अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी Viking 222 मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आउनुभएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगती भएको उल्लेख गरे । नेपालमा Viking 222 को बजारलाई अझै बिकास गर्दै आक्रमक बनाउन सहयोग गरेकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका छन् । साथै आगामी दिनहरुमा Viking 222 लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरिदिनुहुन प्रेसिडेन्ट संजयले अनुरोध गरे ।

Viking 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाईएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । Viking 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँुदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको छ ।

नेपालमा हरेक लामो दुरी रुटमा ख्क्ष्प्क्ष्ल्न् गाडीहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँुदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

यो दुर्लभ रोगः अहिलेसम्म शरीरको ४० भन्दा बढी पटक हाड भाँच्चियो

काठमाडौँ । विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन् । तस्बिरले त्यही नै सङ्केत गरेको छ । ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने दुर्लभ रोगबाट ग्रसित भएर जीवनयापन गरिरहेका व्यक्तिको दिनचर्या समेटिएको शीर्षकमा आयोजित विश्वव्यापी फोटो प्रतियोगितामा पोखराका फोटोग्राफर खिमकाजी लामिछानेले खिच्नुभएको सो तस्बिर यतिखेर उत्कृष्ट पाँचौँ स्थानमा पर्दै फाइनलमा पुग्न सफल भएको हो । अमेरिकाका वरिष्ठ फोटो पत्रकार मार्कस ब्लिज्डेलद्वारा आयोजित प्रतियोगिता युरोडिस फोटो अवार्डमा लामिछानेले दुर्लभ रोगबाट पीडित बच्चालाई विद्यालय जान ह्विलचेयरमा सघाइरहेकी महिलाको तस्बिर सहभागी गराउनुभएको हो ।

तस्बिरमा ओआई क्याम्पस लेखिएको छ । ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने रोग हो । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश तस्बिरले दिन खोजेको फोटोग्राफर लामिछानेले राससलाई बताउनुभयो । उहाँका अनुसार उक्त रोगबाट ग्रसित ११ वर्षीय बालक आफ्नै छोरा अनिमेष लामिछाने र ह्विलचियरमा राखेर विद्यालय पुर्याउँदै गरेकी श्रीमती दुर्गा केसी लामिछानेको फोटो हो । सजिलै हाड भाँचिने ओस्टिओजेनेसिस इम्परफक्टा नामको दुर्लभ रोग लागेका उनको अहिलेसम्म शरीरको ४० भन्दा बढी पटक हाड भाँच्चिइसकेको छ ।

“खुट्टा भाँच्चिए पनि पढ्ने इच्छा र उत्साह भाँचिदैन”, लामिछानेले भन्नुभयो, “मेरो फोटोको यही सन्देश हो ।” रेयर डिजिज डे (दुर्लभ रोग दिवस) फेब्रुअरी २८ अर्थात फागुन फागुन १६ गते पर्दछ । विश्वव्यापी अवार्डको फाइनलचाहिँ २४ फेब्रुअरी ९फागुन १२ गते० हुने बताउँदै उहाँले सामाजिक सञ्जालमा प्राप्त भोटलाई आधार मानेर विजेता चयन गरिने प्रावधान रहेको जानकारी दिनुभयो ।” नेपालबाट प्रतिनिधित्व गरेको भन्दै सम्पूर्णमा भोट गरिदिन लामिछानेले अपिल समेत गर्नुभएको छ । प्रतियोगितामा नेपालका लामिछानेको सहित आइसल्याण्ड, स्लोभाकिया, संयुक्तराज्य अमेरिका, अष्ट्रेलियाका फोटोग्राफरहरुले खिचेका तस्बिर अन्तिम पाँचको प्रतिस्पर्धामा रहेका छन् ।

विश्वव्यापी फोटो प्रतियोगिता युरोर्डिस फोटो अवार्डका लागि पाँचौ स्थानमा पर्न सफल फोटो । ओस्टिओजेनेसिक इम्पेर्फक्टा ९ओआई० सजिलै हाड भाँचिने रोगबाट ग्रसित बालकलाई अध्ययनका लागि ह्विलचियरको सहायताले विद्यालय लैजाँदै गरेको उक्त फोटो पोखराका खिमकाजी लामिछानेले खिच्नुभएको हो । तस्वीर सौजन्यः खिमकाजी लामिछाने पोखरा

एउटा फोटोले हजारौँ शब्द बोलेको हुन्छ’ भने जस्तै लामिछानेको फोटोले दुर्लभ रोगको ओस्टिओजेनेसिस इम्परफक्टा ९ओआइ० बाट ग्रसित बालकको अवस्था, परिवारको जिम्मेवारी तथा शिक्षण संस्थाको वातावरणलाई विशेष सङ्केत गरेको छ । युरोडिसले हरेक वर्ष विविध विधामा फोटो प्रतियोगिता गर्दै आइरहेको छ । युरोडिसब्ल्याकपर्ल अवार्ड २०२१ को यो १० औँ सस्करण हो । यस प्रतियोगितामा ३० देशका फोटोग्राफरले खिचेका कूल दुई हजार ७३ वटा फोटो सहभागी छन् ।

सन् २०२१ जनवरी ३१ बाट शुरु गरिएको प्रतियोगिताअन्तर्गत ११ फेब्रुअरीमा उक्त फोटो उत्कृष्ट पाँचमा घोषणा गरिएको थियो । फेब्रुअरी २४ को साँझ प्रत्यक्ष प्रसारणममार्पmत अवार्ड समारोह गरिने छ जसबाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो भोटको आधारमा निर्णायक नतिजा घोषणा गरिने कार्यक्रम छ ।

फोटोहरु पब्लिक भोटको आधारमा निर्णय गराउनुको उद्देश्य फोटोग्राफीको माध्यमबाट दुर्लभ रोग ९ओआई० बारे विश्वव्यापीरूपमा जनचेतना पैmलाउन सहयोग पुग्ने युरोडिसको वेबसाइटमा उल्लेख गरिएको छ । उक्त फोटोको शीर्षक आइओ क्यान दिइएको छ । सामाजिक सेवामा समर्पित लामिछानेले भन्नुभयो, “यस्ता बिरामी अन्य छ जना पनि सम्पर्कमा रहनुभएको छ । स्वयंसेवीका रूपमा थुप्रै सङ्घसंस्थाका कार्यक्रमको फोटो खिच्ने र सङ्कलन गर्दै आएको छु । फोटोग्राफीको लगावका कारण यो सफलता प्राप्त भएको हो । सबैको साथ र सहयोग पाउने विश्वासका साथ नेपाली फोटो प्रथम हुनेमा विश्वास छ ।”

एक लाखको सङ्ख्यामा एक जनामा देखिने तथ्याङ्क रहेको ओस्टिओजेनेसिस इम्परफक्टा ९ओआई० सजिलै हाड भाँचिने रोगबाट पर्वत जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीका एकै परिवारका पाँच जना दिदीबहिनी ग्रसित रहेका थिए । विपन्न एवं दलित परिवारका दुईको सोही रोगबाट निधन भएको छ भने अन्य तीनको अहिले पनि स्वास्थ्य उपचारसँगै जीविकोपार्जनमा समेत समस्या भएपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।

५५ जना सुरक्षाकर्मि कटौती पछि प्रचण्डको सुरक्षा अब पूर्वलडाकुले दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट बनेर बाहिरीएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । उनलाई पहिले सरकारले प्रहरी नायव उपरिक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको थियो भने अहिले प्रहरी नायव निरिक्षकको कमाण्डमा सिमित सुरक्षाकर्मी दिइएको छ ।

‘प्रचण्डको सुरक्षा व्यवस्थापनमा खटिने गरेका सुरक्षाकर्मी मध्ये ३१ जना सशस्त्र प्रहरी र २४ जना नेपाल प्रहरी फिर्ता लगिएका छन् । भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिअनुसार प्रचण्डलाई अब दुई जना नेपाल प्रहरी र १६ जना शसस्त्र प्रहरीले सुरक्षा दिनेछन् । प्रचण्डको सुरक्षामा यसअघि सरकारले ४७ जना शसस्त्र प्रहरीलाई खटाएको थियो । शसस्त्र प्रहरी मुख्यालयले प्रचण्डको सुरक्षामा खटाइएका मापदण्ड विपरीत सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाएको छ । हाल इन्सपेक्टरको कमाण्डमा सशस्त्रको टोलीले प्रचण्डलाई सुरक्षा दिइरहेको छ ।

प्रचण्डले प्रधानमन्त्री हुँदा पाएको सुरक्षा सुविधा अहिलेसम्म लिइ राखेका थिए । उनले उनले तत्कालीन प्रहरी निरीक्षक दानबहादुर मल्ललाई पीएसओको रुपमा राखेका थिए। आफूसँगै रहेका बेला मल्ल डीएसपीमा बढुवा भएपछि प्रचण्डले उनैलाई निरन्तरता दिएका थिए । मल्लको सरुवा भएपछि त्यस ठाउँमा प्रचण्डले डीएसपीलाई नै राखेका थिए । प्रचण्डसँग पछिल्लो समय रहेका डीएसपी विनोद शर्मालाई फिर्ता बोलाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल प्रचण्डसँग दुई जना प्रहरी नायव निरीक्षक सई पीएसओका रुपमा छन् ।

यसै क्रममा सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा ९दाहाल–नेपाल० का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्व न्द्वकालमा उनी बटालिन कमान्डरसम्म भएका थिए ।

कान्तिपुर दैनिकका अनुसार यसरी खटिएका पूर्वलाडकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्सपेक्टरको कमान्डमा ४७ गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए । पूर्वलडाकुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापन अन्तरगत खटिएको बताए ।

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ।

फागुनमा तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए।

दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक सुरु भएको थियो। पौडेल पक्षले जेठमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि अन्ततः सभापति शेरबहादुर देउवाको चाहनाअनुसार नै भदौमा महाधिवेश हुने भएको हो।

कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो। कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले यही फागुन १९ सम्म कार्यकाल बढाएका थिए। उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ।

संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने बाध्यामत्क व्यवस्थाअनुसार कांग्रेसले त्यो अवधि पनि सकिने अन्तिम म्यादमा महाधिवेशन गर्ने भएको हो।

यसपटक कांग्रेस शत प्रतिशत क्रियाशिल सदस्यता थप्ने निर्णय गरेको छ। अधिकांश जिल्लाबाट क्रियाशिलको फारम आइपुगे पनि केही जिल्लाबाट आउन बाँकी रहेको छ। त्यसलाई छिटो छानबिन गर्ने निर्णय बैठकले गरेको हो।बैठकले बैतडी घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरमा ल्याउन माग गरेको छ।

सपना रोका मगरका बाउ भनेर चिनीने विनयजंग बस्नेत पक्राउ

काठमाडौँ । विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याएको अभियोगमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए ।
उनले भने ‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं, उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’
बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापक समेत हुन्।

ओलीले संविधानको उल्लंघन त पहिलो दिनदेखि नै गरेका थिए, पटक पटक संविधान मिच्दा कहाँ थियौँ र अहिले रमिता? : अध्यक्ष बस्नेत

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लंघन पहिलो दिनदेखि नै गरेको दाबी गरेका छन्।तीन वर्षअघि प्रंधानमन्त्री नियुक्त हुँदा सांसदको हैसियत नै प्राप्त नगरी राष्ट्रपति र ओलीले संविधानको उल्लंघन गरेको र त्यो क्रम अहिले पनि जारी रहेको उल्लेख गरेका हुन्।कांग्रेस संसद विघटन विरुद्ध आयोजना गरेको ललितपुरको सभालाई सम्बोधन गर्दै बस्नेतले संविधानमा मिच्ने काममा नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको समेत साझेदारी रहेको आरोप लगाए।बस्नेतले भने, ‘ओलीले सांसदको हैसियत प्राप्त नगर्दै प्रधामन्त्री नियुक्त भएका हुन्। त्यसै दिनदेखि राष्ट्रपतिले संविधान मिच्न थालेकी हुन्।

‘हामीले त्यही दिनदेखि शितल निवास पुगेर विरोध गरेका थियौँ। कांग्रेस सभापति देउवाले राष्ट्रियसभामा नियुक्त गरिएका तीनलाई लाई असंवैधानिक रुपमा फिर्ता गरियो, त्यसबारे कसैले विरोध जनाएनन्। संविधान त्यही बेलादेखि मिचिन थालेको हो।’तरुण दल र कांग्रेसले पटक पटक संविधान मिचियो भनेर आन्दोलन गर्दा उल्टै सरकारलाई असहयोग भयो भनेर आलोचना गर्नेहरु पनि जिम्मेवार रहेको बस्नेतको भनाइ छ।उनले नेता रामचन्द्र पौडेललाई पक्राउ गर्दा नबोल्नेहरु आफैँ पक्राउ पर्दा संविधान उल्लंघन भयो भनेर सडकमा आउनुको तुक नभएको जिकिर गरे।बस्नेतले विरोधसभालाई सम्बोधन गर्दै भने,
‘रामकुमारी झाँक्रीलाई प्रधानमन्त्रीको आदेशमा पक्राउ गरियो। यो प्रवृति एउटै हो, केही महिनाअघि रामचन्द्र पौडेललाई प्रहरीले घेराबन्दी गर्दा रामकुमारीले बोलिन्, प्रचण्ड, माधव नेपाल बोलेनन्, तर अहिले आन्दोलनमा आए।

‘उनले नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति पनि आक्रोश पोखे। ‘पार्टी एक हुँदा सर्वसत्तावाद लागू गर्न खोज्दा नबोल्ने कम्युनिष्टहरु हुन्। चुनाव हारेका नारायणकाजी र वामदेवलाई राष्ट्रियसभामा लैजाँदा संविधान मिचियो कि मिचिएन? बोल्नु पर्दैनथ्यो? उनले अगाडि प्रश्न गरे, ‘एकै ठाउँमा हुँदा संविधान मिचिदा चुप, ठीक अहिले लेनदेनको कुरा नमिल्दा असंवैधानकि भन्ने? नेपाल र दाहाललाई जनताको समस्यामा बोल्नु नपर्ने, नागरिकले उपचार नपाउँदा बोल्नु पर्ने तर अहिले पद नपाउँदा कराउने?’

ओलीको असंवैधाकि कदमका विरुद्धमा बोल्दा आफूहरुलाई हतोसाहित बताउने काम भएको उनले गुनासो गरे। उनले कांग्रेस कांग्रेस संविधानको पक्षमा रहेको उल्लेख गर्दै अदालतले दिएको निर्णय मान्ने प्रष्ट पारे।बस्नेतले भने, ‘कांग्रेस संविधानका पक्षमा लड्छ, हिजो नझुकेको कांग्रेस आज पनि झुक्दैन। सर्वोच्चले दिएको निर्णय कांग्रेसले मान्छ। चुनावमा जा भन्यो भने जान्छ। ‘उनले कम्युनष्टिहरुले पटक पटक धोका दिएकाले अब सहकार्य नहुने दाबीसमेत गरे। ‘सत्तामा बसेको कम्युनष्टिसँग हाम्रो सहकार्य हुँदैन। प्रचण्डले कुम हल्लाउँदा हामीले पनि हल्लाउनु पर्ने?, बस्नेतको प्रश्न छ।

बलजफ्तीको निर्वाचनले देश समृद्धितर्फ होइन, द्वन्द्वमा होमिएको छः प्रचण्ड

चितवन– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलजफ्ती निर्वाचन गर्न खोजे देश अराजकतातिर जाने बताएका छन् ।

मंगलबार चितवनको भरतपुरमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ, केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्। यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।’

जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने प्रचण्डले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना नभइ देश चुनावतिरगएमा मैले नेतृत्व गरेको पार्टीले के गर्ला भन्‍ने कुरा मेरो भनाइबाटै यहाँहरूले बुझिसक्नुभएको हुनुपर्छु,’ उनले भने, जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुनेछ। जसले देशलाई अराजकतातर्फ लाने निश्चित छ।’

१२१ जवान हवल्दारमा बढुवा नामसहित

काठमाडौँ । नेपाल प्रहरीका एक सय २१ जवानको बढुवा सिफारीस भएको छ । उनीहरुको हवल्दारमा बढुवाका लागि सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको हो ।

नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरिएको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव सुभाष चन्द्र नेपालले जानकारी दिएका छन् ।

सोमबार बेलुका बढुवा सूची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप–समूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार भएको जनाएको छ ।

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थपियो

काठमाडौँ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ । बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरेबमोजिम एकपटकका लागि मात्र १५ दिन अवधि रहने गरी यहि मिति २०७७ फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गत मङ्सीर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए । उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मकरुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र उहाँहरुले समय थप गर्न आग्रह गरेबमोजीम फेरी नथप्ने गरी म्याद थप गरिएको प्रष्ट पारे । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पुर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको बताए । प्रस्ताव पठाउन र यससम्वन्धी थप जानकारीका लागि धधध।कतबचतगउष्मभबअबिि।यचन लगइन गरी छुटेका युवाहरुलाई आइडिया पठाउन आग्रह गरिन्छ ।

१६ सचिवको सरुवाः आधाले बुझिसके चिठी

काठमाडौँ । सरकारले दर्जन भन्दा बढी सचिवहरुको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश कुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा भएको छ । अधिकारीको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राया गएका छन् ।

निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय पुर्‍याइएको छ । यसैबिच गुरागाईँको राष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेलको अख्तियारमा पठाउनेबारे पनि गाइँगुइँ छ ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ भने पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई ल्याएको छ । नेपाल ट्रस्टका देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र पुर्‍याइएको छ ।

त्यसैगरी शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई वित्त आयोग पुर्‍याइएको छ । आयोगका सचिव बेगेन्द्र राज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमि सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्य प्रसाद गौतम श्रम मन्त्रालयमा ल्याइएको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय(उद्योग) सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय९अतिरिक्त०का सचिव सुमन अर्याललाई खटाइएको छ ।

वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

निजामती कर्मचारीको सरुवा नियमित प्रक्रिया नै भए पनि पछिल्लो समय उच्चपदस्थ कर्मचारीको सरुवा बहुचर्चित बन्ने गरेको छ । यस पटक त झन् कहिल्यै नटुङ्गिने वहुवर्षिय योजना जस्तै महिनौँदेखि तयारी गर्दा पनि यो समाचार तयार पारुन्जेलसम्म टुङ्गिएको छैन ।

सरुवा गरिएकामध्ये आधा दर्जन जति सचिवहरूले पत्र नै बुझिसकेको भए पनि कैयन् सचिवहरूलाई असन्तुष्टि जनाउँदै थमाउने र रोजेकोमा जाने कसरतमा छन् । माथि उल्लेखित सचिवहरूमध्ये केही सचिवहरूको सरुवा रोकिने या फेरबदल हुन सक्ने सिँहदरवार स्रोतको भनाई छ । ‘कैयू पटक केरमेट भएर कैयूले पत्र नै बुझिसक्दा अझै कतिपयको करेक्सनकै क्रममा छ’, ती स्रोतले भने, ‘चिठि बुझिसकेकावाहेकको हकमा फेरबदल भए अचम्म नमाने हुन्छ’

विषय विज्ञता र नेतृत्व क्षमताका आधारमा ‘क्याडर बेस’मा सचिवहरूलाई जिम्मेवारी दिनुपर्ने भए पनि शक्तिकेन्द्र रिझाउन सक्नेकै पोल्टोमा मन्त्रालय हापी दिँदा मुलुकको नीति निर्माणदेखि नागरिकको सेवा प्रवाहसम्मै असर त पर्‍यो नै सरकारसमेत असफल भएको कुरा हेक्का हुन राजनीतिक नेतृत्वलाई कति समय लाग्ने हो त्यो भने थाहा छैन ।

आजै मात्र सरकारले तीन वर्षका उपलब्धि सार्वजनिक गरिरहँदा स्थायी सरकारसमेत भनिने र सरकार सफलताको मुख्य कडी मानिने निजामतीको नेतृत्व चयनमा भने नराम्ररी चुकेको देखिन्छ । दुइ(चार महिनामै सचिव सरुवा यसैको ज्वलन्त उदाहरण हो । जुन कुनै पनि नेतृत्वलाई सङ्गठन बुझ्न कम्तीमा पनि तीनदेखि ६ महिना लाग्छ तर बुझ्न नपाउँदै सरुवा गर्दा कसरी परिणाम ल्याउन सकिन्छ? र कस्तो नतिजा ल्याउन खोजेका हुन्, त्यो पनि बुझी नसक्नुको छ ।

विडम्बना नै भन्नुपर्छ, सङ्घीयताको एक मुख्य पिलर प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ल्याउने कर्मचारीको मूल कानुन ‘सङ्घीय निजामती सेवा ऐन’ नै ल्याउन सकिएको छैन । मूल कानुनकै अभावमा समग्र प्रशासनिक प्रक्रियाहरू अवरुद्ध हुँदासमेत राजनीतिक नेतृत्वलाई चासो नहुनु अर्थात् बेवास्ता गरिनु र थप अस्थिरताकै भुमरीमा रुमल्लिनुले कहीँ नपुग्ने निश्चित छ ।

मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार

भीमा पन्थी, गुल्मी । गुल्मीको घमिरमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार
गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम मार्फत करोडौँ रकम हिनामिना भएको खुलेको छ ।

मेगा बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने एजेन्टको रुपमा काम गर्देै आएका हरिनारायण लम्साल माघ १७ गतेदेखि सम्पर्कका आएका छैनन् । उनले कयौं व्यक्तिसँग पैसा लिएर नक्कली भौचर दिएको तर बैंक खातामा पैसा नै नचढाएर ठगी गरेको भेटिएको छ ।

अघिल्लो माघमा घमिरका पुर्णबहादुर बुढा मगरले लम्साललाई ५ लाख रुपैयाँ दिएका थिए । मेगा बैंकको खातामा राख्न भनेर दिएको उक्त रकम खातामा नभेटिएपछि लम्सालले ठगी गरेको खुलासा भएको हो ।

ठगीमा परेका बुढा मगरका छोरा खिमबहादुर बुढा मगर भन्छन– ‘हाम्रो बुबाले खातामा राख्न दिएको ५ लाखको भौचरको फोटोकपी लम्सालले दिएका छन तर खातामा पैसा चढाएको देखिएन ।’

लम्सालमार्फत् सो क्षेत्रका कयौं व्यक्तिले जम्मा गर्न दिएको पैसा पनि खातामा जम्मा नभएको उनको भनाई छ । खिमबहादुर भन्छन्, ‘अहिले कसैले ५० हजार भन्नुहुन्छ, ४ लाख रुपैयाँ जम्मा गरेको थिए भन्नुहुन्छ । कसैले २० लाख भन्नुहुन्छ । सबै ठगीनुभएको रहेछ ।’

घमिरकै भोटबहादुर दमाईले लम्साललाई राख्न दिएकोे ५० हजार रुपैयाँ पनि नक्कली भौचर बनाएर आफैले हिनाबिना गरेको पाइएको छ मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए । घमिरकै कालिका क्षेत्रीको ३ लाख , तुलसा घर्तीको ३० हजार, नातामा बुहारी पर्ने जमुना लम्सालको ११ लाख ६० हजार रुपैयाँ पनि बैकको खातामा नगरी ठगी गरेको पीडितको भनाई छ । दर्जनौं भौचरमार्फत् लाखौं रकम हिनामिना भएको पाएपछि तम्घास शाखाको ब्राञ्च म्यानेजर तेजेन्द्र कार्कीको टोली त्यहाँ पुगेर सो शाखारहित बैंकिङको कारोबार बन्द गराएको छ । कार्कीले के कति ठगी भयो भन्नेबारे चाहिँ खुलाएनन् । बैंकले सुचना नै प्रकाशित गरी लम्सालसँगको सम्झौता रद्द गरेको छ । स्थानीयवासीका अनुसार एक करोडभन्दा बढी रकम ठगी भएको छ ।

पुरुङकोट घर भएका लम्साल नेपाली काँग्रेसका तर्फबाट सो वडाका वडाध्यक्षका उम्मेदवार हुन् । उनले सो क्षेत्रमा मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेशन कारोबार समेत गर्दै आएका थिए । उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन सुरु समेत गरेका थिए ।

उनी सम्पर्कविहीन भएपछि केही दिनअघि परिवारले जिल्ला प्रहरी कार्यालय खोजतलास गर्नका लागि निवेदन नै दिएका छन् ।

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको थियो । उद्यपी उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पक्राउको विरोधमा उहाँका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर समेत गरेकी थिईन ।

बुढानिलकण्ठको दर्शन गरेर बुधबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ४९ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराषाढा,१८ घडी १४ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त श्रवण ।योग–सिद्धि,०१ घडी ०० पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा,दिउसो ०१ बजेर ०९ मिनेट उप्रान्त शकुनि,रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

७ एसपी सहित ६ डिएसपीहरुको सरुवा (नामसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक एसपी हरुको सरुवा गरेको छ । लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।

यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक डिएसपी हरुको सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ । हालै बढुवा भएर खाली भएको नागर प्रहरी कार्यालयमा कोमल शाह आएका छन् भने नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा रामहरि पाण्डेको सरुवा भएको छ ।

यस्तो छ एसपी सरुवाको सूचीः

जोर्डनबाट ‘मेगा रेमीट’ सेवा

काठमाडौँ, २७ माघ । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।