउने तलवबाट भ्याएन ।”

खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उनले बताए । “बाँकी रहेको रु आठ हजार उनी घर पठाउन्थेँ । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाल्नुभयो । “चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए”, उनले भने, “दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर रु एक लाख ८० हजार जति आम्दानी भयो ।”

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उहाँले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । “केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले”, रानाले भने, “त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पु¥याउन थालेका छन् ।”

केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन । राना भन्छन्, “वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट विस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।”

वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउँछन् । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रुपमा रहेको बताउँछन् ।

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।

हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । “वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ”, उनले भने, “बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।”

वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए रु पाँच सय जरिवाना गरिनेछ ।

पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ ।