पार्किङ गरेर राखेको बसमा आगजनी

दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको बसमा आजगनी भएको छ ।


तुल्सीपुरस्थित बसपार्कमा पार्किङ गरिराखेको बसमा गएराति अज्ञात समूहले आगजनी गरेका हन् ।


बसधनी सुमन कार्कीका अनुसार आगजनी भएको ना ४ ख ७१८८ नम्बरको बस बसपार्क स्थितीत टिकट काउन्टर नजिकै पार्किङ गरेर राखिएको थियो ।


बस पुर्ण रुपमा जलेको कार्कीेले बताएका छन् ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले बसमा राति साढे ११ बजे आगजनी भएको बताए ।


त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरका सचिव प्रकाश भट्टका अनुसार बस दाङको भालुबाङ हुँदै रुकुम चल्ने गरेको थियो । आगजनीको दोषीलाई तत्काल पहिचान गरि कारबाही गर्न त्रिशिद्देवरी राप्ती यातायात प्रालिले माग गरेको बताए ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक डम्बरपालले जनाए ।