ग्लाेबल आइएमई बैंकका बुधवार (आज), बिहीबार र शुक्रबार खुल्ला रहने शाखाहरु (तालिका सहित)

काठमाडाैं । ग्लाेबल आइएमई बैंकका मंगलबार ( आज) देशभर शाखा ६० सञ्चालनमा रहेका छन् ।

उपत्यकामा १० र बाहिर ५० शाखाहरु आज खुल्ला रहेका छन् ।

काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई ग्लाेबल आइएमई बैंकले निरन्तरता दिदै आएकाे छ ।
बैंकका शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

बिहिवार र शुक्रबार खुल्ला रहने ब्रान्चहरु तलकाे तालिकामा हेर्नुहास्

मेगा बैंकका बुधवार (आज) खुल्ला रहने शाखाहरु (तालिका सहित)

काठमाडाैं । मेगा बैंकका मंगलबार ( आज) देशभर शाखा ५० सञ्चालनमा रहेका छन् ।


उपत्यकामा ७ वटा शाखा सञ्चालनमा रहेका छन् भने उपत्यका बाहिर ४३ शाखाहरु सञ्चालनमा रहेका छन् ।

काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न अाग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई मेगा बैंकले निरन्तरता दिदै आएकाे छ ।
बैंकका शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

सिभिल बैंकका बुधवार (आज) खुल्ला रहने शाखाहरु तालिका सहित

काठमाडाैं । सिभिल बैंकका मंगलबार ( आज) देशभर २९ शाखा सञ्चालनमा रहेका छन् ।

काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई सिभिल बैंकले निरन्तरता दिदै आएकाे छ ।
बैंकका शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

दुई नर्समा काेराेना पाेजेटिभ

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको हाे ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।

दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी गराए ।

आजै एकजना डिस्चार्ज भए, ११ जना थपिए: काेराेना संक्रमितकाे संख्या ४२, डिस्चार्ज हुने पाँच जना

काठमाडाैं । मंगलबार आज पुन नेपालमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

केन्द्रीय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा तीन जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । उनीहरु सबै उदयपुरमा भेटिएका हुन् ।
अाजसम्मका ३१ जना र अाज संक्रमण पुष्टि भएका गरि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि धरानमा पुनःजाँचका लागि पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।

आजै, उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।

६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।

कोभिड-१९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ। छाउनीस्थित् सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली ७ वैशाखमा त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो।

टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड १९ परीक्षणका लागि नमूना संकलन गरेको हो। १३ जनामा कोभिड-१९ पुष्टि भएको भुल्केबस्तीमा कूल ३२० जनाको नमूना संकलन गरिसकिएको छ।
अहिलेसम्म ५ जना निको भएर घर फर्किसकेका छन्। अाज एकजना डिस्चार्ज भएका छन् । कैलालीका काेराेना संक्रमित ३४ वर्षीय युवक अाज २८ दिनकाे लामाे उपचार पश्चात फर्किएका छन् ।

दात तथा मुखलाई कसरी स्वस्थ्य राख्ने?

मानब शरीरमा विभिन्न अङ्गहरु जस्तै दात पनि एउटा महत्त्वपूर्ण अङ्ग हो। मानब शरीरको समग्र बिकास गर्न, शरीरलाई स्वास्थ  र निरोगी बनाइ राख्न दन्त स्वास्थको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ।
मानव शरीरको वृद्धि बिकास,मानसिक सन्तुलन तथा सामाजिक प्रतिष्ठालाई सन्तुलन बनाइ राख्न दन्त स्वास्थले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा ठुलो योगदान दिदैआइरहेको छ।

खाना खाइ सकेपछि पाैष्टिकतालाई शरीरमा सन्तुलन तथा पाचन प्रणालीलाई कस्तो अबस्थामा राख्ने भन्ने कुरा दन्त स्वास्थमा निर्भर रहेको हुन्छ।

दात तथा मुखलाई कसरी हेरचाह गर्न सकिन्छ? दातलाई मजबुत कसरी बनाई राख्न सकिन्छ ? हामिले दैनिक जीवनमा के-कस्तो कुरामा ध्यान दिन जरुरी छ ? आज यस्को बारेमा म केहि कुरा हरु राख्न गैरहेको छु।

दातलाई हेरचाह अर्थात दातलाई स्वस्थ्य राख्न विभिन्न किसिमको उपाएहरु अावस्यक पर्दछ जसमध्ये केही यस प्रकार रहेका छन् ।

1.खाना खाइसकेपछि दिनमा दुई पटक ब्रश गर्ने।

सामान्यता हाम्रो समाजमा दात दिनको एकपटक माझ्ने गरेको पाइन्छ।  तर, दन्त चिकित्सकीय क्षेत्रमा दातलाई दैनिक दुई पटक खाना खाइसकेको 15 देखि 20 मिनेट  पछि माझ्नु राम्रो मानिन्छ।

यस किसिमको बानी बसाल्नु समग्र दन्त तथा मुख स्वास्थको लागि धेरै राम्रो मानिदै आएको छ। खाना खाएको 15 देखि 20 मिनेटमा हाम्रो दातको सतहमा एक किसिमको सेतो र चिप्लो किसिमको पदार्थ बिकाश हुने गर्दछ। जस्लाइ हामी Dental Plaque अर्थात  दन्त लेउ भन्ने गरिन्छ।

मुख मा हुने विभिन्न किटाणुहरु वृद्धि बिकाश र बस्नको लागि अति राम्रो ठाउँ भनेको दन्त लेउ अर्थात Dental Plaque हो।

त्यहि दातको सतहमा बिकास भएको Dental Plaque हटाउनु हामिले गर्ने ब्रश को पहिलो काम हो।
ब्रश गर्ने तरिका धेरै प्रकारका रहेका छन् ।
ती मध्ये Modified Bass Method Technique एउटा राम्रो तरिका हो। यस तरिकामा दात र गिजा को बिच भागमा ब्रश लाई 45 डिग्री को कोण बनाएर बिस्तारै बिस्तारै गर्नु पर्दछ।

ब्रश गर्ने समय 2-5 मिनेट को हुने गर्दछ भने ब्रश गर्दा जहिले पनि एेनाको साहारा लिएर सम्पुर्ण दातहरुलाई उत्तिकै समय लगाइ ब्रश गर्नु पर्दछ।

2.ब्रश गर्दा प्रयोग हुने मन्जन छनोटमा ध्यान दिने

दातमा ब्रस गर्नु जति महत्त्वपुर्ण हुन्छ त्यत्ति नै महत्त्वपुर्ण हुन्छ ब्रस गर्ने मन्जनको छनोट ।

बजारमा विभिन्न किसिमको दन्त मञ्जनहरु पाइन्छन्। मन्जन किन्दा दातको लागि अति आवस्यक पदार्थ (Fluoride) छ कि छैन ,छ भने कति मात्रामा छ त्यो बुज्न जरुरी हुन्छ।

fluoride भनेको दातलाई किरा लाग्न बाट जोगाउने र दात लाई मजबुत बनाउने एककिसिम को पदार्थ हो। जुनमा दातको मजबुतत र दात किरा लाग्न बाट जोगाउन निकै भुमिका रहेको हुन्छ।

वयस्क मानिसहरुमा प्रयोग हुने Fluoride  को मात्रा र बालबालिकामा हरुमा प्रयोग हुने Fluoride  को मात्रामा फरक हुन्छ। त्यसैले बालबालिका र वयस्क समूहले प्रयोग गर्ने मन्जन नै बजारमा  फरक रुपमा पाइन्छ।वयस्क हरुले प्रयोग गर्ने tooth paste मा Fluoride को मात्रा 750PPMF देखि 1000 PPMF  को हुनु पर्नेछ भने बालबालिका हरु ले प्रयोग गर्ने tooth paste मा fluoride को मात्रा 450PPMF देखि लियेर500 PPMF सम्म को हुनेछ। जुन tooth paste को बाहिरी आवरणमा प्रष्ट सङ्ग लेखिएको हुनेछ।

3.Interdental Brush को प्रयोग गर्ने

जसरी हामीले दातहरु सफा र स्वास्थ्य राख्न ब्रसको प्रयोग गर्छौ त्यसरी नै Interdental Brush पनि दातलाई सफा र स्वास्थ्य राख्न प्रयोग गरिने एउटा महत्त्वपूर्ण  साधन हो।

दुईवटा दातहरुको बिचमा जम्मा भएर  रहेको Dental Plaque लाई हटाउन प्रयोग गरिने ब्रस नै Interdental ब्रस हो।

यो ब्रस पनि हामिले दिनमा एकपटक गर्नु राम्रो मानिन्छ। यो ब्रस नियेमित रुपमा प्रयोग गर्न सकेको खण्डमा दुइवटा दातको बिच हुने दन्त सडनलाई रोक्नुको साथै दातहरु बिचको गिजा स्वास्थ्य राख्न मदत पुर्याउछ ।

4.Dental Floss (दात मा प्रयोग हुने धागो) प्रयोग गर्ने

“Dental Floss” दात सफा राख्न साथै दुईवटा दातहरु जोडिएको ठाँउमा अड्किएर बसेको फोहोर सफा गर्न प्रयोग हुने धागो हो।

यो धागो समान्यता अरु साधारण धागोहरु भन्दा बिल्कुलै फरक किसिमको हुन्छ।

यस्को प्रयोग दैनिक रुपमा वा दुई दिनमा एक पटक प्रयोग गर्न सकिन्छ।

साधारण ब्रस र interdental brush ले सफा गर्न नमिल्ने ठाउँमा यसको प्रयोग गरिन्छ। यसको प्रयोग थोरै साबधानी अपनाएर गरेको राम्रो मानिन्छ। धेरै बल र गलत तरिकाले प्रयाेग भएकाे खण्डमा गिजामा चोट पर्नुका साथै घाउ समेत बन्न सक्छ। त्यसैले येस्को प्रयोग गर्नु भन्दा पहिला यो प्रयोग गर्ने तरिकाको लागि दन्त चिकित्सक सङ्ग परामर्श लिएको राम्रो मानिन्छ।

5.Toothpick को प्रयोग गर्ने

सामन्यता हामीले प्राय: बुझ्ने गरेको Toothpick र दातमा प्रयोग हुने Toothpick फरक हो।

हाम्रो समाजमा Toothpick भन्नाले होटेल ,रेस्टुरेन्टमा राखिएको सानो सिन्कालाई बुज्ने गरिन्छ।

बास्तवमा त्यो Toothpick नभएर Foodpick हो।

दातमा प्रयोग हुने Toothpick दुइटा दातको बिच भागको आधारमा बनाइएको हुन्छ। जुन तृकोणात्मक आकारको हुन्छ । जसमा एक भाग धरिलो हुन्छ भने अर्को भाग भुत्ते हुन्छ।

भुत्ते भाग गिजा तिर र धारिलो भाग गिजा भन्दा माथी राखेर येस्को प्रयोग गरिन्छ। तर, होटेलमा पाइने सिन्का गोलाकारमा रहेको हुन्छ यस प्रकारको सिन्का प्रयोग गरेको खण्डमा दुई दातबिचकाे भागमा खाली भाग बढ्दै  जाने र पछि खाने कुराहरु आड्किएर समस्या गर्ने निश्चिति हुन्छ।

वास्तविक Toothpick ले पनि Interdental Brush को जस्तै दुई दातको बिच भागको फोहोर निकाल्न  सहयोग पुग्दछ।

 6.कुल्ला गर्ने बानी बसाल्ने 

केही खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने बानी मुख सफा राख्ने तरिक मध्ये को राम्रो र सरल तरिका हाे।

केही कुरा खाने बितिकै कुल्ला गरेको खण्डमा दन्त लेउ (Dental  Plaque )बन्नु भन्दा पहिला नै मुखमा अड्किएको खाने कुराहरु पखालिने हुँदा Dental Plaque दातको सतहमा बन्न बाट रोकिन्छ।

बजार पनि कुल्ला गर्नका लागि केही औषधिहरु पाईन्छन् तर यस्ता औषधि दैनिक प्रयोग आवस्यक हुदैन।

बरु घरमै हप्ताको कम्तिमा दुई तीन पटक मन तातो नुन पानीले कुल्ला गर्नुले समग्र दन्त तथा मुख स्वास्थमा राम्रो प्रभाव पर्न आउँछ।

7.प्रत्येक ६/६ महिनामा दन्त चिकित्सकसँँग दन्त परिक्षण गर्ने

सामान्यता मानिसहरु दुखे पछि वा भनौ केही समस्या भएपछि मात्रा दन्त उपचार गर्न जाने परिपाटी हाम्रो समाजको लागि कुनै  नौलो होइन। तर सामान्य अवस्थामा पनि प्रत्यक ६ महिना को अन्तरालमा दात तथा मुखको चेक अप गर्नु  हाम्रो लागि राम्रो कुरा हो। एउटा भनाइ नै छ नि “Prevention is better then cure” अर्थात “रोकथाम उपचार भन्दा राम्रो हो ।

सिभिल बैंकका मंगलबार (आज) खुल्ला रहने शाखाहरु तालिका सहित

काठमाडाैं । सिभिल बैंकका मंगलबार ( आज) देशभर २८ शाखा सञ्चालनमा रहेका छन् ।
आज सिभिल बैकका ३ शाखा उपत्यकामा र २५ शाखा बाहिर खुल्ला रहने छन् ।
उपत्यकामा सुन्धारा, पाटनकाे शाखा, गंगबु र स्वयम्भूकाे शाखा खुल्ला रहने छन् ।
काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे अाग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई सिभिल बैंकले निरन्तरता दिदै आएकाे छ ।
बैंकका शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

भक्तपुरमा सञ्चारकर्मिहरुलाइ स्वास्थ सामग्री र बिपन्न परिवारलाई खाद्यान्न सहयोग

भक्तपुर। सुर्य नगर टोल बिकास समाजले आज भक्तपुरका सन्चरकर्मिहरुलाई सिनिटाइजर,मास्क र ग्लोबस हस्तान्तरण गरेकाे छ भने टोल बिकास समाजले अति बिपन्न 28 परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएकाे छ ।

कोरोनाको त्रास बीचमा पनि जाेखिम माेलेर दिनरात नभनी समाचार सम्प्रेषण गर्ने सन्चारकर्मिहरुलाई सुरक्षित तवरबाट समचार सम्प्रेषण गर्न सहयाेग पुगाेस् भन्ने उद्देश्यले सुर्य नगर टोल बिकास समाजले आज भक्तपुरका पत्रकारलाई सिनिटाइजर, मास्क र ग्लोबस प्रदान गरेको हाे ।

समाजले उपलब्ध गराएको सामग्री भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी लाई समाजका सल्लाहकार एब प्रेस काउन्सिल नेपाल ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्दप्रसाद चौलागाईं र संस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेले सयुक्त रुपमा हस्तान्तरण गर्नुभएकाे छ ।

हस्तान्तरण कार्यक्रममा भक्तपुर का सन्चरकर्मिहरुको समेत उपस्तिथि रहेको थियो।
कार्यक्रममा उपस्तिथि सञ्चारकर्मिहरुलाई महासंघका केन्द्रिय सदस्य चौलागाईं र जिल्ला अध्यक्ष बुढाथोकीले बितरण गरिदिनु भएको हाे ।

यहि कार्यक्रमकाे बिचमा टोल बिकास समाजले अति बिपन्न 28 परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएकाे छ ।
समाजका अध्यक्ष न्यौपाने र सल्लाहकार सहित सबैटोलबासिले संकलन गरेको आर्थिक सहयोगबाट 30 जनाको बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको सस्थाका कोषाध्यक्ष राजकुमार ठकुरीले बताउनु भयो।

आजदेखि भाटभटेनी सुपरमार्केट खुल्दै

काठमाडौं । हाेम डेलिभरीबाट सेवा प्रदान गरिरहेकाे भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने भएकाे छ ।


ग्राहकको दैनिक उपभोग्य बस्तु खरिन गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले  जानकारी दिए ।

कोरोनाभाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको अफिसर पौडेलले बताए ।

पौडेलका अनुसार सुपरमार्केट बिहान १ बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने उनले जानकारी दिए ।
राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहने उनले बताए ।

‘लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो’ पौडेलले भने, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’

लकडाउन अवधिभर बन प्रबेशमा रोक

श्याम श्रेष्ठ

रौतहट । डिभिजन वन कार्यालय,रौतहटले रौतहटको बनक्षेत्रमा हुने प्रबेश लाई आज देखि निषेध गरेको छ ।
लकडाउनकाे अवसर पारि बनमा प्रबेश गरेर सालको गोलिया काठ तस्करी गर्ने र बन्यजन्तुको शिकार गर्ने क्रम बढेपछि वन ऐन, २०७६ को दफा ९ बमोजिम रौतहटको वनमा अधिकृतरुपमा प्रवेश लाई निषेध गरिएको हाे ।

कोरोना भाईरस बाट जोगाउन सरकारले देशभरनै लकडाउन गरेपछि तस्करहरुले रौतहटको बनमा प्रबेश गरेर सालको गोलिया काठ तस्करी गर्ने र बन्यजन्तुको शिकार गर्ने क्रम बढदो रहेपछि डिभिजन बन कार्यालय रौतहटले बन प्रबेशमा रोक लगाएको हो ।

दुई हप्ता यताकाे विवरण अनुसार रौतहटको बन बाट हरिण, मृग, बदेलको ब्यापक मात्रामा चोरी शिकार भएको छ ।

चोरी शिकारीले दिउसै जङ्गलमा पासो धापेर दैनिक ५ वटा भन्दा बढि बन्यजन्तुको शिकार गर्दै आएको स्थानीयले समेत दाबि गरेका छन् ।

लकडाउनको मौका छोपी बन अपराधिहरुले अनधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने, वन्यजन्तु चोरी शिकार एवम वन पैदावारको चोरी निकासी गर्ने जस्ता वन अपराधका गतिबिधिहरु गर्दै आएको जनगुनासोको आधारमा डिभिजन बन कार्यालय रौतहटले वन क्षेत्रमा प्रबेश निषेध गरेको हो ।

वन अधिकृत बिनोद सिंहका अनुसार लकडाउनको अबधिभर डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र रहेका राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, सरकारद्धारा व्यवस्थित वन क्षेत्रलाई सम्बद्ध सव—डिभिजन वन कार्यालय र समुहको समन्वयमा अत्यावश्यक कार्य तथा वन संरक्षणका गतिबिधि बाहेक अन्य क्रियाकलापहरु गर्न नपाउने गरी प्रवेश निषेध गरिएकाे छ ।

उनले भने `सूचनाको अवज्ञा गरी वन क्षेत्रमा आफुखुसी प्रवेश गरेको पाईएमा वन ऐन,२०७६ को दफा ५०(१)(ख) बमोजिम एक महिनासम्म कैद वा एक हजार रुपैंयासम्म जरिवाना वा दुबै सजाय हुने नीयम रहेको छ ।´

सम्बद्ध सबै सव—डिभिजन वन कार्यालय एवम समुहहरुले लकडाउनको अबधिमा वन संरक्षण विशेष कार्ययोजना बनाई समन्वय र सहकार्यमा कार्यान्वयन गर्नु गराउन निर्देशन गरिएको र बनक्षेत्रमा अन्य अत्यावश्यक कार्यको लागि बिना पास वन प्रवेश निषेधको व्यवस्था गरिएको छ ।अधिकृत सिहले बताए ।

अग्रवालकाे अनुसन्धानकाे लागि फेरि १० दिन म्याद थपियाे

काठमाडौं । आज जिल्ला प्रशासन कार्यालय चलान हुने भनेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ ।

पक्राउ परेकाे पहिलाे पटक ७ र दाेस्राे पटक ५ दिन म्याद थप गरि अनुसन्धानमा रहेका अग्रवालकाे दाेस्राे म्याद आज सकिएपछि पुन १० दिन थपिएकाे हाे ।

जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाल भन्सार समेत छलेर नेपाल वायुसेवा निगमको चार्टर गरेर ल्याएको जाहाजबाटै २० हजार थर्मल गन सहित पिपिई, एन ९५ माक्स लगायतका स्वास्थ सामाग्री सहित चैत २५ गते पक्राउ परेका थिए ।

स्राेतका अनुसार शनिबार दिनभर पनि उच्चपदस्थ राजनीतिज्ञ देखि पहुचवालाहरुसम्म उनलाई छुटाउन निक्कै दौडधुप गरेको स्रोतको भनाई छ । 

उद्योगी व्यापारी र सम्बन्धित पहुँचवालाहरु शुलभले अन्जानमा कमजोरी गरेको, अर्बपति ब्यापारी मान्छे यस्तो काममा गल्तीले लागेको र एकपटकलाई कमजोरी स्वीकार गर्दै   छोडिदिन लविङ गरिरहेका थिए ।

भने, प्रमख जिल्ला अधिकारी जनकराज दाहाल लगायत अनुसन्धानमा संलग्न प्रहरी अधिकारहरु भने यस्ताे अापतकाे बेलामा जनता र देशमाथि गद्दार गर्न खाेज्ने जाे काेहिलाई पनि छुट नहुने र कानुन अनुसार सजाय हुने बताउँदै आएका छन् ।

काेराेना संक्रमित अर्को व्यक्तिको रिपोर्ट नेगेटिभ: याे सहित नेपालमा काेराेना जित्ने ४ जना


काठमाडौँ । आज लम्की चुहाका काेराेना संक्रमित निकाे भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित लम्की चुहाका २१ वर्षीय युवा निको भएपछि घर फर्किने भएका छन् ।

उनलाई आज डिस्चार्ज गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदीश जोशीका अनुसार पहिलो रिपोर्ट चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको छ।

त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखियाे ।
‘उहाँको दुईपटक नै कोरोना नेगेटिभ आयो,’ उनले भने ‘२४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गर्ने तयारीमा छौँ,’ घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको उनले बताए ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गतेदेखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् । अब उनी पनि घरजाने तयारीमा रहेका छन् ।

मेरी आमा कति शिक्षित म कति अशिक्षित

आमा
म त्यो घर छाड्दाको दिन सम्झन्छु
त्यो झिसमिसे विहान सम्झन्छु
तिमिले मन अमिलो पार्दै केहि पोको कस्दै गरेको सम्झन्छु
मैले हिजो देखि नै केहि लान्न म आमा भनेको सम्झन्छु
मैलै नचाँहदा नचाॅहदै कति चिज तिमिले हाल्न भ्याएको सम्झन्छु
रातो टिका लगाई दिए पछी तिमिले सुमसुमाएको पल सम्झन्छु

आखाँ रसाउदै ओरालि झरेको त्यो बिहान सम्झन्छु
तिमिले कति समय म झरेको बाटो हेर्यौ होला त्यो सम्झन्छु
म आफ्नै कारणले शहर पसे आमा
केहि सपनाको पोका बोकेर आमा
तिमिले खेतीपातिका कुरा गर्दा आमा
म सहरको कुरा सुनाउथे
म सुख कस्तो हुन्छ त्यो सुनाउथे
तिमिले त सधै भन्थ्यौ नि आमा
यहि नङ्ग्रा खियाए भोकै मरिदैन
कहिल्यै एक्लो परिदैन

त्यो बेला तिमि भन्दा म बुझ्ने छु सोच्थे आमा
तिमिले गर्ने दुख व्यकार म सोच्थे आमा
धन कमाउन चाहन्थे म आमा
पद, प्रतिष्ठा कमाउन चाहन्थे म आमा
हो त्यहि रहर बोकेर यो सहर पसेको थिए म आमा

बर्षको एकबार तिमिलाई भेट्न जान फुर्सद हुदैन थ्यो आमा
तिमि फोहोरी, अबुझ लाग्न थालेको थियो आमा
मलाई गाऊको त्यो माटो फोहोर लाग्न थालेको थ्यो आमा
मैले शहरमा खाने खाना तिम्रोमा पाक्दैन थ्यो आमा
मेरो र तिम्रो रहन सहन भिन्न भईसकेको थियो आमा

तिमले संस्कारका कुरा गर्थ्यौ,
म सुनेर उडाउथे आमा
तिमि खेति पाति, लैनो भैसिको कुरा गर्थ्यौ
म तिमलाई असिक्षित, अबुझ सम्झन्थे आमा

एका बिहानै घार घुर पारेको त्यो पल सम्झन्छु आमा
कुडे भरिको दुध र भकारी भरिको धान सम्झन्छु आमा
तिमिले यत्ती तातो भात खा भन्दै खुवाएको सम्झन्छु आमा
मैलै डायरीमा नकोरे रै पनि हजारौ कुरा सम्झन्छु आमा

म सभ्य, शिक्षित मान्छे बन्न यो सहर पसेको आमा
सहरले मलाई सबै दिन्छ जस्तो लाग्थ्यो आमा
मैले सहरको रङ्ग देखे यहाॅको वास्तविकता भोगे आमा

आज म बन्द छु त्यो गाऊ खुल्ला छ आमा
आज यो शहर मुर्दा जस्तो छ, गाऊ जिवित नै छ आमा
गाऊमा त अईचो पैचो सबै पाईन्थ्यो नि है आमा
सहरमा त हावा, पानिको नि पैसा लाग्छ नि आमा
बाटो हिड्ने बटुवाको भोको पेट कति तृप्त गरायौ आमा
तर यहाँ अर्काको दुख कसैलाई पटक्कै बिझ्दैन आमा

म घर जाने बाटो सम्झि रहन्छु आमा
मलाई फेरि ति भिर पाखाँमा दौडिन मन लागेको छ आमा
मलाई त्यो ठेकि भरिको मोहि खान मन लागेको छ आमा
मलाई फेरि खेतका कान्ला कान्लाबाट हाम फाल्न मन लागेको छ आमा
मलाई डोको भरि फेरी घाँस काट्न मन लागेको छ आमा
मलाई ति रुखका पात पात फेरि चहार्न मन लागेको छ आमा

मलाई फेरि त्यही समय, त्यही गाऊमा पुर्याई दिए आमा
मरे पनि फेरि कुनै रहर बोकेर यो शहर फिर्ने थिईन आमा

बन्द कोठा भित्र बसे पछि बल्ल बुझे आमा
मेरो गाउ कति बिशाल र रङ्गिन, यो सहर कति सानो रङ्गहिन
मेरी आमा कति शिक्षित म कति असिक्षित।

यस्तो नभएको भए

यस्तो नभएको भए

लेखक, जनकराज पन्त
सायद उ
बाख्रा चराएर फर्किरहेको हुन्थ्यो होला,
अरब तिर घर संम्झेर वसि रहेको हुन्थ्यो होला,
घर गाऊ सम्झेर परदेशबाट मन दुखाउॅदै हुन्थ्यो होला,

सिमानामा आएर भड्किरहेको हुन्थ्यो होला,
भोक भोकै पैदल हिड्नेको लस्करमा हुन्थ्यो होला,
शहरमा साहरा बिहिन भएर रुमल्लिएको हुन्थ्यो होला,

कति शोषित पिढित ,अपहेलित हुन्थ्यो होला,
गरिबी, भोक प्यासको बिचमा हुन्थ्यो होला,
बेसाहारा भएर कतै भौतारिरहेको हुन्थ्यो होला,

गरीब हुनु महाँपाप ठानेर कतै सुसाॅउधै हुन्थ्यो होला,
कोही दयाॅ गर्ने आउछकी भनेर बाटो चियाॅउदै हुन्थ्यो होला,
एक मुठि प्राण जोगाउन कति सकस सोच्दै हुन्थ्यो होला,

रीत्ता बोरामा हजार बार नजर डुलाउथ्यो होला,
मधुष, अनि टिनको बाकस हजारबार खोतल्थ्यो होला,
भोक, प्यास सब सजिलै पचाउने भै सक्थ्यो होला,

शनिवार फरि एकजनामा काेराेना पुष्टिः संक्रमितको संख्या ३१ पुग्याे

काठमाडौं । आज पुन एकजनामा काेराेना पुष्टि भएकाे छ ।


६५ बर्षिय पुरुषमा काेराेना पुष्टि भएकाे स्राेतले जनाएकाे छ ।


याे सँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेकाे छ भने तीनजना निकाे भईसकेका छन् ।