चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो: सिटिइभिटी सदस्य सचिव

काठमाडौँ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जिवनारायण काफ्लेले चिकित्सा शिक्षा ऐनको कारण थुप्रै नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको बताउनु भएको छ ।

आज संचार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अबस्था र यस्को बिकासमा सञ्चारकर्मिको भुमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपालका यत्रा नर्सिङ्ग कलेज एकैपटक बन्द हुदा विद्यार्थी ठुलो रकम खर्चेर छिमेकी मुलुक लगायत अन्य देशमा शिक्षा लिनकै लागी जानुपर्ने बाध्यताले चिन्तित तुल्याएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले २०४५ सालमा स्थापना भएको सिटिइभिटीले आफ्नो स्थापनाकाल देखिनै देश विकाशमा महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

उहाँले सिटीभिटीले स्वास्थय क्षेत्रमा उत्पादन गरेको जनशक्तिलेनै अहिलेको नर्सिङ्ग क्षेत्र थेगेको बताउनुभयो ।

उहाले सिटिइभिटीमार्फत औपचारिक तथा अनौपचारिक शिक्षा लिएर सिप सिकेरमात्र बैदेशिक रोजगारीमा जान युवालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सञ्चारकर्मीले कुनैपनि कुराको समाचार लेख्दा खोज अनुसन्धान गरेरमात्र लेख्न आग्रह गर्नुभयो ।

सिटिइभिटी तथा त्याहा कार्यरत कर्मचारीको बारेमा बिगत केही दिन अघि देखि प्रकाशन प्रशारण भएका समाचार प्रति टिप्पणी गर्दै सदस्य सचिव काफ्लेले समाचार लेख्दा सत्य तथ्यका आधारमा वास्तविकता बुझेर लेख्न आग्रह गनुभयो ।

उहाँले सञ्चारकर्मीलाई सिटिभिटी मार्फत सञ्चालन भएका औपचारिक तथा अनौपचारिक तालिमवारे देशका दुर्गम कुना काप्चामा रहेका युवा सम्म सुचना सम्प्रेषण गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका राष्ट्रिय अध्यक्ष सैलेन्द्र मोहन झाले सिटिइभिटी अन्र्तगतका यावत कलेज बन्द गराएर त्यसको फाइदा उठाउन ठुलो माफियाको गिरोह लिगी परेको बताउनुभयो ।

उहाले निजी क्षेत्रले सिटिइभिटी मार्फत २०५१ सालमा संस्था सञ्चालन गरेर २०५७/५८ मा वाल मृत्युदर र मातृमृत्युदर घटाएको दावी गर्नु भयो ।

बिगत लामोसमयदेखी शिक्षाको नाममा बिदेशमा छात्र छात्रा पठाएर अकुत कमाउने माफियाको खेलमा सिटिइभिटी अन्तर्गतका यत्रा नसिङ्ग अध्ययन अध्यापन गराउने संस्था बन्द गरिएको उहाँले दावी गर्नु भयो ।

नेपालका निजी संस्थाले उत्पादन गरेका जनशक्तीको सवालमा गुणस्तरवारे कसैले प्रश्न उठाउन नस्कने ठोकुवा उहाँले गर्नु भयो ।

उहाँले काउन्सिलले लिने लाईसेन्सको परिक्षाको नतिजाबाट उक्त कुरा प्रष्ट हुने दावी गर्नु भयो ।

कार्यक्रममा निजि प्राविधीक शिक्षालय महासंघका केन्द्रीय सचिव भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐन मार्फत सरकारले लाखौ बिद्यार्थीको भविष्यमाथी खेलवाड गरेको बताउनुभयो ।

उहाँले सरकारले यत्रा नसिङ्ग क्याम्पस बन्द गराएर माफियाबाट सोझा साझा जनता शिक्षाको नाममा लुटिने मार्ग खुला गरेको बताउनु भयो ।

उहाँले यस चिकित्सा ऐनको पछाडी गोविन्द केसी लगायतलाई ढाल बनाएर ठुला माफियाले चलखेल गरेको दावी गर्नुभयो ।

नेपालबाट श्रम पलाएन मात्र हुने गरेकोमा अहिले शिक्षाकालागी भनेर पुँजी पालएन ब्यापक बढेको उहाँले बताउनु भयो ।

धनीवर्ग बिदेशमा गएर पढला के गरिवले अब नेपालमा पढन नपाउने ? उहाँको प्रश्न रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथी सुचना तथा प्रशारण बिभागका महानिर्देशक गोगन बहादुर हमालले अबको सञ्चार जगत प्रविधी विना परिकल्पनै गर्न नसकिने तर्फ उन्मुख रहेको बताउनु भयो ।

उहाँले सुचना प्रबिधीको बिकाससँगै छापा माध्यमका पत्रपत्रिका ओझेलमा पर्दै गएको बताउनु भयो ।

उहाले पत्रकारहरुले प्राविधिक शब्द तथा क्षेत्रको ज्ञान राख्न निकै आबश्यक रहेको बताउनु भयो ।

प्रविधिको प्रयोगसँगै न्युज ब्रेक गर्ने होडमा लागेर पत्रकारहरुले तथ्यमाथी ध्यान नदिदा एउटै समाचारमा बिभिन्न मिडियामा फरक तथ्याङ्क आउने गरेको भन्दै सत्य-तथ्यमा समेत पत्रकारले ध्यान दिन पर्नेे उहाँको तर्क थियो ।

उहाँले सुचना प्रबिधीले मानिसको जिन्दगीलाई सहज तुल्याएको हुदा निश्चित मर्यादामा रही यस्को भरपुर उपयोग गर्न सल्लाह दिनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेस काउन्सील नेपालका अध्यक्ष तथा बरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले हाल आकस्मिक रुपमा त्यत्रा नर्सिङ्ग क्याम्पस बन्द गरिनु अब्यवहारिक भएको भन्दै सरकार सिटिइभिटी तथा निजी क्याम्पस सञ्चालक बसेर यस समस्याको समाधान निकाल्नु पर्ने बताउनु भयो ।

उहाले नेपालको शिक्षाक्षेत्र सिद्धान्तिक शिक्षामा केन्द्रित रहेको हुदा ब्यवहारिक पाटोतर्फ समेत सुधार आबश्यक रहेको कुरा औल्याउनु भयो ।

उहाँले पत्रकारितामा स्नातक गरेको एक बिद्यार्थीले एउटा समाचार लेख्न नसक्ने अबस्था नेपालको शिक्षामा रहेको बताउदै त्यसको सुधार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका अध्यक्ष प्रेमचन्द्र झाले प्राबिधिक शिक्षाले बेरोजगारको समस्या धेरै हद सम्म कम गर्ने बताउनु भयो ।

उहाँले अधिकांश युवा रोजगारिका लागी बिदेशिएको भन्दै प्राबिधिक शिक्षा स्थानिय तह सम्म बिस्तार गरि सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रिय सचिब गोविन्दप्रसाद चौलागाईले शिक्षा राज्यको बिकासको आधार रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले प्राबिधीक शिक्षा विश्वभरनै बिकासको सुचक शिक्षाको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाँले यस कार्यक्रमले प्राविधिक शिक्षाको विकासमा पत्रकारको भुमिकावारे प्रष्ट हुने अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

तराई बिकास तथा संचार केन्द्रले सञ्चालनमा ल्याएको विजुली बजारस्थित सञ्चारकेन्द्रको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा बिभिन्न संचार माध्यमका प्रतिनीधि, पत्रकार, बौद्धिक ब्यक्तित्व, नागरिक समाज लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो: सिटिइभिटी सदस्य सचिव

सडक बिभागको माहानिर्देशकमा शिवहरी सापकोटा

सडक बिभागको माहानिर्देशकमा शिवहरी सापकोटा

काठमाडौँ-सडक बिभागको महानिर्देशकमा शिवहरी सापकोटा नियुक्त हुनु भएको छ ।

मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले बिभागको महानिर्देशकमा शिवहरी सापकोटा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात बिकास मन्त्रालय अन्तर्गत रहेको सडक बिभागको महानिर्देशक अर्जुनजंग थापाको सरुवा भएसँगै उक्त स्थानमा शिवहरी सापकोटा नियुक्त हुनुभएको हो ।

शिवहरी सापकोटा निकै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा कर्मचारी वृत्तमा परिचित हुनुहुन्छ ।

बिभिन्न सडक डिभिजन कार्यलयमा कार्यरत रहदा उहाँले गर्नुभएको कार्य उत्कृष्ट हुने गरेको आम सर्बसाधारणले बताउने गरेका छन् ।

उहाँले नेतृत्व गरेको कार्यालयमा उहाँले गरेको कार्यको मुक्तकण्ठले प्रसंसा हुने गरेको छ ।

सडक बिभागको महानिर्दैशकमा नियुक्त हुनु भएको उहाको कार्यदक्षता एकदमै उत्कृष्ठ रहदै आएको छ ।

सरल ब्यक्तित्वका धनी सापकोटा जनताको समस्या छिटो बुझने, छिटो निर्णय दिन सक्ने निकै कम प्रशासक मध्यमा चिनिनु हुन्छ ।

सडक बिभागको महानिर्देशकमा उहाँको आगमनसँगै देसका सडकको निर्माण तथा सडककोस्तर सुधारमा उल्लेख्य सुधार हुने अपेक्षा आम मानिसको रहेको छ ।

सडक बिभागको माहानिर्देशकमा शिवहरी सापकोटा

३१ वन्यजन्तु मरे

३१ वन्यजन्तु मरे

चितवन-जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् ।

साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् ।

डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैँडा करेन्ट लागेर मरेको हो ।

भरतपुर महानगरपालिका–१६ मा गैँडा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको अवस्थामा फेला परेको हो ।

यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको उहाँले जानकारी दिनुभयो ।

गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् ।

खनालका अनुसार ७० प्रतिशत वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् ।

वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुनसकेको छैन ।

जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए ।

तिनीहरुमा एउटा पाटेबाघ, नौ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो ।

खनालले भन्नुभयो, “सवारी साधन चलाउनेले होसियारी पुर्‍याइदिएमा वन्यजन्तु मर्ने सङ्ख्या घट्ने छ ।”

धेरै सङ्ख्यामा मर्ने गरेको पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली खण्डमा आकाशे पुल वा सतही सडक निर्माणको बहस चलेको छ ।

सबैभन्दा बढी गैँडा र चित्तल मरे

यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन् । सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन ।

निकुञ्जको तथ्याङ्कानुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो ।

प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् ।

गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ ।

सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ । खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे ।

सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र चार भाले चित्तल मरेका हुन् ।

अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका हुन् । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् ।

खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् ।

६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ ।

एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन विभिन्न जनावर मरेको तिवारीले बताउनुभयो ।

३१ वन्यजन्तु मरे

छानबिन समिति गठन

ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ ।

पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।

ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो ।

सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलङ्गवा पुगे पनि शव नबुझी फर्किएका छन् ।

गठित छानबिन समितिमा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

छानबिन समितिलाई सो दुर्घटनाको सम्बन्धमा सत्यतथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

काठमाडौँ-पर्यटन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का चार जनाको बढुवा गरेका छन् ।

मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बोर्डको बैठकले ११ औँ तहका प्रेमनाथ ठाकुर, हंसराज पाण्डे, देव चन्दलाल कर्ण र गोविन्द प्रसाद दाहाललाई १२ औँ तह उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण हुन लागेको अवकाशको पूर्वसन्ध्यामा उनीहरुलाई बढुवा गरिएको हो ।

१२औं तहमा बढुवा भएकाहरु ११औं तहका सिनियर अधिकारीहरु हुन् ।

उनीहरुलाई आज शुक्रबार पत्र दिने प्राधिकरणको तयारी रहेको बताइएको छ ।

मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो हङरायो

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो हङरायो

झापा-‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ ।

यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ ।

पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ ।

उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ ।

मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ ।

चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’को तस्वीर खिच्नुभएको हो ।

लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उहाँले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए ।

त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।

चरा खोजीमा रुचि राख्दै आउनुभएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताउने गर्नुभएको थियो ।

मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पु¥याएको खरेलले बताउनुभयो ।

“मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन् ।”

पत्रकार सम्मेलन गरी उहाँले आफूले खिचेका हङरायोका तस्वीर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताउनुभयो ।

‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ ।

पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ

साथै पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ ।

“चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ”, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भन्नुभयो, “हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।”

धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताउनुभयो ।

झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उहाँले सुनाउनुभयो ।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहनुभएको छ ।

उहाँले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसक्नुभएको छ ।

झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आउनुभएका उहाँले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गर्नुभएको छ ।

नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर

“संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो”, उहाँ भन्नुहुन्छ, “यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ ।”

चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताउनुभएको छ ।

उहाँले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हङरायोले पाङरो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिकरूपमै गर्दै आएको जिकिर गर्नुभएको छ ।

क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए ।

विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गर्नुभएको छ ।

खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्वीर खिचेको जानकारी दिनुभयो ।

स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आउनुभएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताउनुभयो ।

पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उहाँले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामथ्र्य नरहेको जानकारी दिनुभयो ।

तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उहाँले माग गर्नुभएको छ ।

यही क्षेत्रमा उहाँले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्वीर खिच्नुभएको थियो । इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्वीर खिच्ने पनि उहाँ नेपालको पहिलो व्यक्ति भएको बताइएको छ ।

नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उहाँले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गर्नुभयो ।

सीमसार मासिने, जङ्गल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्र्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उहाँको धारणा छ ।

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो हङरायो

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

कलैया-बारामा किसानले यसवर्ष रु तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् ।

उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु दुई हजार ५०० का दरले खरिद गरेका छन् ।

अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए ।

प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

जुम्लामा हिमपातले चिसो बढ्यो: जनजीवन कष्टकर

जुम्लामा हिमपातले चिसो बढ्यो: जनजीवन कष्टकर

जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ ।

हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।”

जिल्लाको पातारासी र गुठीचौर गाउँपालिमकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ ।

गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ ।

हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाईसेवा समेत ठप्प भएका छन् ।

कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

हिमपातले हिउँदे बालीलाई राहत

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानलाई भने राहत भएको छ ।

हिउँदे बालीनालीलाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका–२ का रमिला भण्डारीले बताउनुभयो ।

वर्षात्ले हिउँदे बालीलाई फाइदाजनक पुग्ने कृषि विकास कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली, हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत हुने कार्यालयका प्रविधिक सुकिराम नेपालीले बताउनुभयो ।

स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

अत्यधिक जाडो

हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ ।

जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विशाल नेपालीले बताउनुभयो ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताउनुभयो ।

प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ ।

जुम्लामा हिमपातले चिसो बढ्यो: जनजीवन कष्टकर

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ-पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।

यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

“सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”

सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।

भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उहाँले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भन्नुभयो ।

विसं २०५५ देखि हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणका कार्यकारी निर्देशक अनिल पोखरेलले २४ औँ भूकम्प दिवसका लागि प्रस्तावित र तय गरिएका समग्र कार्यक्रम र बजेटबारे जानकारी दिनुभयो ।

भूकम्प दिवसलाई सफल तुल्याउन राष्ट्रिय सञ्चारमाध्यममा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी लेख रचना, सार्वजनिक सन्देश प्रकाशन र प्रसारण गर्ने कार्यक्रम तय भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी डिजिटल प्रचारप्रसार सामग्री वितरण, रेडियो र टेलिभिजनमा भूकम्पीय जोखिम न्यूनीकरण परिसंवाद र अन्तक्र्रिया, काठमाडौँ उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहमा भूकम्प स्मृतिसभा गर्ने कार्यक्रम बनाइएको छ ।

दिवसका अवसरमा विपद्पुस्तिका लोकार्पण, भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी, सडक नाटक प्रदर्शनी र भूकम्पीय सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीका अरिक्ति र्‍याली एवं झाँकीसमेत प्रदर्शन हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, प्रदेश, स्थानीय, जिल्ला प्रशासनको समन्वय र सहभागितामा मुलुकभर भूकम्प सुरक्षा दिवससम्बन्धी विभिन्न कार्यक्रम हुनेछ ।

काठमाडौँ महानगरपालिकाले माघ २ गते भूगोलपार्कमा भूकम्प स्मृतिसभा गर्नेछ ।

यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ भन्ने छ ।

भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

काठमाडौँ-काठमाडौंको नयाँ बसपार्कमा १ महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेका छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्‍न अन्य १ जना फरार रहेको र उन्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२ ३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका क्रममा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीसलगायत आठजना पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ ।

उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।

राति दुई र अर्को दिनको बिहान थप सातजनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अन्तरिम आदेश

शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ-शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

गत मङ्सिर २९ गते प्रकाशित नं. ४१८/०७८/०७९ को बढुवा सूचना र ४१९/०७८/०७९ को विज्ञापनको सवालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीश राम बहादुर थापाको एकल इजलासले यही पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।

अदालतले अन्तरिम आदेशसमेत जारी गरी पाउँ भन्ने निवेदन मागबारे दुवै पक्ष बिच छलफल गर्न आवश्यक देखिएको भन्दै १८ गते आइतबार अन्तरिम आदेशको छलफलका लागि पेशी तोकेको छ ।

निवेदकहरूले लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गरेका थिए ।

साथै एउटा परीक्षाको नतिजा नआउँदै सोही पदमा आवेदन दिनुपर्ने अवस्था देखिएकोले सुरुको परीक्षाफल प्रकाशित पछि मात्रै अर्को विज्ञापन गर्नुपर्ने उनीहरूको जिकिर थियो ।

२०७८ असार २१ गते लिखित परीक्षामा उत्तीर्ण ६ सय ३१ जना शाखा अधिकृतहरूको गत भदौ ८ गते अन्तर्वार्ता परीक्षा सकिएको थियो ।

कर्मचारी समायोजन तथा पदस्थापनलगायत विषयमा विभिन्न चरणमा भएका सर्वोच्चको आदेशसँगै ती परीक्षार्थिहरुको नतिजा रोकिन पुगेको थियो ।

पछिल्लो पटक पुस ८ गते हुने भनिएको सुनुवाइ पुनः स्थगित भएसँगै परीक्षार्थीहरू थप आक्रोशित हुँदै लोक सेवा आयोगका अध्यक्षको राजीनामा माग्ने चेतावनीसहित आन्दोलित हुन पुगेका थिए ।

लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको अवस्था र प्रकाशित भइसकेको विज्ञापनमा उम्मेदवारले आफ्नो श्रमको फल पनि पाउनुपर्ने श्रम कानुनको सामान्य सिद्धान्त अनुसारसमेत लोक सेवा आयोगले बेलैमा नसोचेका कारण अहिलेको परिस्थिति सिर्जना हुन पुगेको ठहर कर्मचारीको छ ।

शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अन्तरिम आदेश

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हाल्नुभएको छ ।

युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ ।

बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उहाँलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गर्नुभयो ।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहनुभएका ओझाले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ

साथै उहाँसँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।

गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो ।

उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौँमा वर्षा: चन्द्रागिरिमा हिमपात

काठमाडौँमा वर्षा: चन्द्रागिरिमा हिमपात

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।

चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो ।

चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।

देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ ।

वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।

काठमाडौँमा वर्षा: चन्द्रागिरिमा हिमपात