एकल सरकार बनाउदै नेपका एमाले

काठमाडौँ।नेकपा एमालेले एकल सरकार गठन गर्ने विषयमा आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठक आगामी २२ गतेको लागी बोलइयको हो।
गत चैत ५ गते बसेको बैठकले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। उक्त बैठकमा नेकपा एमालेका नेपाल समूहका सांसदहरू उपस्थित भएका थिएनन्। त्यसै दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएका थिए भने नेपाल समूहले समर्थन उपस्थीत नभयका कारण कायम नै राखेको थियो।
आगामी बैठकमा सरकार गठनका विषयमा रणनीति तयार गर्ने भएको छ। आगामी संसदीय दलको बैठकमा आफूहरु पनि सहभागी हुने नेपाल समूहक सांसद कुर्मराज शाहीले जानकारी दिनुभयो ।

माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने

काठमाडौं ।पुर्व प्रधानमत्री माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताउनु भयो।
युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’
सर्वोच्च अदालतले गत फागुन २३पुर्व एमाले र माओवादि जन्माइदियपछी पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको समूहबीच विवाद उत्कर्षमा पुगेको छ । नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को कमिटी र नेतृत्व स्वीकार गर्नुपर्ने बताएको छ भने अध्यक्ष ओली साविकको नेकपा विभाजनका बेला आफ्नो समूहले बनाएको कमिटीहरुलाई नै निरन्तरता दिएको छ ।उक्त कारण नेता नेपालले छुट्टै कार्यालय खोल्न लागेका हुन्न ।

जीप दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौँ । पाँचथरको याङवरक गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक को मृत्यु भयको हो ।उनि फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको खुलेको छ। जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउदै ठढेलो

काठमाडौँ ।यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्याको प्रमुख कारण डढेलो बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्यायका छन् ।
त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्नुहुन्छ, “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।”
उहाँले भन्नुभएजस्तै विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ ।
जसअनुसार कुनै देसमा मात्र होइन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् । ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताउनुभयो । दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ ।पछिल्लो २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सुन्दर शर्माले भन्नुभयो व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता लिनुपर्दछ । नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उहाँ बताउनुहुन्छ । डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन ।
वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ । बृहत् रूपमा लागेको आगो मानवीय प्रयासले मात्र नियन्त्रण गर्न सम्भव हुन्न । क्यानडा र अस्ट्रेलियामा डढेलो लाग्दा अमेरिकाको फायर फाइटिङ विमानले आगो निभाउन सघाएको थियो । विश्वव्यापी सहकार्यले नै यस्ता खालको विपत्बाट बच्न सकिने शर्मा भन्नुहुन्छ । दक्षिण एसियामा डढेलोलगायतका विपत्बाट जोगिनका लागि विभिन्न मुलुकले सामूहिक कदम चाल्ने अभ्यास भने निकै कम छ ।
देशगत र विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सामूहिक हातेमालो गर्ने प्रक्रिया सबै मुलुकले सुरु गर्नुपर्नेमा उहाँको जोड छ । शर्मा सुझाउनुहुन्छ, “कुनै मुलुकसँग स्रोत साधन पर्याप्त होला, कुनैसँग पैसा पर्याप्त होला त्यसैले जोसँग जे छ त्यो नै एकअर्कासँग बाँडेर सघाउन सकिन्छ । ” नेपालसँग भएको जनशक्तिलाई उपकरणयुक्त, प्रशिक्षणयुक्त र सशक्तीकरणयुक्त बनाउन छिमेकी मुलुकसँगको सहकार्यले सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सिङ्गो एसिया र अफ्रिकाको भूभाग आगोमा जलिरहेको अवस्थामा नेपाल र अन्य देशले एकल प्रयासले आफ्नो देशको आगो निभाउने असफल प्रयास गर्नुभन्दा संयुक्त प्रयासमा अगाडि बढ्नु सुझबुझपूर्ण हुने शर्माले बताउनुभयो । नेपाल सरकारको तर्फबाट के कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँ आगो निभाउने रणनीति निर्माणमा लाग्नुभएको छ । जसका लागि वन विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त विज्ञका रूपमा शर्मालाई नियुक्त गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकका अनुसार नेपालका धेरै सामुदायिक वनमा लागेको डढेलो निभाउन मानवीय स्रोत नै प्रमुख रूपमा प्रयोग गरिएको छ । बाल्टिनले पानी खन्याउने, बोरा भिजाएर आगोमा हान्ने, बालुवा फ्याँक्ने, केराको सुप्ला र चिसो बुट्यानले आगोमा हातले हिर्काउने विधि डढेलो नियन्त्रणमा प्रयोग गरिन्छ ।यो समाचार गारखा पत्रबाट लियको हो ।

गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ ।गोली लागोका युवको मृत्यु भयको छ । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको हो । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका छन् ।
गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनियको थियो ।अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो अहिले बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउसो बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भयको छ विभीन्न समितीका सभापतीका अनुसार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमानेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी र कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । साथै बैठकबाट वार्षिक प्रतिवेदनहरू समेत पेस गरिने जनाईएको छ । विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछी सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ ।

बाबुआमा भएकै बालबालिका बालगृहमा

काठमाडौँ ।बुबाआमा दुबै भयका बालबालीका बालबालीका बालगृहमा राखियको छ । संरक्षकत्व लिने बुबाआमा तथा नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था छ ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिकालाई मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था गरिए पनि झन्डै ७७ प्रतिशत बालबालिका आमाबाबु भएका बस्ने गरेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “आमाबाबु भएर पनि बालगृहमा बस्ने बालबालिकामध्ये एकथरी गरिब परिवारका छन् भने अर्काथरी दुर्गम ठाउँका आमाबाबुले छोराछोरी सहरमा राम्रो विद्यालय पढाउने प्रलोभन भएको पाइन्छ ।”
पछिल्ला केही वर्षदेखि परिषद्ले अति आवश्यक भएका बालबालिकाले मात्र बालगृह बस्नुपर्छ भनेर कतिपय त्यस्ता बालबालिकाको पहिचान गरेर परिवारमै पुनस्र्थापना गराउने काम गर्दैआयतापनि तेति प्रभाबकारि भयको देखिदैन । उहाँले भन्नुभयो कोरोना महामारीमा मात्रै झन्डै चार हजार बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम परिषद्बाट भएको छ । परिषद्का अनुसार हाल देशका ४५ जिल्लामा सञ्चालन गरिएका ४८९ वटा बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेका छन् ।
यहाँ छ हजार १५६ बालिका र पाँच हजार १९४ बालक छन् । यी बालबालिकामध्ये पनि ७८ प्रतिशत बालबालिका बाबुआमा भएको बताइएको छ । परिषद्का सूचना अधिकारी चन्दले सबै बालगृहको अध्ययन नभए पनि परिषद्ले बर्सेनि गरेका अनुगमनबाट २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको पाइएको बताउनुभयो ।
बुबाआमा भएका बालबालिका पनि बालगृहमा रहेको स्वीकार गर्दै केन्द्रीय बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले भन्नुभयो, “गरिबीका कारण र राम्रो शिक्षाको प्रलोभनमा बालबालिकालाई बाबुआमाबाट छुट्याएर बालगृह राख्नु कानुनविपरीतको काम हो । ”
उहाँका अनुसार मापदण्डमा आमाबाबु नभएको वा भएर पनि शारीरिक वा मानसिक अवस्थाका कारण पालनपोषण गर्ने अवस्थामा नरहेका र परिवारको सदस्य, संयुक्त परिवार र नजिकका नातेदार वा अरू कुनै परिवारमा राखेर पालनपोषण गर्ने व्याक्ति नभयको अवस्था रहेका बालबालिकालाई बालगृहमा राख्न पाइन्छ । बालअधिकारकर्मीसमेत रहनुभएका धितालले भन्नुभयो, “बालगृह बालबालिकालाई आवश्यक भएर सञ्चालन गरिनुपर्ने तर यहाँ त बालगृहलाई बालबालिकाको आवश्यकता बढी देखिन्छ । ”
। परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उपत्यकामा एक सय बालगृहको अनुगमन गरी छवटाले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ ।
न्यूनतम मापदण्ड पालना नगरेका छवटा बालगृहमध्ये तीनवटा बालगृहबाट बालबालिका उद्धार गरी बन्द गरिसकेको र तीनवटा बन्द गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । चन्दले भन्नुभयो, “बन्द गरेका तीन बालगृहमा जोखिम अवस्थामा रहेका २१ बालक र २० बालिका गरी ४१ बालबालिकालाई उद्धार गरिएको छ, उनीहरूमध्ये अधिकांशलाई परिवारमै पुनर्मिलन गराइएको छ भने सानो सङ्ख्याका बालबालिकालाई सरकारको समन्वयमा सञ्चालित अस्थायी बालगृह ‘ट्रान्जिटहोम’ मा राखिएको छ । ”

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

काठमाडौँ । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुगेका छन् । उनीहरु सोमबार इराक पुगेको बताइएको हो । उनीहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नेछन् । उनीहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ । इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।
सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।
सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताएका थिए । सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

मेगा बैंकबाट रिक्सा चालकहरुलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् । विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।
मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताए ।
नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो ।

यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन् ।
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

सात केजी गाँजासहित युवक पक्राउ

काठमाडौँ । बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेको जिल्ला प्रहरि कार्यालय उदयपुरले जनायको छ ।
सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि युवकलाइ बेलकामा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरीकर्यालयले बताएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या वड्दो

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २११ जनामा कोरोना संक्रमण पुस्टि भयको छ । यससँगै कूल संक्रमित संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेका छने । उक्त अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनयकाृ छ ।
कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाख भन्दा बढिलाइ खोप दिइसकियको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसा कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको थीयो। मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको भारतीय समाचारहरुले जनाइएका छन् ।

एमाले अध्यक्ष ओलीद्धारा अन्तरपार्टी निर्देशन जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमत्री समेत रहेका केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । ओलीले २० पृष्ठको अपानि जारी गरेका हुन् । गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्न भन्दै उक्त अपानि जारी गरेका हुन् ।
पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा अपानिमा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता साउन १ देखि बढइदैःप्रधानमन्त्री

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता बढइने भयको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिनेबताउनु भयको छ ।
साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै,’ रिपोर्टस् क्लवको स्थापना दिवसमा गरेको कार्यक्रममा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’
सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको समेत उनले बताए।

रावलको निधन प्रति मन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको थियो ।
मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट गरि दःख व्याक्त गर्नुभयको हो । साथै उहाँको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोग समेत गर्नुभयो ।
लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।
उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उहाँका घरपरिवारले बतायका छन् । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक हुनुहुन्थ्यो । उहाँको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।