आज देखि शेयर कारोबार बन्द

काठमाडौँ । आइतबार (आज)देखि अनिश्चित समयको लागि शेयर कारोबार बन्द गरिएको छ ।


सेयर बजार अत्यावस्यक सेवा अन्तर्गत नपर्ने र २५ जना भन्दा बढि लगानीकर्ताहरु जमघट भएर कारोवार गर्नुपर्ने भएकाले कारोबार बन्द गरिएको छ ।


डिम्याट खाता र बैंक खाता ईन्टिग्रेशन नभई सकेको अवस्थामा लगानिकर्ताहरु ब्रोकर कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता भएकाले शेयर कारोबार बन्द गरिएको छ साथै अनलाइन बाट समेत कोरोबार नगर्न सम्बन्धीत संघ संस्थाको आग्रह छ ।


आइतबार नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानिकर्ता संघ नेपाल, नेपाल पुँजिबजार लगानिकर्ता संघ, शेयर लगानिकर्ता दबाव समुह र नेपाल पुँजिबजार संघले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै शेयर कारोबार बन्द गरिएको सुुचना दिएका छन् ।