देशकै प्रमुख नाकाको आर्थिक कारोबार घट्दै

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा  प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा  प्रज्ञापनपत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७।९१ प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार नाकाबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोबार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउन महिनामा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको  भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न नेपाल सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताउनुभयो ।

असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधनलगायतका विलासीय वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताउनुभयो ।  सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हु‌‌दै जाने विश्वास गरिइएको छ ।

कारोबारमा देखिएको सङ्कुचनकै कारण भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । विसं २०७९ साउन महिनाका लागि भन्सार विभागले  १५ अर्ब २० करोड सात लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले दुई अर्ब २१ करोड ८ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिनुभयो । 

राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिका

१० भदौ, काठमाडौं । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेक थियो ।

नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ ।

बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । यसअघि पनि मेयरले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भने,’तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन ।’ विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।

‘हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन,’ महानगरका एक अधिकारीले भने,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।’

चुनाव जितका लागि पार्टी प्रवेश मुख्य अस्त्र

१० भदौ, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएको छ ।

राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको उनको दाबी छ । एमाले अध्यक्ष भनेका छन्, तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन ।’

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् ।

स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको र पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको ओलीको विश्लेषण छ । राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण लगायतका उद्देश्यमा सहमत सहयात्रीहरुसँग सहकार्यलाई खुला राख्ने, तर एक्लै पनि सफल हुनसक्छौं भन्ने आत्मविश्वास राख्ने ओलीले बताएका छन् ।

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रुपमा अघि सारेका छन् । निर्वाचन क्षेत्रको शक्ति सन्तुलन हेरेर प्रतिस्पर्धा रहेको ठाउँमा जित सुनिश्चित गर्न तथा एमाले अगाडि रहेको ठाउँमा जीतलाई कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्ने उनले बताएका छन् ।

पाकिस्तानमा गरे सरकारले राष्ट्रिय सङ्कट घोषणा

पाकिस्तानमा लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।
ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

त्यसैगरी बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा बर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबार विहिन भएका र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।

डोजर लिएर राहदानी विभागमापुगे: ‘मेयर बालेन’

काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ ।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभागमापुगेका छन्।
राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएका छैन ।

विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो ।

पार्किङ प्रयोजनको सो क्षेत्र प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीले भने सास्ती भोग्न बाध्य भएका छन् । सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।

भदौ १० गते शुक्रबार: तपाईको राशिफल

मेष
आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष
व्यापार ब्यबसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । निकैं सोचेर काम गर्नुपर्नेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउन सक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यहरु बीच मतभेद पनि हुनसक्छ ।

मिथुन
आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । आज विहान सूर्यनारायणको दर्शन पनि दिनको शुरुवात गर्नु उत्तम हुनेछ ।

कर्कट
आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योनारायणको दर्शन गर्नुहोला ।

सिंह
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।

कन्या
कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।

तुला
आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ।

वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ। विवाद हुने काम नगर्नु होला ।

धनु
त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । धनु राशि भएका जातका लागि ग्रहहरु बलिया भएका छन् ।

मकर
तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले तपाईको मनमा प्रसन्नता छाउने छ ।

कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मीन
विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक उर्जा मिल्नेछ ।

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हन्छ : ‘प्रचण्ड’

विराटनगर । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।

अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।” आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ ।

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ बर्षीय पुरुष रहेको छ । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गएराती १० बजे कुलपातेबाट दिपायल तर्फ आँउदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिनुभयो ।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र । समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

बैठकमा भाग लिन जादैछन् दुई आइजीपी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल इन्टरपोल एक बैठकमा भाग लिन यही २९ तारिख अर्थात भदौ १३ गते अमेरिका जाने भएको छ । एक साता अमेरिकामा रहने र उनीहरुले त्यहाँका विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम पनि रहेका छन् ।
उनीहरुको आइजीपी भएपछि पहिलो भ्रमण नै अमेरिका तय भएका छन् । गृहमन्त्रालयले उनीहरुको भ्रमण आदेशलाई स्वीकृत गराइसकेका छन् ।
दुई दिने बैठक सकिएपछि उनीहरु नेपाल फिर्ता हुनुपर्नेमा त्यतैबाट जापान पनि जाने स्रोतको दावी छन् । स्रोतका अनुसार इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तय भएपनि त्यसलाई बाहिर ल्याइएको छैन । कोरोना संक्रमणका कारण रोकिएको विश्वभरका प्रहरी अधिकारीको सम्मेलनमा उनीहरु सहभागी हुनेछन् । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । सो कार्यक्रमपछि उनीहरु औपाचरिक, अनौपचारिक रुपमा जानेछन् । जापानको कार्यक्रम सकेर मात्रै स्वदेश फर्कने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र लिन घण्टौँ कुर्नुपर्ने

धनुषा । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ ।

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताउनुभयो । कार्यालयमा अत्यधिक भीड रहेको र अनलाइनमा फाराम नभरेकाले रु दुई सय तिरेर बाहिरबाट विवरण भर्नुपरेको उहाँको भनाइ थियो । “कता हो, के हो ? थाहा छैन, कार्यालयमा आउँदा बाहिर अनलाइन भर्नुपर्ने बाध्यता रैछ” उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने र त्यसका लागि राष्ट्रिय परिचयपत्र बनाउन आएको यादवले जानकारी दिनुभयो । नयाँ राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि अरबिन्द यादवजस्ता कैयौँ सेवाग्राही सास्ती भोग्न बाध्य छन् ।

दैनिक दुई सय पचासदेखि तीन सय सेवाग्राही रहेकाले सेवा दिन कठिन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनलाइनमा विवरण भरेर फोटो खिच्ने, ल्याप्चे लिनेलगायत काम गर्दा दैनिक दुई सयलाई सेवा दिन सकिने तर अनलाइन फारम बाहिर नभर्ने हो भने ५० देखि ६० जनाको मात्रै काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सरकारले चुनावको घोषणा गरेकाले राष्ट्रिय परिचयपत्र पनि मतदानका लागि आवश्यक पर्ने, सामाजिक सुरक्षा भत्ता लिन आवश्यक पर्छ भन्ने हल्ला फैलिएकाले हाल सेवाग्राही धेरै आएको हुँदा समस्या परेको उहाँको भनाइ थियो । “यो बनाएन भने वृद्धाभत्ता दिँदैन, भोट हाल्न पाइँदैन भन्ने हल्ला सुनेर, गाउँगाउँबाट गाडी रिजर्भ गरेर सेवाग्राही आउने गरेकाले एकैचोटी सेवाग्राहीको चाप हुँदा सेवा प्रवाहमा समस्या परेको छ” प्रजिअ पौडेलले बताउनुभयो ।

अनलाइनबाट विवरण भरेर आउँदा एक सेवाग्राहीबाट छदेखि आठ मिनेट बचत हुने भएकाले अनलाइन भरेर आउन अनुरोध गरिएको उहाँले जानकारी दिनुुभयो । फेसबुक र टिकटक बनाउन धेरैले जानेका छन् तर सरकारी सेवा अनलाइनबाट लिने तरिका नसिक्ने गरेकाले बाहिर पैसा तिर्नुपरेको हो ।

ज्येष्ठ नागरिक, निरक्षर व्यक्तिको भने कार्यालयका कर्मचारीले नै सबै विवरण भरिदिने गरेको कार्यालयले जनाएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पतिपत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा) आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।

यसले व्यक्तिको राष्ट्रिय पहिचानका साथै मतदाता परिचयपत्रका रूपमा काम गर्ने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार बनाउन सहयोग मिल्नेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ । अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झट रहित छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख राख्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच ९जीटुजी०, सरकार र व्यवसायीबीच र सरकार र नागरिकबीच ९जीटुसी० सेवा प्रदान गर्न उपयोग हुनेछ ।

सोह्र वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र लिन पाउँछन् । व्यक्तिको डिजिटल पहिचान स्थापना गर्न सरकारले यस्तो परिचयपत्रको अवधारणा ल्याएको हो ।

विसं २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपालीलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटासहितको ‘बायोमेट्रिक स्मार्ट कार्ड’ व्यवस्था गरिने घोषणा भएको थियो । २०७६ माघ २८ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि पाँचथरका सेवाग्राही र सिंहदरबार परिसरका कर्मचारीलाई परिचयपत्र वितरणको परीक्षण भयो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले पाँचथरकी १०१ वर्षीय भगवतीदेवी भण्डारीलाई औपचारिक रूपमा राष्ट्रिय परिचयपत्र प्रदान गरेर कार्यक्रम सुरुवात गर्नुभएको थियो ।

अहिले आवश्यक पर्नेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अनलाइन फाराम भरेर राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सक्ने सक्छन् ।

प्रशासनमा बिचौलियाको बिगबिगी

कार्यालय अगाडि ९ बजेदेखि जम्मा हुने सेवाग्राहीले प्रशासन कार्यालयमा घण्टौँ कुरेर परिचयपत्रको फारम बुझाएको महिना दिनपछि मात्रै नम्बर पाउने गर्छन् ।

यसरी परिचयपत्रको नम्बर पाउने प्रक्रियामा ढिलाइ हुने भएको हुँदा सेवाग्राही अहिले बिचौलियाको प्रलोभनमा फस्ने गरेका छन् । यता सेवाग्राहीले कर्मचारीकै मिलोमतोमा बिचौलियाले आफूहरूबाट अतिरिक्त रकम लिएको आरोप लगाउने गरेका छन् । रकम बुझाएपछि मात्र छिटो परिचयपत्रको नम्बर पाउने भएपछि राहदानी बनाएर विदेश जानेहरूले बिचौलियाको सहयोग लिने गरेका हुन् ।

बिचौलियाले फारम भरेको दिनमै नम्बर उपलब्ध गराउने गरेका छन् । प्रशासनभित्रको दुई क्यान्टिनको भित्री कोठा, कार्यालय आसपासको पसलमा एक दिनमै परिचयपत्रको नम्बर उपलब्ध गराउन सेवाग्राहीबाट रकम सङ्कलन गर्ने गरिन्छ । परिचयपत्र नम्बर प्राप्त गरेका एक सेवाग्राहीले भन्नुभयो, “सबै प्रक्रिया पूरा गरे पनि कर्मचारीले राष्ट्रिय परिचयपत्रको नम्बरका लागि सेवाग्राहीलाई महिना दिन कुराउँछन् तर तीन हजार अतिरिक्त रुपैयाँ दिए बिचौलियाले तुरुन्तै नम्बर उपलब्ध गराउँछन् । आफूले पनि त्यस्तै गरेकोले नम्बर प्राप्त गरे, मेरो काम बन्यो ।” बुधबार जिप्रकाको प्राङगणमै कर्मचारीकै पोसाकमा रहेका एक बिचौलियाले राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराइदिन रु तीन हजारमा बार्गेनिङ गरिरहेको देखिए । जनकपुरबाट बनाउन तीन हजार र महोत्तरीको रामगोपालपुरबाट बनाउन उनले सेवाग्राहीसँग रु दुई हजार पाँच सय माग्दै थिए । सोमबार बनाएको परिचयपत्र फाइलबाट निकाल्दै उनले भने, “पहिले दुई हजारमै बन्थ्यो । दुई/तीन दिनयता तीन हजार लाग्ने गरेको छ ।” विश्वास नलागे काम सकिएपछि पनि पैसा दिँदा हुने उनको भनाइ थियो ।

लिखित उजुरी आए तत्कालै कारबाही गरिने : प्रजिअ

बिचौलियाले आर्थिक चलखेल गरी कर्मचारीबाट काम गराएको गुनासो आए पनि लिखित उजुरी नआउँदा बिचौलिया पहिचान गर्न समस्या भएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको गुनासोको अधारमा एक कर्मचारीलाई निलम्बन गरिएको र दुई जनालाई स्पष्टीकरण सोधिएको छ ।” उहाँले गुनासोबाट हैरान भएको तर बिचौलिया चिनाइदिने कोही नआएको हुँदा र नाम किटान गरी उजुरी वा प्रमाणसहित बिचौलिया नचिनाएसम्म कसलाई कारबाही गर्ने भन्ने मुस्किल भएकोले लिखित उजुरी आए त्यस्ता बिचौलियालाई तत्कालै कारबाही गरिने जानकारी दिनुभयो ।

चलायो अल्फाबिटाको अवैध संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएका छन् । अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले डोजर चलाएको हो।

आजै बिहान मेयर साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिकसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको बालेनको आरोप छ ।

नक्शाको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ । महानगरले आजै बेसमेन्ट भत्काउन लागेको हो ।

क्रोएसिया पठाईदिन्छु भनी ठगी गर्ने मान्छे पक्राउ

काठमाडौं । क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

डोजर कोटेश्वरमा चल्दै: मेयर बालेन्द्र

काठमाडौं । आज बिहीबार काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले कोटेश्वरस्थित ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेका छन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको बताएका छन् ।

दिउँसोसम्म न हटाए महानगर आफैंले हटाउने पाण्डेले जानकारी दिए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए । यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।

नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदम

८ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदममा धेरैको चासो रह्यो ।

उच्चस्रोतका अनुसार, त्यतिबेलासम्म ‘राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनसक्ने’ सूचना बालुवाटार पुगिसकेको थियो । प्रधानमन्त्रीको सरकारी निवासमा जुटेका शीर्ष नेताहरुले त्यो सम्भावनाबारे विश्लेषण गरे । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिले राजीनामा नगर्ने विचार सुनाए ।
राष्ट्रपति भण्डारीले राजीनामा गर्ने र नगर्ने स्पष्ट भइसकेको छैन । तर संघीय संसदले पास गरेको नागरिकता विधेयक २९ साउनमा आफ्नो सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी राष्ट्रपति भण्डारी त्यसलाई हुबहु पास गर्ने सत्ता गठबन्धनको निर्णयप्रति असन्तुट छिन् ।

उनी निरन्तर छलफलमा छिन् । बुधबार पनि उनले उच्च सैन्य अधिकृतहरुसँग परामर्श गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारीले संविधानविद्, पत्रकार र नागरिक समाजका अगुवाहरुसँग यस सम्बन्धमा छलफल गरेकी थिइन् । यस्ता छलफलमा कतिपयले राष्ट्रियसभाले पनि नागरिकता विधेयक हुबहु पास गरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने धारणा राख्ने गरेका छन् ।

स्रोतका अनुसार, कतिपय छलफलमा राष्ट्रपति भण्डारीले सुझाव मात्र लिने गरेकी छन् भने कतिपयमा गठबन्धनको निर्णयप्रति निकै तितो पोख्ने गरेकी छिन् ।

सत्ता गठबन्धनले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गरेको दिनलाई उनले आफ्ना श्रीमान समेत रहेका एमाले नेता मदन भण्डारीको मृत्यु भएको दासढुंगा दुर्घटनाको दिनसँग दाँज्ने गरेकी छिन् । यसबाट थाहा हुन्छ कि राष्ट्रपति भण्डारी गठबन्धनको निर्णयप्रति असाध्यै रुष्ट छिन् ।

राष्ट्रपतिले संवेदनशील रुपमा उठाएका मुद्दामाथि छलफल नै नगरी गठबन्धनले प्रतिशोधपूर्ण व्यवहार गरेको र राष्ट्रपति संस्थालाई एमालेको राष्ट्रपतिका रुपमा चित्रित गर्न खोजेकाले राजीनामा दिनुपर्ने मत बलियो रहेको ती नेताले बताए ।

नेकपा एमाले उच्च स्रोत पनि राष्ट्रपतिको राजीनामा आउने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताउँछ । आफूहरुको प्राथमिकता राष्ट्रपतिले पठाएको सन्देशबारे राष्ट्रियसभामा छलफल गरौं भन्ने रहेको भन्दै एक नेता भन्छन्, ‘जबर्जस्ती गर्न खोजेको अवस्थामा राष्ट्रपतिको राजीनामा नआउला भन्न सकिन्नँ ।’

एमालेका अर्का एक नेता पनि राष्ट्रपति कति सम्हालिन्छिन् भन्नेमा राजीनामा भरपर्ने बताउँछन् । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले आफ्नो असहमतिका बाबजुद संविधानसभाको निर्णयलाई शिरोधार्य गर्दै ३ असोज २०७२ मा नयाँ संविधान जारी गरेको भन्दै उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्हालिनुस् भन्ने सुझाव पनि उत्तिकै छ । यो उहाँमा भर पर्छ ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भने राष्ट्रपतिको राजीनामा दुर्भाग्यपूर्ण हुने बताउँछन् । ३ भदौमा शीतलनिवासमा भएको छलफलमा उनी स्वयंले पनि सन्देशसहित फिर्ता पठाएको विधेयक हुबहु प्रमाणीकरणका लागि आए राजीनामा दिनुपर्ने राय दिएका थिए । ‘एउटा विधेयकका लागि राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पार्नु लोकतान्त्रिक मूल्यमान्यता र संविधानको धारा ११४ को मर्म होइन’ भण्डारी भन्छन्, ‘नागरिकता विधेयकलाई राष्ट्रियसभाले रोक्नुपर्छ । त्यहाँबाट पनि हुबहु पास भएर प्रमाणीकरणका लागि आयो भने राष्ट्रपतिले राजीनामा दिने होइन, होल्ड गर्नुपर्छ र नयाँ संसदलाई पठाउनुपर्छ ।’

नागरिकता विधेयक रोकेकै कारण सत्तारुढ दलहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने अवस्था छैन । गठबन्धनले महाअभियोग दर्ता गर्न त सक्छ, तर पास गर्न चाहिने दुई तिहाइ बहुमत छैन । संविधानअनुसार जबसम्म संसदले उनीविरुद्ध महाअभियोग पास गर्दैन, तबसम्म उनी पदमा रहिरहन्छिन् ।

यद्यपि राष्ट्रपतिसामु जनतामा जान्छु भन्ने विकल्प सधैं खुला रहने वरिष्ठ अधिवक्ता भण्डारी बताउँछन् । ‘यो भनेको चुनावी राजनीतिमा जानु हो, जुन जोखिमपूर्ण हुन्छ’ उनले भने, ‘अब कार्यकारी पदमा गएर मुलुकलाई हाँक्छु भन्ने हो भने जोखिम लिनुपर्छ । तर मैले राजीनामाको सुझाव दिएको चाहिं दबाव दिन मात्र हो ।’

शीतलनिवाससम्बद्ध स्रोतका अनुसार राष्ट्रपतिको चाहना आफ्नो सन्देशमाथि संसदमा छलफल होस् भन्ने नै हो । प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा पुगेको यो विधेयकमाथि पुनर्विचार गर्न दबाव सिर्जना गर्ने उद्देश्यले नै राजीनामा कार्ड खेलिएको हो । तर आफूले असल नियतले संसदले विचार गरोस् भनेर संविधान बमोजिम फिर्ता पठाएको विधेयक हुबहु प्रमाणीकरणका लागि आयो भने अपमानित महसुस गरेर पद त्यागको बाटो रोज्ने विकल्प पनि खुला छ ।